ग्यास्ट्रोइन्टराटिस रोगमा बान्ता, पखालासँगै ज्वरो आउछ

फोहोर पानी र प्रदूषित खानपानका कारण  ग्यास्ट्रोइन्टराटिस हुछ ।ग्यास्ट्रोइन्टराटिस भाइरस, ब्याक्टेरिया, परजीवीको संक्रमण वा अन्य कारणले पेट वा आन्द्रामा संक्रमण भएर हुने रोग हो । यसबाट आन्द्रा सुन्निने चिकित्सकहरूले बताए ।ग्यास्ट्रोइन्टराटिसमा बान्ता, पखालासँगै ज्वरोसमेत आउने गर्छ ।   यो संक्रमणमा आन्द्रा र पेट पोल्ने हुछ । यो रोगले मुख्यतः बुढापाका र बालबालिकालाई बढी प्रभावित गर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार "स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनु" जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखाला कम गर्न सकिन्छ ।


गर्मीयामदेखि नै ग्यास्ट्रोइन्टराटिस रोग देखिन थाले पनि मनसुनको समयमा यो रोगको सबैभन्दा बढी प्रकोप देखिन्छ । चिकित्सकहरूका अनुसार यसबाट बच्ने सबैभन्दा राम्रो उपाय बाह्य, प्रदूषित खाद्यपदार्थ र पानीबाट टाढा रहनु हो । यो समय खुला कुवा र हेन्डपम्पको पानीसमेत उमालेर खानुपर्छ । खाना खानुअघि र शौचालय गएपछि साबुन पानीले नियमित हात धुन कहिल्यै बिर्सनु हुँदैन । भाँडाकुँडाको सफाइ नियमित गर्नुपर्छ । ग्यास्ट्रोइन्टराटिसबाट बच्न पानीलाई उमालेर उपयोग गर्नुपर्छ । यसले पानी जीवाणुबाट मुक्त हुन्छ । पानीमा उपयुक्त मात्रामा क्लोरिन मिसाएरसमेत उपयोग गर्न सकिन्छ । घर, स्कुल छेउछाउमा सरसफाइको राम्रो स्थिति हुनुपर्छ । छेउछाउमा पानी जम्न दिनुहुँदैन । काटिएको, खुला र बासी खाद्यपदार्थको सेवन गर्नु हुँदैन ।

ग्यास्ट्रोइन्टराटिसरोगको सबैभन्दा ठूलो कारण फोहर पानीको सेवन हो ।यस्तै दूषित भोजन, अस्वच्छ रहनसहन, खाने ठाउँको छेउछाउमा फोहर भएर समेत हो । ग्यास्ट्रोइन्टराटिसरोगको लक्षण देख्नासाथ रोगीलाई चिकित्सककहाँ लिएर जानुपर्छ ।  पानी र खाद्यपदार्थलाई छोपेर राख्नुपर्छ ।कसैको जुठो खाना खानु हुँदैन ।

प्रकाशित मिति: Tuesday, July 26, 2011

यसमा तपाईको प्रतिक्रिया

1 comments

ho ta kaha khanu hunchha ta jutho khane kura ta even wife ko jutho pani nakhau hai kasaile pani k thaha kaso jutho khayera aako hunchha....tesaile sabai jana be carefull....jutho bata haiiiiiii ... syabbas good people....!!!
be healthy and keep healthy okey...good good !!!

Write Down Your Responses