फरक– फरक डिप्रेशन, फरक– फरक लक्षण

  • डा सि पी सेढाई, 
नेपालमा पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाइँ, प्रेममा वियोग, आफन्तको मृत्यु, व्यापारमा नोक्सानी, जागिर जानु, बाल्यअवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनलगायतका कारणले डिप्रेसन भएको पाइन्छ । डिप्रेसनका कतिपय बिरामी राती निदाउँदैनन् । उनीहरू आत्तिने खालका सपना देख्छन् । धेरैजसो आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौनक्रियामा कमी भयो भन्दै डाक्टरकहाँ आउँछन् ।

डिप्रेसन विभिन्न प्रकारका हुन्छन् । यो रोग यकिन गर्न यस्ता लक्षणहरू कम्तीमा २ साता रहनुपर्छ । महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ । खास कारण एकिन नभएपनि उनीहरूमा सहन सक्ने क्षमता कम हुने भएकाले यो समस्या बढी हुने गरेको अनुमान छ ।

डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपयलाई सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरू बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । यो समस्याका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्छन्, आफूलाई क्यान्सर भयो भनी रुन्छन्, मर्ने भइयो भनेर आत्तिन्छन् र परिवारको बारेमा कुनै चिन्ता लिँदैनन् ।

उनीहरूले सामान्य कुरामा पनि मन थाम्न सक्दैनन् । जस्तै– सडकमा बिरामी वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन् । एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै– परिक्षमा एक पटक असफल भएमा अब फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो । कतिपय नकारात्मक सोचाइबाट पिडित हुन्छन् । मनमा यस्तो सोच्दिन भने पनि यस्ता बिरामीमा त्यस्तो सोचाइ आउँछ, जसले उनीहरू छट्पटिन्छन् । यस्ता बिरामीको मस्तिष्क परीक्षण, सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिदैन ।

प्रकार र लक्षण :

  • न्यूरोटिक डिप्रेसन: यस्ता बिरामीहरू मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन् ।
  • साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरू अरू मानिसदेखि शंका गर्छन् ।
  • सेनाइल डिप्रेसन: बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले प्रायः आत्महत्या गर्ने डर हुन्छ । उनीहरू एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् ।
  • डिप्रेसन स्टूपर: यस्ता बिरामी अत्यन्त नचली र नबोलि बस्छन् । कोही आँसु बगाउँछन् ।
  • एजिटेटेड डिप्रेसन: यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन् ।
  • रेटाडेड डिप्रेसन: यस्ता बिरामीहरू कम बोल्छन् र टोलाउने गर्छन् ।
  • बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छ । स्वास्थ्यखबरपत्रिका

प्रकाशित मिति: Wednesday, March 09, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses