मिर्गौलामा समस्या भएपछि के हुन्छ ?

डा. सुमित आचार्य, मिर्गौलामा समस्या भएपछि एसिड या अमिलोपना रगतमा बढ्ने, पिसाबमार्फत पोटासियम कम बाहिरिने र रगतमा भने पोटासियम बढ्दै जाने गर्छ । यस्तो अवस्थामा रगतमा फसफोरसको मात्रा बढ्ने, तर क्याल्सियमको मात्रा भने कम हुने गर्छ ।

शरीरमा भएको भिटामिन ‘डी’ लाई बिग्रिएको मिर्गौलाले सुचारु गर्न नसक्दा मानिसको शरीरमा भएको क्याल्सियको मात्रा रगतमा कम हुने हो । यसपछि स्वास्थ्यमा समस्या थपिँदै जान्छ ।

रगतमा एसिडको मात्रा बढ्दै गएको खण्डमा व्यक्तिको मस्तिष्कमै समस्या देखापर्न थाल्ने, कुनै पनि वेला मानिस बेहोस भएर लड्नेसमेत हुन सक्छ ।

मिर्गौलाका रोगीको शरीरमा रक्तसञ्चारमै समस्या आउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, बमिट हुने, शरीर कमजोर हुने, शरीर सुन्निँदै जाने र मुटुको समस्या बढ्दै जाने हुन्छ ।

मिर्गौलामा कुनै पनि समय समस्या आउन सक्ने भएकाले समय–समयमा पिसाब परीक्षण, रक्त परीक्षण, रेडियोलोजिकल परीक्षण, मिर्गौलाको अल्ट्रासाउन्डलगायत परीक्षण गराइराख्नु राम्रो हुन्छ ।

मिर्गौलारोग लागेको वेलैमा पत्ता लागे समयमै उपचार गरेर मिर्गौला विफल हुनबाट जोगाउन सकिन्छ । मिर्गौलाको समस्या भएको शंका मात्रै लागे पनि तुरुन्त उपचार गराउनुपर्छ ।

परिवारका सदस्यमा कसैलाई मिर्गौलाको समस्या भएमा अन्य सदस्यलाई पनि वंशाणुगत प्रभाव पर्न सक्छ ।

बजारमा अनेकथरी औषधि पाइन्छन् । विनापरीक्षण यस्ता औषधि प्रयोग गरेमा मिर्गौलामा समस्या देखिन सक्छ ।– नयाँ पत्रिका दैनिक बाट

प्रकाशित मिति: Tuesday, February 07, 2017

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses