धुमपान गर्नेलाई जरिवाना

सार्बजनिक स्थानमा धुमपान गर्नेलाई सरकारले आजदेखि जरिवाना गर्ने भएको छ ।
सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि ऐन २०६८ आजबाट लागु गरेकाले सार्वजनिक स्थलमा धुमपान गरेको भेटिएमा १ सय रुपैया जरिवाना तिर्नु पर्ने छ ।
सरकारले यसको अनुगमनका लागी स्वास्थ्य मन्त्रालय मार्फत अनुगमन निरिक्षक समेत खटाउने भएको छ ।
गएको चैत्र २७ गते व्यवस्थापिका संसद बाट पारित भएको ऐन बैशाख २६ गते राष्ट्रपति डाक्टर रामवरण यादवबाट प्रमाणिकरण भएको थियो ।

ऐनले सरकारी निकाय शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, , अनाथालय, सरकारी भवन, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेस्टुरेन्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थलजस्ता सार्वजनिक स्थलमा लगाएतका स्थानलाई सार्वजनिक स्थल भनेर तोकेको छ ।
त्यस्तै सार्वजनिक स्थानमा धुमपान गर्न नपाइने सूचना देखिने गरी नराखे सम्बन्धित निकायले समेत ५ हजार रुपैया जरिवाना तिर्नु पर्ने छ ।
साथै ऐनमा १८ वर्ष भन्दा कम उमेरका र गर्भवति महिलालाइ चुरोट बिँडी बेच्न नपाइने चुरोटको ७५ प्रतिशत भागमा धुमपानवाट  हुने घातक असरको रंगिन चित्र अनिवार्य राख्नु पर्ने उल्लेख छ ।
ऐन उल्लेख गरिएको यो प्रावधान भने अव ३ महिना पछि लागु हुने स्वास्थय मन्त्रालयले वताएको छ ।
यसैविच ऐन कार्यान्वयनका सम्वन्धमा छलफल गर्न नेपाल अर्वुद रोग निवारण संघले कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति: Sunday, August 07, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses