नयाँ खोज: रक्तसमूह नमिले पनि मिर्गौला प्रत्यारोपण

के हो ‘डिसेन्सिटाइजेसन’ ? कस्तो हुन्छ प्रक्रिया ?
मिर्गौला प्रत्यारोपणका लागि पर्खेका लाखौं बिरामीका लागि खुसीको खबर छ । प्रत्यारोपण गर्दा मिल्दो मिर्गौला नपाउँदा असफल हुने खतरालाई कम गर्न सकिन्छ। न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा बुधबार प्रकाशित नयाँ अध्ययनअनुसार चिकित्सकहरूले बिरामीको इम्युन प्रणालीलाई फरक पारेर जुनसुकै किसिमको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ।

यस प्रकारको प्रणालीलाई ‘डिसेन्सिटाइजेसन’ भनिएको छ । यसका कारण कयौं जीवन बताउन सकिने पेन्सिलभेनिया विश्वविद्यालय अन्तर्गतको पेरेलम्यान स्कुल अफ मेडिसिन तथा नेसनल किडनी फाउन्डेसनका अध्यक्ष डाक्टर जेफ्री बन्र्सले बताए । यो प्रक्रियाका कारण हजारौं प्रतीक्षारत बिरामीले नयाँ जीवन पाउन सक्ने र तिनले प्रत्यारोपणका लागि महँगो किसिमको डायलिसिसमा भर पर्नुनपर्ने अध्ययनमा देखिएको छ ।
  
अमेरिकामा मात्रै एक लाखभन्दा बढी मिर्गौला रोगीमध्ये आधा प्रत्यारोपणको चरणमा प्रत्यारोपित अंगमाथि संक्रमण भई असफलतातर्फ लम्कन्छ । जसमध्ये २० प्रतिशत अंग प्रत्यारोपण असफल नै बन्ने गरेको छ । अध्ययनका मुख्य शोधकर्ता डाक्टर डोरी सेजेभले जोन्स होप्किन्स युनिभर्सिटी अफ मेडिसिनमा अध्ययन गर्दा के पाए भने प्रतीक्षा सूचीमा रहेका अज्ञात संख्याका रोगीहरूले सुरुमै आफ्नो शरीरले नथेग्ने भन्दै आशा त्यागिसकेका हुन्छन् । मिर्गौला प्रत्यारोपणमा डायलिसिस एउटा जटिल प्रक्रियाका लागि बरु उनीहरू पुनः तयार हुन्छन् ।

अध्ययनले पत्ता लगाएको नयाँ प्रक्रिया ‘डिसेन्सिटाइजेसन’मा सुरुमा रोगीको रगतबाट ‘एन्टीबडी’हरू छानिन्छ । त्यसपछि शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि अन्य ‘एन्टीबडी’ दिइन्छ । नयाँ प्रत्यारोपित अंगमा यसरी नयाँ दिइएका एन्टीबडीका कारण बाहिरी भाइरसको संक्रमण कम हुन्छ तर यो किन कम हुन्छ भन्ने अहिलेसम्म पत्ता लागिसकेको छैन । नयाँ बनाइएको प्राकृतिक ‘एन्टिबडी’हरूले नयाँ मिर्गौलालाई आक्रमण नगरोस् भनी औषधि चलाइन्छ ।

यी क्रिया निकै महँगा हुने गरेका छन् । कम्तीमा ३० हजार डलर पर्ने र यसका लागि प्रयोग गरिने औषधिलाई अहिले स्वीकृति दिइएको छैन । प्रत्यारोपण त्यसै पनि महँगो प्रक्रिया हो, जसका लागि कम्तीमा १ लाख डलर पर्ने गर्दछ । ‘डिसेन्सिटाइजेसन’ प्रक्रियाका कारण लामो समयसम्म चल्ने डायलिसिसलाई घटाई ७० हजार डलरसम्म झर्न सक्ने अध्ययनले देखाएको छ ।

‘डिसेन्सिटाइजेसन’ प्रक्रिया मिर्गौलाका लागि मात्र नभएर कलेजो र फोक्सो प्रत्यारोपणका लागि पनि प्रयोग हुन सक्ने अध्येताहरूले जनाएका छन् । कलेजो प्रत्यारोपणका क्रममा मिर्गौलामा जस्तो संक्रमण भइनहाल्ने हुनाले ‘डिसेन्सिटाइजेसन’ आवश्यक नभएको चिकित्सक बताउँछन् । फोक्सोका लागि भने यो प्रक्रिया सैद्धान्तिक रुपमा सम्भव भएको डाक्टर जेफ्री बन्र्सको भनाइ छ । तर यस्तो काम अहिलेसम्म भएको आफूलाई जानकारी नभएको उनले बताए ।

यो अध्ययन अमेरिकाका २२ स्वास्थ्य संस्थाका १ हजार २५ मिर्गौला रोगीमाझ गरिएको थियो । यो प्रक्रियाका लागि समय लाग्ने र केहीका लागि त दुई सातासम्म लम्बिने अध्ययनमा देखिएको छ ।

मिर्गौला रोगको उपचारमा देखिएका कयौं असहजताका कारण पछिल्लो समय मिर्गौला आदानप्रदानजस्ता क्रियाकलाप समेत देखिएका थिए । मिर्गौला नमिल्ने कारणले कयौं रोगीहरू प्रतीक्षाको सूचीमा हुन्थे भने रोगीरोगीबीच मिल्दो मिर्गौला खोज्ने अभ्यास पनि चल्ने गरेको छ ।

यस्तो अभ्यासमा सबैभन्दा ठूलो तगारो शरीरका एन्टीबडीले गर्ने प्रत्यारोपणमा अस्वीकार थियो । सेन्ट लुइस सेन्टर फर ट्रान्सप्लान्टेसनकी डाक्टर क्रिस्टा एल लेन्टिनले नयाँ प्रक्रिया प्रत्यारोपणलाई सहज बनाउन सक्ने धारणा राखिन् ।

यस अध्ययनभन्दा बाहिरका चिकित्सक उटाह हेल्थ साइन्सेज सेन्टरका डाक्टर जेफ्री क्याम्पसनले मिर्गौला साटासाटमा बढी जोड दिने गरेका छन् तर पनि नयाँ अध्ययन एक पटक विचार गर्नैपर्ने विषय भएको बताए ।
सन् २००४ मा डिसेन्सिटाइजेसन गरेका एक जना बिरामी मि. स्मिथलाई साढे ६ वर्षपछि पुनः समस्या बल्झिएकाले यो नयाँ प्रक्रिया कामलाग्दो नभएको बताए । स्मिथ आफूलाई मिर्गौला दिने बुहारी एलिसन सटनको योगदान त्यसै खेर गएको बताउने गरेका छन् । स्वास्थ्यखबरपत्रिका

प्रकाशित मिति: Sunday, March 13, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses