के भन्छ पुरुषको औंलाले


के तपाईंलाई थाहा छ, पुरुषको हातका औंलाले धेरै रहस्य उजागर गरिरहेको हुन्छ रु जस्तो, साइँली औंलो (रिङ फिंगर) को दाँजोमा चोर औंलो (इन्डेक्स फिंगर) सानो भएका पुरुषहरूको लिंग ठूलो हुन्छ । दक्षिण कोरियामा गरिएको यो अध्ययन एसियन जर्नल अफ एन्ड्रोलजीमा प्रकाशित छ । त्यहाँको गिल अस्पतालको युरोलजी विभागले आफ्नो रिपोर्टमा के भनेको छ भने तपाईंको साइँली औंलो चोर औंलोको तुलनामा लामो छ भने तपाईंको लिंगको स्ट्रेच लेन्थ बढी हुन्छ ।पहिलेपहिले भएका अध्ययनहरूमा समेत औंला र लिंगबीचको स्पष्ट सम्बन्ध रहेको संकेत गर्ने गरिएको थियो । त्यस्ता केही अध्ययनमध्ये एउटामा उल्लेख थियोः जन्मभन्दा अघि टेस्टास्टेरोन हार्मोनले औंलाको विकाससँगै लिंगको लम्बाइलाई पनि निर्धारण गर्छ ।

एउटा अध्ययनमा लिंगको लम्बाइको तुलना दाहिने हातको दोस्रो र चौथो औंलाबीचको लम्बाइको अन्तरसँग गरिएको छ । पहिले गरिएको अध्ययनमा के समेत पाइएको थियो भने दाहिने हात टेस्टास्टेरोनलाई प्रभावित गर्ने विषयमा बढी संवेदनशील छ । यो अध्ययनमा इन्डेक्स फिंगरको लम्बाइ रिङ फिंगरसँग घटाइयो । उक्त अध्ययनअनुसार, यी दुईबीचको लम्बाइ अनुपात जति कम हुन्छ लिंगको लम्बाइ त्यति नै बढी हुन्छ । यो अध्ययनमा संलग्न न्युयोर्कका स्किडमोर कलेजका डेनिस भन्छन्, 'तथ्यअनुसार जन्मभन्दा अघि टेस्टास्टेरोन नै औंलाको बनावट र लिंगको लम्बाइका लागि जिम्मेवार हुन्छ ।'

यसअघि पुरुषको औंलाका बारेमा जुन अध्ययन गरिएको थियो त्यसलाई क्यान्सरको खतरासँग जोडेर सार्वजनिक गरिएको थियो । अध्ययनमा भनिएको थियो, ' जुन पुरुषको चोर औंलो ठूलो हुन्छ तिनलाई प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ ।'
बि्रटेनको इन्स्िटच्युट अफ क्यान्सरका अनुसन्धान- कर्ताहरूले आफ्नो अध्ययनमा के कुराको खुलासा गरेका थिए भने जुन पुरुषको चोर औंलो साइँली औंलोभन्दा ठुलो हुन्छ उनीहरूमा ती पुरुषको दाँजोमा क्यान्सर हुने खतरा एक तिहाइ कम हुन्छ जसको यी दुई औंलाको लम्बाइ यसको ठीक विपरीत हुन्छ ।

प्रकाशित मिति: Monday, July 11, 2011

यसमा तपाईको प्रतिक्रिया

1 comments

Write Down Your Responses