इन्टरनेटको पहुँच

इन्टरनेट जमाना तार जोडेर चलाइने एडिएसएल, केबुल हुँदै ताररहित प्रविधिमा पुगिसकेको छ । खल्तीमा अट्ने मोबाइल सेट बोक्यो, नत्र झोलामा अटाउने ल्यापटप, त्यसका लागि तपाईले डाटा कार्ड प्रदान गर्ने कम्पनीसँग कार्ड किन्नुपर्छ । कार्डर् राख्ने डिभाइस गोजीमा बोकेर तपाई जहाँसुकै -नेटवर्क कभरेजभित्र पुगेर इन्टरनेट चलाउन सक्नुहुन्छ । सिमकार्डबाट चलाउन पाइने भएपछि आम नेपालीबीच इन्टरनेटको पहुँच बढ्दै गएको छ ।
टेली कम्युनिकेसन कम्पनीहरूले मोबाइल सेवासँगै इन्टरनेटसमेत दिन थालेका छन् ।
मोबाइलमा मात्र चलाइने इन्टरनेटलाई जेनरल पकेट रेडियो सर्भिस ९जिपिआरएस० भनिन्छ । त्यो सेवा कुरा गर्न मिल्ने सिमकार्डमा उपलब्ध हुन्छ । टेलिकम्युनिकेसन कम्पनीहरूले इन्टरनेट मात्र प्रयोग गर्न मिल्ने डाटा कार्ड उपलब्ध गराउन थालेका छन् । नेपालमा नेपाल टेलिकम, एनसेल र युटिएलले डाटा कार्ड उपलब्ध गराउँदै आएका छन् । बजारमा सिडिएमए ९कोड डिभिजन मल्टिपल एक्सेस० र जिएसएम ९ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसनस० प्रविधिका डाटा कार्ड उपलब्ध छन् । दुवैका दोस्रो पुस्ता ९टुजी० र तेस्रो पुस्ता ९थ्रीजी० का डाटा कार्ड छन् ।
मुलुकको सबैभन्दा पुरानो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सिडिएमए, इभिडिओ ९इभोल्युसन डाटा अप्टिमाइज० र थि्रजी डाटा कार्ड उपलब्ध गराउँदै आएको छ । सिडिएमएमा इन्टरनेटको गति १५३।६ केबिपिएस छ । यसलाई डायलअप कनेक्सन जस्तै कम्प्युटरमा सफ्टवेयर सेटअप गरेर चलाउन सकिन्छ । यसको अवधि रिचार्ज कार्डको शुल्कअनुसारै हुन्छ । कार्डबाट इन्टरनेट चलाउन मोडेमयुक्त सिडिएमए मोबाइल सेटलाई मोडेमका रूपमा प्रयोग गरेर गर्न सकिन्छ । बजारमा डाटा कार्ड राखेर इन्टरनेट चलाउन मिल्ने सिडएिमए युएसबी डिभाइससमेत उपलब्ध छन् । इभिडियो पनि सिडिएमए प्रविधिको उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सुविधा दिने कार्ड हो । यसलाई सिडिएमएको थि्रजी कार्ड पनि भनिन्छ । यो कार्ड दु्रत गतिमा इन्टरनेट चलाउने र धेरै डाटा आदानप्रदान गर्नुपर्नेहरूका लागि उपयुक्त रहेको टेलिकमको दाबी छ । यसलाई पनि युएसबी मोडेम, इभिडिओ मोबाइलमा राखेर चलाउन सकिन्छ । यसबाट इन्टरनेटको गति डाउनलिंक २।४ मेगाविट्स प्रतिसेकेन्ड र अपलिंक १५३ किलोवाइट्स प्रतिसेकेन्ड छ । यसको कभरेज क्षेत्र काठमाडौं, बनेपा र पोखरामा रहेको कम्पनीले जनाएको छ ।
टेलिकमले करिब एक महिनाअघि मात्र थि्रजी डाटा कार्ड भित्र्याएको छ । जिएसएम प्रविधिको यो कार्डबाट इन्टरनेट ३।६ एमबिपिएसको गतिमा चलाउन सकिने कम्पनीले जनाएको छ । यसबाट इन्टरेटका साथै इन्टरनेटका माध्यमबाट हुने भ्वाइस, भिडियोलगायत डाटा आदानप्रदान गर्न सकिन्छ । यसको अर्थ यसबाट स्काइप, याहु मेसेन्जरलगायत माध्यमबाट भिडियो च्याटसमेत गर्न सकिन्छ । यसको कभरेज अहिलेका लागि काठमाडौं उपत्यका, बनेपा, पोखरा र लुम्बिनीमा मात्रै छ । यो कार्ड किन्न सुरुमा ग्राहकले ३ सय रुपैयाँ तिर्नुपर्छ । यसबाट सय रुपैयाँ बराबरको डाटा प्रयोग गर्न पाइन्छ । यो कार्ड प्रयोग गर्न युएसबी इन्टरनेट एडप्टर चाहिन्छ । उपभोक्ताले यो डिभाइस बजारमा किन्न पाउँछन् । कम्पनीसँग १ लाख थि्रजी कार्ड वितरण गर्ने क्षमता रहेको छ । टेलिकमले सबै प्रकारका डाटा कार्डबाट चलाइने इन्टरनेट शुल्क प्रति १ सय किलो वाइट्सको १५ पैसा तोकेको छ ।
टेलिकमका अनुसार अहिले सम्म इन्टरनेट प्रयोग गर्ने ग्राहक ९ लाख छन् । तीमध्ये मोबाइलबाट जिपिआरएस चलाउने ८ लाख १५ हजार, सिडिएमबाट चलाउने १ लाख, इभिडिओका १ हजार ५ सय छन् । थि्रजी सेवा भर्खरै सुरु गरिएकाले ग्राहक बढ्ने क्रममा रहेको छ ।
मुलुककै पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उच्च गतिमा चलाउन मिल्ने युएसबी डाटा कार्ड उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । यसको गति ३।६ मेगा बाइट प्रतिसेकेन्ड छ । डेक्सटप, ल्यापटप कम्प्युटर मोबाइलमा समेत प्रयोग गर्न सकिने यो कार्ड युएसबी डिभाइसमा जोडेर चलाउन सकिन्छ । जहाँसुकै बोकेर हिँड्न सकिने यो डिभाइसलाई घर, कार्यालय, घरबाहिर जहाँसुकै चलाउन सकिन्छ । एनसेलको जुनसुकै बिक्री केन्द्रमा यो कार्ड उपलब्ध छ । युएसबी डाटा कार्डको मूल्य एनसेलले सुरुमा १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले सामान्य र प्याकेज गरी दुई प्रकारका डाटा उपलब्ध गराएको छ । साधारण प्रयोगकर्ताले प्रतिएमबी २ रुपैयाँ शुल्क तिर्नुपर्छ । प्याकेजअनुसार भने ५ सय एमबीको ३ सय ९९ रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसैगरी १ हजार एमबीको ६ सय ९९ रुपैयाँ र ५ हजार एमबीको १ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । प्याकेजमा लिँदा भने उपभोक्तालाई प्रतिएमबी डाटाको ४० पैसादेखि ८० पैसासम्म पर्छ । प्याकेज नकिनी इन्टरनेट चलाउँदा भने प्रतिएमबी २ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । प्याकेज किन्न उपभोक्ताले मोबाइलबाट एसएमएस गरे पुग्छ । प्याकेज सिम कार्ड ुएक्टिभु रहेसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । डाटा कार्डमा ब्यालेन्स बजारमा पाइने एनसेलका रिचार्ज कार्डबाट थप्न सकिन्छ ।
एनसेलले थि्रजी डाटा सेवा सर्वोच्च शिखर सगरमाथासहित मुलुकका विभिन्न १५ स्थानमा उपलब्ध गराउँदै आएको रपहिले लिइसकेको जिएसएम सिमकार्डमा समेत यो सुविधा थप्न सकिन्छ । ुथि्रजी सेवा नपुगेका ठाउँमा टुजी सिमबाट इन्टरनेट चलाउन सकिनेछ ।
युटिएलले असीमित अवधिको डाटा कार्ड उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । यसले चौबीसै घन्टा र राति मात्र चलाउन मिल्ने गरी सुविधा दिएको छ । चौबीसै घन्टा चलाउन सुरुमा ८ सय ४८ रुपैयाँ तिरेर जोडेपछि हरेक महिना भ्याटबाहेक ५ सय रुपैयाँ तिर्नुपर्छ । सुरुमै ५ हजार ९ सय ५३ रुपैयाँ तिरेपछि ग्राहकले एक वर्षसम्म २४ सै घन्टा चलाउन पाउँछ । राति मात्र चलाउने हो भने सुरुमा ६ सय २२ रुपैयाँ तिरेर जोडेपछि मासिक भ्याटबाहेक ३ सय रुपैयाँ तिरे पुग्छ ।

अब पालो कार्डर् राख्ने डिभाइसको
डाटा कार्डमार्फत इन्टरनेट चलाउन बजारमा थरिथरीका डिभाइसहरू उपलब्ध छन् । डंगोल, युएसबी डेटा कार्ड समेत भनिने यो डिभाइस चिनियाँ कम्पनी जेडटिईले नेपालमा भित्रयाएको छ । नेपालका लागि आधिकारीक बिक्रेता बिके टे्रडर्सका शिरीष मुरारकाका अनुसार यो डिभाइस कार्ड राखेर कम्प्युटरको युएसबी पोर्टमा जोडेपछि सीधै इन्टरनेट ब्राउज गर्न सकिन्छ । ुहाम्रो डिभाइसलाई सफ्टवेयर सेटिङ गर्नु पर्दैन,ु उनले भने, ुजोड्नासाथ इन्टरनेट चलाउन सकिन्छ । यस्तो डिभाइस आफ्नो र्फमले नेपालमा पहिलोपटक भित्र्याएको उनले दाबी गरे । यसले इन्टरनेटको गति इन्टरनेट प्रदायक कम्पनी ९आइएसपी० ले दिएअनुसार ३।६ एमबिपिएससम्म दिने उनले बताए । यसको मूल्य ३ हजार २ सय ९० रुपैयाँ छ । ट्रेडर्सले एउटै डाटा कार्डबाट एकै पटक ५ वटा कम्प्युटरमा इन्टरनेट चलाउन मिल्ने जेडटिइकै ुएमएस ३० थि्रजी वाइफाइ डिभाइसु समेत बजारमा बेच्दै आएको छ । ुयो डिभाइसमा थि्रजीको सिम राखेर ५ वटा कम्प्युटरमा एकैपटक इन्टरनेट चलाउन सकिन्छ,ु मुरारकाले भने, ुवाइफाइयुक्त भएकाले कुनै तार जोड्नु पर्दैन । यसको मूल्य कम्पनीले ८ हजार रुपैयाँ तोकेको छ ।
बजारमा डाटा कार्डबाट इन्टरनेट चलाउन मिल्ने सस्ता डिभाइस पनि उपलब्ध छन् । ती सेट १ हजार रुपैयाँदेखि उपलब्ध हुने एक व्यापारीले बताए । तिनमा भने डाटा उपलब्ध गराउने कम्पनीले दिएकै गतिमा इन्टरनेट उपलब्ध हुने ग्यारेन्टी भने हुन्न । इन्टरनेटलाई तोकिएकै गतिमा चलाउन डिभाइसको छनोट महत्त्वपूर्ण हुने व्यापारीहरू बताउँछन् ।

प्रकाशित मिति: Wednesday, August 03, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses