खानाको गुणस्तर ख्याल गरौं

 मोटोपन वा तौल कम गर्न के तपाईं भोको बस्ने वा कम खाने तरिका अपनाउनुहुन्छ ? मोटोपनबाट टाढा रहनका लागि अब भोको बसिरहन आवश्यक छैन । खानामा ध्यान लगाएर तपाईं एक महिनामै स्लिम हुन सक्नुहुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पछिल्लो अध्ययनमा 'खाना खाइरहेको बेला अन्य कुरा सोच्नुको सट्टा सम्पूर्ण ध्यान खानेकुरामै केन्दि्रत गर्दा स्लिम बन्न सजिलो हुने' तथ्य पत्ता लगाएका छन् ।उक्त अध्ययन अनुसार, जसले छेउछाउमा भइरहेका गतिविधिको कुनै पनि ख्याल नगरी धमाधम खाना खान्छ, उसको तौल औसत रूपमा ६.३ किलोग्रामभन्दा बढी कम हुन्छ ।
वैज्ञानिकहरूका अनुसार गुणस्तरयुक्त खाना (जस्तो, दही, ओखर आदि) बढी प्रभावकारी हुन्छन् । अनुसन्धानकर्ताहरूले अध्ययनमा के पाएका छन् भने, खाना जति राम्रो हुन्छ, त्यो ग्रहण गर्ने व्यक्तिको त्यति नै कम हुँदै जान्छ । तर समय लाग्छ । तपाईं छिटछिटो खाना खानुहुन्छ भने "शरीरले पर्याप्त भोजन गरिसकेको कुराको सूचना मस्तिष्कसम्म पुग्न करिब २० मिनेट लाग्छ ।" यसको अर्थ, मस्तिष्कमा संकेत ढिलो पुग्छ र बढी खाना खानुहुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार एकाग्रचित्त भएर खाँदा मस्तिष्कले शरीरसँग तालमेल बसाउँछ । यही कारण मस्तिष्कले तृप्त भएको रासायनिक सन्देश सजिलै सुन्छ ।
मोटोपन घटाउन मेलाटोनिनसुत्नु र जाग्नुलाई नियन्त्रित गर्ने हार्मोन, मेलाटोनिन तौल घटाउनमा सहयोगी हुन सक्ने एउटा अनुसन्धानमा देखिएको छ । मेलाटोनिन प्राकृतिक हार्मोन हो, जो धेरै कम मात्रामा जामुन, बदाम, सूर्यमुखीको बीउ, अलैंची, धनियाँ र चेरी जस्ता फल, मसला र सब्जीमा पाइन्छ । खानपानमा यी खानेकुरा सामेल हुँदा मोटोपना र कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग मिल्छ ।
स्पेनको युनिभर्सिटी अफ ग्रेनाडाका अनुसन्धानकर्ताहरूले मधुमेह प्रभावित मुसामा मोटोपना, कोलेस्ट्रोल र उच्च रक्तचापको सन्दर्भमा मेलाटोनिनको प्रभावको विश्लेषण गरे । मुसाका लागि मेलाटोनिन फाइदाजनक पाइयो । उनीहरूमा मुटु रोग पाइएन । अनुसन्धानकर्ताहरूका अनुसार मेलाटोनिनले मोटोपना र कोलेस्ट्रोलको बढी स्तरको कारण हुने मुटु रोगलाई रोक्नसमेत सहयोग गर्छ । यो हार्मोन मोटोपनासहित अन्य खतरासँग जुध्न पनि सक्षम छ ।
वैज्ञानिकहरूका अनुसार, शरीर छरितो बनाइराख्न खाना कम गर्नुको सट्टा स्वस्थ खाना आवश्यक छ । उनीहरूले यो निष्कर्षमा पुग्नुअघि १ लाख २० हजार व्यक्तिमा अध्ययन गरे । तीमध्ये ८३ प्रतिशत महिला थिए । अध्ययनमा पाइयो— दही, ओखर, फल र सब्जी सेवन गरे तौल कम गर्न सहज हुन्छ ।

प्रकाशित मिति: Tuesday, July 26, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses