एकै साथ खान नहुने खाद्यवस्तु

.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु  हुदैन ।
२.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
३.दुध र भटमास  एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
४. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
५. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
६.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ।
७.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
८.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
९.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
१०.बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् । नेपालपाटी

प्रकाशित मिति: Saturday, February 06, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses