अपडेट
    पुरुषकै कारण लाग्छ पाठेघरको क्यान्सर

    पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरुलाई हुन्छ ।

    शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङको भनाई छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउने गर्दछ ।

    खतरा कसलाई
    शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
    * धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
    * यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
    * लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
    * जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

    लक्षण
    • पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
    • गन्हाउने पानी बग्ने
    • संक्रमण भैरहने
    • रगत मिसिएको पानी बग्ने
    • महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
    • पेट फुल्ने
    • खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।

    कसरी बच्ने ?
    पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलामा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।

    यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।

    यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । नेपालन्यूजलाइभ

    प्रकाशित मिति: Saturday, February 27, 2016

    यसमा तपाईको प्रतिक्रिया

    0 comments

    Write Down Your Responses