कुकुर सुताइ'ले स्मरणशक्तिलाई कमजोर पार्छ

के तपाईं छिनछन्को सुताइमा निद्रा पूरा गर्ने प्रयास गर्नुहुन्छ ? यदि त्यसो हो भने तपाईं स्वास्थ्यसँग खेलवाड गर्दै हुनुहुन्छ । एक अनुसन्धान नतिजाले देखाएअनुसार यस्तो 'कुकुर सुताइ'ले स्मरणशक्तिलाई कमजोर पार्छ जसले गर्दा डिमेन्सियाको खतरा बढी रहन्छ । 

स्टेनफोर्ड विश्वविद्यालयद्वारा गराइएको उक्त अनुसन्धानपछि यसका प्रमुख डा.लुइस डे लेका अनुसार गहिरो निद्राले स्वास्थ्यमा धेरै महत्त्व राख्छ र यसको अभावमा एल्जाइमर र उमेरजन्य विभिन्न रोग लाग्न सक्छन् ।

मुसामा गरिएको परीक्षणमा उक्त निष्कर्ष निस्केको हो । निद्रामा बाधा आएपछि मुसालाई दैनन्दिनका वस्तु चिन्नसमेत मुस्किल परेको पाइयो । उक्त अनुसन्धान सामान्यभन्दा कम निद्रा वा कम गहिरो निद्रा नभई छिनछन्को निद्रामा अध्ययन गरिएको थियो ।

अनुसन्धानकर्ताले अध्ययनमा निद्रा र ब्युझिँदाको समयमा मस्तिष्कमा हुने एक प्रकारको प्रयासलाई लक्षित गरी निन्द्राको समय मुसाको मस्तिष्कमा सीधा प्रकाशको तरंग पठाएका थिए ।

यसको अर्थ यो थियो- निद्राको कुल समयलाई अप्ठ्यारोमा न पारी उनीहरू मुसाको निद्रालाई अवरोध गर्न सक्थे । यसपछि मुसालाई दुई फरकफरक वस्तु देखाइयो । यसमध्ये दिनहुँ देख्ने वस्तुलाई समेत मुसाले नचिन्नुमा निद्राको कमीलाई कारक मानिएको थियो ।

प्रकाशित मिति: Friday, August 12, 2011

यसमा तपाईको प्रतिक्रिया

1 comments

Thanks for information sis ma aba chintan manangare hai nidrako wishayemaa lol

Write Down Your Responses