जे पायो त्यही खाने बानीले गर्भधारण ढिलो


जे पायो त्यही खाने बानीले तपाईंको आमा बन्ने चाहनामा अंकुश लगाउन सक्छ । लन्डनमा गरिएको एउटा अध्ययनले महिलामा खानाको अनियमितता भएमा गर्भधारणको समय लम्बिन सक्ने देखाएको छ ।
खानाको अनियमितताले महिलाहरू 'एनोरेक्जिया'को सिकार हुने गरेको अध्ययनले देखाएको हो । त्यसैले उनीहरूमा सामान्य महिलाको दाँजोमा गर्भधारण ढिलोगरी हुन्छ । यसबाहेक अनुसन्धानकर्ताहरूका अनुसार खानामा गरिने अनियमितताले थुप्रै रोग निम्त्याउँछ ।
खानामा मनलाग्दी गर्ने महिलालाई गर्भधारणको समय र त्यसपछि समेत धेरै समस्या दिन सक्छ । एनोरेक्जियाको सिकार भएका महिलालाई पनि बढी चिकित्सकीय सहयोगको खाँचो पर्छ भने गर्भधारणसमेत ढिलो भएको पाइयो । यसैकारण ६ प्रतिशत महिलालाई 'फर्टिलिटी टि्रटमेन्ट' (गर्भधारण हुन उपचार)को आवश्यकतासमेत पर्‍यो ।
लन्डनमा भएको उक्त अध्ययनले आमा बन्न चाहनेका लागि खानपानलाई सन्तुलित राख्न र नियमत खान जोड दिएको छ ।

प्रकाशित मिति: Friday, August 12, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses