अफिसमै गर्न सकिने कुर्सीयोगा

कुर्सीयोगा कुर्सीमा वसेरै गरिन्छ । यो योगा लामो समय कुर्सीमा वसेर काम गर्नेका लागि निकै लाभदायी मानिन्छ । कुर्सीयोगले मानिसमा छिट्टै स्फूर्ति बाउने भएकोले काममा बढी मन जान्छ । लामो समय कुर्सीमा बसेर काम गर्दा अल्छी वा थकान महसुस भएमा अफिसमै केही समय कुर्सीयोग गरेमा स्फुर्ती बढ्छ । यो योग कुर्सीमै बसेर गर्न सकिन्छ । 

कुर्सीमा बसेर गरिने बिभिन्न आसन
हिँड्डुल गर्न नसक्ने, शारीरिक रुपमा अशक्त व्यक्तिका लागि पनि यो हितकारी हुन्छ । यो योगले विभिन्न रोगवाट समेत मुक्ति मिल्छ । 

गर्ने तरिका 

  • पहिला कुर्सीमा सिधा गरी वस्ने अनि श्वास भित्र तानेर दुबै कानको सिधा भागबाट हातलाई अगाडि लगेर हत्केला जोड्ने । 
  • दुवै कुमलाई विपरीत दिशातर्फ दबाव दिने । 
  • यो योग गर्दा श्वास भित्रवाट तान्ने र फाल्ने । 
  • यो क्रिया पाँच पटकसम्म गर्ने ।

फाइदा 

  • हातलाई आराम मिल्छ । 
  • गर्धन दुख्ने निको हुन्छ । 
  • कम्प्युटरमा काम गर्नेलाई ढाड दुख्ने समस्या निको हुन्छ ।
  • स्फुर्ति बढ्छ । 
  • टाउको, हात र घाँटीमा रक्तसञ्चार बढ्छ । स्वास्थ्यखबरपत्रिका

प्रकाशित मिति: Sunday, March 13, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses