जुलाई २८ तारिख । विश्व हेपाटाइटिस विरुद्घ दिवस ।

सन् २०१२ सम्ममा हेपाटाइटिस बी लाई निर्मुल पारौं, भन्ने नाराका साथ यो दिवस वर्ल्ड हेपाटाइटिस अलाइन्सले सन् २००८ देखि मनाउन थालेको भए पनि विश्व स्वास्थ्य संगठनले भने आधिकारीक रुपमा यस वर्षपहिलो हेपाटाइटिस दिवस मनाएको हो ।

स्वास्थ्य संगठनले पश्चिम प्रशान्तीय क्षेत्रका ९ वटा मुलुकमा सन् २०१२ सम्ममा बालबालिकामा हेपाटाइटिस बीको  संक्रमणलाई दइ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

हेपाटाइटिस ए, बी, सी, डी र इ गरी ५ थरीका हुन्छन् । यी मध्ये हेपाटाइटिस बी एचआईभी एड्स भन्दा पनि संक्रमणकारी र घातक भएको मानिन्छ । यो कलेजोमा लाग्ने रोग हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सर्ने गर्दछ ।

हाल विश्वको ३५ करेाड जनसंख्या हेपाटाइटिस बीबाट ग्रसित भएको स्वास्थ्य संगठनले जनाएको छ । यो रोगबाट विश्वमा प्रत्येक वर्ष१० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा करीब ३ लाख १५ हजार व्यक्ति हेपाटाइटिस बी बाट ग्रसित छन् ।
यो रोगको संक्रमण सबैभन्दा बढी १० देखि २४ वर्षा व्यक्तिमा देखिने गरेको छ ।

यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभए पनि रोग लाग्नु अगाडी नै ३ मात्रामा हेपाटाइटिस बी बिरुद्घको खोप लगाउनाले ९५ प्रतिशत रोकथाम हुने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति: Thursday, July 28, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses