सपनाका संकेत

सबै मान्छेले सपना देख्छन् । सपनामा अनुसन्धान गर्ने व्यक्तिहरू भन्छन् कि सपनाले जीवनमा कुनै न कुनै परिणामतर्फ संकेत गर्छ ।

यो सपना किन आउँछ ? यसको अर्थ के हो ? सपना हाम्रो चेतन वा अवचेतन मस्तिष्कको परिणाम हो वा स्वाभाविक ? यस्ता धेरै प्रश्न छन् जसको जवाफ बेलायतको सिंथिया रिचमन्डले खोज्ने प्रयास गरेकी छन् र यो प्रयासमा उनले विश्वभर तीन प्रकारका सपना सबैभन्दा बढी देख्ने पत्ता लाएकी छन् ।
पछ्याएको सपना 

धेरैजसोले देखिरहेकै सपना हो- कसैले पछ्याइरहेको । सपनामा यदि कसैले पिछा गरिरहेको छ भने 'तपाईं कुनै पनि ठूलो विषय वा व्यक्तिलाई महत्त्व दिइराख्नुभएको छैन' भन्ने बुझ्नुपर्छ । बोस्टनस्थित साइको थेरापिस्ट रिचर्ड निकोलेटीको अनुसार यो सपनाको अर्थ 'व्यक्ति आफ्नो 'इमोसन'सँग भागिरहेको छ' भन्ने लाग्छ । 

माकुरोको सपना
विश्वका हरेक कुनाका मान्छेले सपनामा माकुरा देख्छन् । सपनामा माकुरा देख्नुको पछाडि यो मानिन्छ कि त्यो व्यक्ति कुनै न कुनै काम पूरा गर्न प्रयास गरिरहेको छ । जसरी माकुरोले आफ्नो जालो बनाउँछ, त्यस्तै त्यो व्यक्ति आफ्नो काम पूरा गर्न चलखेलमा लागिरहेको हुन्छ । यसबाट व्यक्तिको योजना सफल वा असफल हुने कुरा थाहा पाइन्छ ।
आफूलाई निःवस्त्र हेर्नु
यस्तो सपनाले सरम लाग्नुतर्फ संकेत गर्दैन । यसको पछाडि कुनै ठोस कारण हुन्छ जसलाई ध्यान दिनु आवश्यक हुन्छ । अर्थात् यस्तो सपनाले हामीलाई धेरै सूक्ष्म कुरातर्फ संकेत गर्छ । यो यस्तो सपना हो जो पूरै विश्वका हरेक व्यक्ति हरेक उमेरमा कहिलेकाहीं अवश्य देख्ने गर्छ ।

प्रकाशित मिति: Sunday, August 21, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses