• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
सन् २०१२ सम्ममा हेपाटाइटिस बी लाई निर्मुल पारौं, भन्ने नाराका साथ यो दिवस वर्ल्ड हेपाटाइटिस अलाइन्सले सन् २००८ देखि मनाउन थालेको भए पनि विश्व स्वास्थ्य संगठनले भने आधिकारीक रुपमा यस वर्षपहिलो हेपाटाइटिस दिवस मनाएको हो ।

स्वास्थ्य संगठनले पश्चिम प्रशान्तीय क्षेत्रका ९ वटा मुलुकमा सन् २०१२ सम्ममा बालबालिकामा हेपाटाइटिस बीको  संक्रमणलाई दइ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

हेपाटाइटिस ए, बी, सी, डी र इ गरी ५ थरीका हुन्छन् । यी मध्ये हेपाटाइटिस बी एचआईभी एड्स भन्दा पनि संक्रमणकारी र घातक भएको मानिन्छ । यो कलेजोमा लाग्ने रोग हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सर्ने गर्दछ ।

हाल विश्वको ३५ करेाड जनसंख्या हेपाटाइटिस बीबाट ग्रसित भएको स्वास्थ्य संगठनले जनाएको छ । यो रोगबाट विश्वमा प्रत्येक वर्ष१० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा करीब ३ लाख १५ हजार व्यक्ति हेपाटाइटिस बी बाट ग्रसित छन् ।
यो रोगको संक्रमण सबैभन्दा बढी १० देखि २४ वर्षा व्यक्तिमा देखिने गरेको छ ।

यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभए पनि रोग लाग्नु अगाडी नै ३ मात्रामा हेपाटाइटिस बी बिरुद्घको खोप लगाउनाले ९५ प्रतिशत रोकथाम हुने चिकित्सकहरुको भनाइ छ ।

फोहोर पानी र प्रदूषित खानपानका कारण  ग्यास्ट्रोइन्टराटिस हुछ ।ग्यास्ट्रोइन्टराटिस भाइरस, ब्याक्टेरिया, परजीवीको संक्रमण वा अन्य कारणले पेट वा आन्द्रामा संक्रमण भएर हुने रोग हो । यसबाट आन्द्रा सुन्निने चिकित्सकहरूले बताए ।ग्यास्ट्रोइन्टराटिसमा बान्ता, पखालासँगै ज्वरोसमेत आउने गर्छ ।   यो संक्रमणमा आन्द्रा र पेट पोल्ने हुछ । यो रोगले मुख्यतः बुढापाका र बालबालिकालाई बढी प्रभावित गर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार "स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनु" जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखाला कम गर्न सकिन्छ ।
 मोटोपन वा तौल कम गर्न के तपाईं भोको बस्ने वा कम खाने तरिका अपनाउनुहुन्छ ? मोटोपनबाट टाढा रहनका लागि अब भोको बसिरहन आवश्यक छैन । खानामा ध्यान लगाएर तपाईं एक महिनामै स्लिम हुन सक्नुहुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पछिल्लो अध्ययनमा 'खाना खाइरहेको बेला अन्य कुरा सोच्नुको सट्टा सम्पूर्ण ध्यान खानेकुरामै केन्दि्रत गर्दा स्लिम बन्न सजिलो हुने' तथ्य पत्ता लगाएका छन् ।उक्त अध्ययन अनुसार, जसले छेउछाउमा भइरहेका गतिविधिको कुनै पनि ख्याल नगरी धमाधम खाना खान्छ, उसको तौल औसत रूपमा ६.३ किलोग्रामभन्दा बढी कम हुन्छ ।
वैज्ञानिकहरूका अनुसार गुणस्तरयुक्त खाना (जस्तो, दही, ओखर आदि) बढी प्रभावकारी हुन्छन् । अनुसन्धानकर्ताहरूले अध्ययनमा के पाएका छन् भने, खाना जति राम्रो हुन्छ, त्यो ग्रहण गर्ने व्यक्तिको त्यति नै कम हुँदै जान्छ । तर समय लाग्छ । तपाईं छिटछिटो खाना खानुहुन्छ भने "शरीरले पर्याप्त भोजन गरिसकेको कुराको सूचना मस्तिष्कसम्म पुग्न करिब २० मिनेट लाग्छ ।" यसको अर्थ, मस्तिष्कमा संकेत ढिलो पुग्छ र बढी खाना खानुहुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार एकाग्रचित्त भएर खाँदा मस्तिष्कले शरीरसँग तालमेल बसाउँछ । यही कारण मस्तिष्कले तृप्त भएको रासायनिक सन्देश सजिलै सुन्छ ।
मोटोपन घटाउन मेलाटोनिनसुत्नु र जाग्नुलाई नियन्त्रित गर्ने हार्मोन, मेलाटोनिन तौल घटाउनमा सहयोगी हुन सक्ने एउटा अनुसन्धानमा देखिएको छ । मेलाटोनिन प्राकृतिक हार्मोन हो, जो धेरै कम मात्रामा जामुन, बदाम, सूर्यमुखीको बीउ, अलैंची, धनियाँ र चेरी जस्ता फल, मसला र सब्जीमा पाइन्छ । खानपानमा यी खानेकुरा सामेल हुँदा मोटोपना र कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग मिल्छ ।
स्पेनको युनिभर्सिटी अफ ग्रेनाडाका अनुसन्धानकर्ताहरूले मधुमेह प्रभावित मुसामा मोटोपना, कोलेस्ट्रोल र उच्च रक्तचापको सन्दर्भमा मेलाटोनिनको प्रभावको विश्लेषण गरे । मुसाका लागि मेलाटोनिन फाइदाजनक पाइयो । उनीहरूमा मुटु रोग पाइएन । अनुसन्धानकर्ताहरूका अनुसार मेलाटोनिनले मोटोपना र कोलेस्ट्रोलको बढी स्तरको कारण हुने मुटु रोगलाई रोक्नसमेत सहयोग गर्छ । यो हार्मोन मोटोपनासहित अन्य खतरासँग जुध्न पनि सक्षम छ ।
वैज्ञानिकहरूका अनुसार, शरीर छरितो बनाइराख्न खाना कम गर्नुको सट्टा स्वस्थ खाना आवश्यक छ । उनीहरूले यो निष्कर्षमा पुग्नुअघि १ लाख २० हजार व्यक्तिमा अध्ययन गरे । तीमध्ये ८३ प्रतिशत महिला थिए । अध्ययनमा पाइयो— दही, ओखर, फल र सब्जी सेवन गरे तौल कम गर्न सहज हुन्छ ।
मायामा धेरै शक्ति हुन्छ, मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । मायाप्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ ।  जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घिहुन जान्छ ।

अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो । तर, पेकिङ विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक माओ लिहुआ भन्छन्, "जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो  मस्तिष्कको अनुभवबाहेक केही होइन । कसैप्रति आकषिर्त हुँदा जब तन्त्रिका तन्त्रका माध्यमले फेरोमोन्स मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, तब मुटुको चाल बढ्नुको साथै श्वासको गतिसमेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ  र तिर्खासमेत लाग्छ ।"



अध्ययनले जो व्यक्तिले माया र प्रेमको वातावरण पाउँछ, बाँच्न अवस्था एकदमै कम भएको भए तापनि त्यस्ता व्यक्ति निकै लामो समय बाँचेको तथ्यसमेत बाहिर ल्याएको छ । प्रेमको अनुभूतिले रोगलाई सन्चो गर्ने मात्र नभएर लामो स्वस्थ जीवनका लागि सिन आवश्यक रहेको अनुसन्धानले औंल्याएको छ ।

के तपाईं निहुरेर कुचोले दिनहुँ घर सफा गर्नुहुन्छ ? लुगा धुदा, खाना पकाउँदा, भुइँ पुछ्दा बसेरै काम सक्नुहुन्छ ? पलेटी कसेर बस्ने बानी छ ? ढाड बंग्याएर कुर्सीमा बस्नुहुन्छ ? यस्तै गर्नुहुन्छ भने आफ्नो शारीरिक मुद्रा (बडी पोस्चर) मा सुधार गर्नुस् । नत्र तपाईंलाइ छिट्टै ढाड दुख्ने समस्याले पिरोल्न सक्छ ।'ढाड दुख्ने सबैभन्दा महत्त्वपूर्ण कारण नराम्रो तरिका (ब्याड बडी पोस्चर) ले काम गर्नु हो,'  'ढाड दुख्ने समस्या कुदाकुदयुक्त आधुनिक जीवनशैलीको उपहार हो ।' उनका अनुसार गृहिणीहरूले कुचोमा लट्ठी जोडेर उभिएर घर बढार्दा ढाडमा पर्ने दबाब धेरै कम हुन्छ । खाना बनाउँदा वा लुगा धुदा पनि उभिएर ती काम गर्ने गरे पिठिउँले धेरै राहत पाउँछ । ढाडमा अनावश्यक दबाब दिनु हुँदैन । अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ अर्थराइटिस एन्ड मस्कुलोस्केलटल एन्ड स्किन डिजिज (एनआईएएमएस) का अनुसार तीन महिनाको समयावधिमा एक चौथाई वयस्क अमेरिकी न्यूनतम एक दिन पिठिउँ दुखाइ अनुभव गर्छन् ।नेपालमा भने यसबारे कुनै अध्ययन नभए पनि ढाड दुखाइको एउटा अवस्थाअन्तर्गत नसा च्यापिएको डिस्कलाई छुट्याउने शल्यक्रिया बर्सेनि करिब तीन सयजति गर्ने गरेकोछ । यसले नै नेपालमा पिठिउँ दुख्ने समस्याको स्थिति बताउँछ ।
ढाड दुख्नुको मुख्य कारण ढाडको हाड र त्योसँग जोडिएको मांसपेशी हो । गलत तरिकाले बस्दा, उभिँदा, सुत्दा, काम गर्दाताका आवश्यकताभन्दा बढी दबाब पर्दा यो दुख्न थाल्छ ।'हामी आफ्नो दिनचर्याको समयमा कम्मरको दुरुपयोग धेरै गर्छौं,'  'घन्टौंसम्म ओछ्यानमा पल्टिराख्नु वा गलत मुद्रामा बस्नु, सुत्नु र उठ्नु पिठिउँ दुखाइका कारक हुन् ।'ढाड ३३ वटा ससाना हाडले बनेको हुन्छ । प्रत्येक दुई हाडको बीचमा एउटा डिस्क हुन्छ । शरीरको माथिल्लो भागको सम्पूर्ण तौल ढाडको हाडले नै सहन गर्नुपर्छ । यसैले पिठिउँ दुख्ने समस्या हुन्छ ।
'ढाडको सबैभन्दा अन्तिम हाड एल-४, एल-५ अथवा एल-५, एस-१ मा सबैभन्दा बढी तौलको दबाब हुन्छ,'  'करिब ९० प्रतिशत स्लिप डिस्क यही ठाउँमा हुन्छ ।'  गर्‍हौं तौल उठाउँदा, खेल वा कुनै क्रियाअन्तर्गत शरीरलाई गलत रूपले तन्काउँदा वा अचानक कुनै दबाबले गर्दा स्लिप डिस्क हुन्छ । 
एनआईएएमएसका अनुसार पहिलो चोटि पिठिउँ दुखाई ३० देखि ४० वर्षको उमेरमा देखिन सक्छ । उमेर ढल्कँदै जाँदा पिठिउँ दुख्ने समस्या हुँदै जान्छ । शारीरिक रूपले स्वस्थ नभएकाहरूमा यस्तो समस्या सामान्य हो । कमजोर ढाड र पेटको मांसपेशीले पिठिउँको हाडलाई राम्ररी आधार दिन सक्दैन ।
आवश्यकताभन्दा बढी मिहिनेत गर्नुले समेत पिठिउँ प्रभावित भइरहेको हो , 'थाके पनि निरन्तर काम गर्नु पिठिउँ दुखाइलाई निम्त्याउनु हो ।' गलत तरिकाले व्यायाम गर्दासमेत ढाड दुख्न सक्छ ।उमेर वृद्धिसँगै ढाडको हाडमा कमजोरी आउन थाल्छ । 'सामान्यतयाः ४०-४५ वर्षको उमेरदेखि हाड पातलो हुने समस्या उब्जन थाल्छ,' , 'यसले गर्दा पनि ढाड दुख्छ ।' मसल वा लिगामेन्टमा दबाब परेर, गलत मुद्राका कारण, स्लिप डिस्क, ढाडमा संक्रमण, ट्युमर र अस्टियोस्पोरोसिस ढाड दुख्ने मुख्य कारणहरू हुन् ।
ढाडको हाड चोट, दबाब र कुनै पनि प्रकारको विकारले तनावग्रस्त भए समस्या हुन्छ । स्लिप डिस्कका पीडितहरूलाई पिठिउँको दुखाइ सामान्य समस्या रहेको छ । यसबाहेक पोषक तत्त्वको कमी, लामो रोग आदिले समेत पिठिउँ दुख्ने गर्छ ।शरीरमा पोषक तत्त्वको कमीले गर्दा रक्तसञ्चार प्रकृयामा गडबडी हुँदा ढाडको हाडमा बढी दबाब पर्छ र दुख्न थाल्छ । कामसँगै आराम न गर्ने, बढी परिश्रम गर्नेहरूलाई पनि ढाड दुख्ने समस्याले पिरोल्छ ।'पेट बढ्नुसमेत ढाड दुख्ने एउटा कारण हो,' डा. पन्त भन्छन्, 'बढी मोटा व्यक्तिहरू पनि पिठिउँ दुखाईले पीडित हुन्छन् ।'
हाइ हिल भएका जुत्ता, चप्पल लगाउँदा यसको सीधा असर ढाडमा पर्छ र  पिठिउँमा समस्या निम्तिन सक्छ । 'बढी हिल भएका जुत्ता-चप्पल बढी समयसम्म नलगाउनुस्, यसले तपाईंको मांसपेशीमा आवश्यकता भन्दा बढी दबाब पार्छ । , 'बाहिर कडा र भित्र नरम पmलाट जुत्ता राम्रो हुन्छ । जुत्ताको बाहिरी सोल कडा हुनुपर्छ, इनर सोल नरम ।' हाइ हिल लगाउने व्यक्ति अग्लो देखिए पनि ढाडबाट होचो हुने हुन्छन्, 'अग्लो हिलका कारण ढाडलाई दबाब मात्र पर्दैन, यो लगाउनेहरू हाम्रो जस्तो नराम्रो बाटोमा लडे भने खुट्टामा समस्या देखिने सम्भावना धेरै बढी हुन्छ ।'
खाँदा, बस्दा, उठ्दा, काम गर्दा, हिंड्दा गलत शारीरिक मुद्रामा सुधार ल्याएर हामी ढाडको पीडाबाट जोगिन सक्छौं । गलत मुद्रामा बस्नु ढाडका लागि असाध्यै नराम्रो हो । सधैं आरामदायी स्थितिमा बस्दा कतै झुक्नु हुँदैन ।
पिठिउँ दुख्ने समस्यालाई सामान्य रूपमा नलिने , 'यदि तपाईं असजिलो अनुभव गर्नुहुन्छ भने विशेषज्ञको सल्लाह लिनोस् । समयमै उपचारले यसबाट हुन सक्ने सम्भावित जटिलताबाट मात्र बच्न सकिँदैन, पीडासमेत हटाउन सकिन्छ ।'


 थाहा पाउन कठिन छैन ।  तर यसका लागि तपाईले'वडी मास इन्डेक्स' (बिएमआई) विधिलाई भने जान्नुपर्छ ।
तौल नाप्ने सबैभन्दा सरल साधन बिएमआई हो । यसले शरीरमा भएको बोसोको आँकलन गर्छ । शरीरको तौललाई लम्बाइ (मिटर) को वर्गले भाग गरेर यो निकालिन्छ । अर्थात् बिएमआई नाप्ने व्यक्तिको लम्बाइलाई दोब्बर गरेर उसको किलोग्राममा भएको तौलले भाग गरेर शरीरलाई चाहिने तौल निकालिन्छ । उदाहरणका लागि एउटा ६ फिट उचाइ र ७४ किलो तौल भएको व्यक्तिको बिएमआई २२ हुन्छ ।
'शरीरको तौल लम्बाइ र शारीरिक संरचनाका अनुसार हुनुपर्छ,' 'यसका लागि बिएमआई सही तरिका हो, तौल सन्तुलित राखेर थुप्रै रोगबाट बँच्न सकिन्छ ।'
बिएमआई सामान्य देखिएको वयस्कमध्ये सबैको तौल स्वास्थ्यको हिसाबले एकदम सही हुनैपर्छ भन्ने छैन । 'यदि बिएमआई सामान्य छ भने तपाईलाई आफ्नो कम्मरको व्यास समेत नाप्नुपर्छ,'  'यदि कम्मरको घेरा महिलाको ३२ इन्च र पुरुषको ३५.६ इन्चभन्दा कम छ भने तौल घटाउने चिन्ता लिइरहनु नै पर्दैन ।'
बिएमआईका लागि तौल र उचाइ जान्नै पर्छ । तौल जुत्ता, चप्पल र भारी कपडाबिना नाप्नुपर्छ । यसो भएमा मात्र बिएमआईले शरीरको तौल उचाइको अनुपातमा ठीक वा छैन भन्ने सही बताउँछ । बिएमआई २९.९ भन्दा बढी हुनु हुन्न । बिएमआईको सामान्य श्रेणी गर्भवती महिला र दुध खुवाउने आमामा लागू हुँदैन ।
'बिएमआई र कम्मरको नापमा सधैं ध्यान राख्नुपर्छ,'  'यदि यसमा वृद्घ देखियो भने केही गर्नैपर्छ ।' सामान्य बिएमआई भएकाहरूले समेत दिनहुँ करिब ३० मिनेट व्यायाम गर्नुपर्छ । यो ३० मिनेटको अवधिलाई भने पूरा दिनमा बाँड्न सकिन्छ । 'भर्‍याङ चढ्नु, तीव्र गतिले हिँड्नु, नाच्नु, घरको सफाइ गर्नु, लुगा धुनु र करेसाबारीमा काम गर्नु पनि यसैमा पर्छन्,।
जति व्यायाम, त्यति नै फायदा हुन्छ । कोलेस्ट्रोल र चिनी कम गर्न व्यायाम गर्नुहुन्छ भने त्यो न्यूनतम एक घन्टाको हुनुपर्छ । यस्तै प्राणायामलाई त्यो एक घन्टाको व्यायामकै अन्तर्गत नराखी पूरक व्यायामको रूपमा राख्ने सल्लाहरूसमेत डा.रावत दिन्छन्, 'एक घन्टा व्यायाम गरेपछि प्राणायाम गर्नुस् तर व्यायामकै समयमा प्राणायामलाई न जोड्नुस् ।'
शरीरको उचित तौल
एउटा वयस्कको शरीरको अपेक्षित तौल उसको लम्बाइअनुसार हुनुपर्छ, जसले उसको शारीरिक गठनलाई अनुकूल बनाओस् । सामान्यतः १८.५ बिएमआईभन्दा मुनि भएकालाई अस्वस्थको श्रेणीमा राख्न सकिन्छ । यस्तै १८.५ देखि २३ बिएमआईसम्मकालाई साधारणमा राख्न सकिन्छ भने २३.१ देखि ३० बिएमआई भएकालाई बढी तौलमा राखिन्छ । ३० भन्दा बढी बिएमआई हुनेलाई मोटो व्यक्तिको रूपमा लिइन्छ ।
अर्को एउटा प्रक्रियाअनुसार आफ्नो सेन्टिमिटर स्केलमा भएको उचाइबाट एक सयलाई घटाउँदा आउने संख्या तपाईको सही तौल हुनेछ । जस्तै एक सय ५० सेन्टिमिटर अग्लो मान्छेको सही तौल ५० किलोग्राम मानिन्छ ।
सामान्य बिएमआईको फाइदा बिएमआईलाई सधंै २३ भन्दामुनि राख्दा फाइदा हुन्छ, मधुमेह हुँदैन । पहिलेदेखि नै मधुमेह छ भने चिनीको स्तर राम्रो हुन्छ । सामान्य बिएमआईले रक्तचापमा समेत कमी आउँछ । पहिलेदेखि नै भएको रक्तचापलाई समेत नियन्त्रित राख्न सघाउँछ । मुटुको रोग रोक्नुको साथै पक्षाघात हुनबाट समेत जोगाउँछ । सन्तुलित बिएमआईले केही प्रकारको क्यान्सर रोक्नसमेत सघाउँछ । कोलेस्ट्रालको स्तरलाई समेत सामान्य बनाउँछ । ब्लड फ्याट लेभेललाई समेत सामान्यमा ल्याउँछ । उमेर बढाउनुको साथै ऊर्जास्तर समेत सुधार्छ, जसकारण उमेरभन्दा जवान देखिन्छ । 
तौल कसरी कम गर्ने ?
'तारिएको खाना कम, फलफूल र सब्जी बढी खानुपर्छ,, 'टुसाएको चना र रेसायुक्त खाद्य पदार्थले पनि फाइदा गर्छ । दिनहुँ व्यायाम गर्नुपर्छ ।' उपवास बस्नाले चाहिँ शारीरिक नोक्सान हुन सक्छ । दुई पटकको खानाबीच लामो अन्तराल हुनु हुँदैन । स-सानो अन्तरालमा अलिअलि खानु पर्छ । बढी बोसोयुक्त खाना खानु हुन्न भने अल्कोहलबाट बच्नुपर्छ ।'
मोटोपनाको कारण
ऊर्जा सेवन र ऊर्जा उपयोगबीच असन्तुलनका कारणले मोटोपना हुन्छ । बढी बोसोयुक्त खाना पनि यसको कारक हो । फास्ट फुड खानाले समेत मोटोपनलाई निम्त्याउछ । कम व्यायाम र स्थिर जीवन मोटोपनाको प्रमुख कारण हो । असन्तुलित व्यवहार र मानसिक तनावका कारणले व्यक्ति विशेष बढी खाना खाना थाल्छन्, जो मोटोपनाको कारण बन्छ । शारीरिक क्रिया सही रूपले नहुँदा पनि शरीरमा बोसो जम्मा हुन्छ । बाल्यअवस्था र युवाअवस्थाको समयको मोटोपना वयस्क हुँदासम्म रहन सक्छ ।
शरीरलाई स्याउ हैन नासपाती जस्तो बनाउनुस्
मोटोपनाका दुई श्रेणी हुन्छन् । एउटा स्याउ अर्को नासपाती जस्तो शरीर हुनु । मोटोपना कम्मरभन्दा माथिल्लो भागमा हुनुलाई स्याउ आकारको मोटोपना (एप्पल सेप्ड ओबिसिट) भनिन्छ, कम्मरभन्दा मुनि मोटोपना हुनलाई नासपाती मोटोपना (पियर सेप्ड ओबिसिट) ।
नेपालमा केन्द्रीकृत मोटोपना अर्थात् भुँडी लाग्ने समस्या सबैभन्दा बढी छन् । पेटमा बोसो लाग्नु मोटोपनाको सबैभन्दा खतरनाक स्थिति हो । स्याउ आकारको मोटोपना नासपाती आकारको मोटोपनाभन्दा बढी खतरनाक हुन्छ किनभने नासपाती आकारमा थाई र नितम्बमा जम्मा भएको बोसोका कोसिकाको विशेषता स्याउ आकारको मोटोपनामा भएको फ्याट कोसिकाभन्दा फरक हुन्छ । धूमपान गर्ने व्यक्तिको मोटोपना धेरैजसो स्याउ आकारको र अन्य व्यक्तिमा यो नासपाती आकारजस्तो हुन्छ ।
चिकित्सकहरूले हिप र पेटको अनुपातमा समेत ध्यान दिनुपर्ने आंैल्याउँछन् । सामान्य व्यक्तिको हिपको आकार पेटको आकारभन्दा ठूलो हुनुपर्ने हुन्छ ।








पाठेघर खस्नुअघिको हेलचेक्रयाइँ र पाठेघर खसिसकेपछि उचित उपचार नपाउनाले महिला पीडित छन् । पाठेघर खस्ने समस्याले महिलाको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असर पार्नुका साथै सामाजिक, शारीरिक र पारिवारिक दाम्पत्य जीवनसँगै भावनात्मक विकार पैदा भई जीवन नै निरर्थकतामा परिणत भएका थुप्रै उदाहरण हाम्रासामु छन् ।


परम्परागत शैलीमा असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या प्रशस्त भेटिन्छ । सुरक्षित गर्भपतन गराउने कानुनी व्यवस्था हुँदाहुँदै कतिपय महिलामा कानुनी सेवाको बारेमा जानकारी नहुँदा समस्या भोगिरहेका छन् भने कतिपय महिला आफ्नै हेलचेक्रयाइँका कारणले मृत्युको मुखमा पुग्न बाध्य छन् । गाउँघरमा अझै पनि असुरक्षित गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव हुने, पाठेघरमा घाउ भई क्यान्सरसम्म हुने, पाठेघर खस्ने, तल्लो पेट दुख्ने, अकालमा मृत्यु हुने र बाँझोपनको सम्भावना हुन्छ । असुरक्षित गर्भपतन गराउँदा हुने जोखिमका बारेमा पर्याप्त जानकारी नहुनु र सुरक्षित गर्भपतन गराउने सेवामा महिलाको सहज पहुँच नभएका कारण अझै महिलाहरू असुरक्षित गर्भपतन गराइराखेका छन् । महिलाहरूको पाठेघर खस्नुका विभिन्न कारणमध्ये असुरक्षित गर्भपतन गराउने कारण पनि प्रमुख रहेको छ । पाठेघर खसेर महिलालाई समस्या हुँदाहुँदै पनि समाज र परिवारबाट अपहेलित भइन्छ कि भनेर कसैलाई नभनेर लुकाएर राख्ने परम्पराले गर्दा यो समस्या जटिल बन्दै गएको हो । ग्रामीण क्षेत्रमा यसरी पाठेघर खसेर मरणतुल्य हुँदाहुँदै पनि घरको सम्पूर्ण कामहरू गर्नुपर्दा महिलाहरूको स्वास्थ्य स्थिति झन् नाजुक बन्दै गइरहेको छ ।


पितृसत्तात्मक समाजका कारण महिलाको सानै उमेरमा विवाह हुनु, सानै उमेरमा बच्चा जन्मिनु, छोराको आशामा धेरै छोरी जन्मिनु, जन्मान्तर पनि छोटो हुनु, गर्भवती समयमा राम्रो खानपान नहुनु, सुत्केरीको १०, १५ दिनमै ओखलमा धान कुट्नुपर्नेलगायत अन्य बोझिला घरायसी कार्य गर्नुपर्ने, दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु र अन्य घरेलु हिंसाका कारणले महिलाहरूको पाठेघर खसेको पाइन्छ । समाजमा अन्य महिलाको पनि पाठेघर खसेको छ ।


यो समस्या सबैमा छ, मेरो पनि यस्तै त हो भनेर कसैलाई पनि नभनी लुकाउने कारणले पनि महिला सदियौंदेखि पीडित बन्दै आएको देखिन्छ । महिलाहरूलाई बच्चा पाउने र काम गर्ने मेसिनका रूपमा मात्र हेरिएको छ । हिमाल, तराई, पहाड जता पनि यो समस्या छ । महिला स्वास्थ्यको अधिकार र पाठेघर खस्ने सवाललाई गम्भीर रूपमा लिई चेतना जगाए मात्र पाठेघर खस्नेको संख्यामा कमी आउनेछ ।

के तपाईंलाई थाहा छ, पुरुषको हातका औंलाले धेरै रहस्य उजागर गरिरहेको हुन्छ रु जस्तो, साइँली औंलो (रिङ फिंगर) को दाँजोमा चोर औंलो (इन्डेक्स फिंगर) सानो भएका पुरुषहरूको लिंग ठूलो हुन्छ । दक्षिण कोरियामा गरिएको यो अध्ययन एसियन जर्नल अफ एन्ड्रोलजीमा प्रकाशित छ । त्यहाँको गिल अस्पतालको युरोलजी विभागले आफ्नो रिपोर्टमा के भनेको छ भने तपाईंको साइँली औंलो चोर औंलोको तुलनामा लामो छ भने तपाईंको लिंगको स्ट्रेच लेन्थ बढी हुन्छ ।पहिलेपहिले भएका अध्ययनहरूमा समेत औंला र लिंगबीचको स्पष्ट सम्बन्ध रहेको संकेत गर्ने गरिएको थियो । त्यस्ता केही अध्ययनमध्ये एउटामा उल्लेख थियोः जन्मभन्दा अघि टेस्टास्टेरोन हार्मोनले औंलाको विकाससँगै लिंगको लम्बाइलाई पनि निर्धारण गर्छ ।
फेसबुकका संस्थापक मार्क जुकेरवर्ग सबैभन्दा सञ्चार क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति भएका छन् । गार्जियनले वाषिर्क रूपमा प्रकाशित गर्दै आएको सय शक्तिशाली व्यक्तिको सूचीमा सन् २०११ मा मार्क पहिलो स्थानमा आएका हुन् ।
टि्वटरका सहसंस्थापक ज्याक डोर्से सञ्चार क्षेत्रमा शक्तिशाली व्यक्तिको सूचीको दोस्रो स्थानमा आएका छन् । यसले सामाजिक संजालसम्बन्धीका साइटको शक्ति बढेको देखाएका छन् । यी सामाजिक सन्जालको उच्च प्रयोगले यसअघि अगाडि रहेका पुराना सूचना प्रविधिमा सफल व्यक्ति एप्पलका स्टेभ जब्स र माइक्रोसफ्टका मालिक स्टेपभ बाल्मर पछि परेका छन् ।
     

Topiary Gardens - Chinese Plant Sculpture

Relax and admire this beautiful garden. All plants and flowering plants skillfully sculptured by must be experienced sculpture gardeners !
Do we call them Topiarist ? It takes months and years to create such artistic works.


 FunFunky.Com

FunFunky.Com

नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ▼  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ▼  July (10)
      • Chinese Plant Sculpture
      • फेसबुकका संस्थापक विश्वकै 'सञ्चार शक्तिशाली'
      • के भन्छ पुरुषको औंलाले
      • महिलाहरूका तमाम समस्यामध्येको अति जटिल र संवेदनशील...
      • तपाईंको शरीरलाई कति तौल चाहिन्छ
      • ढाड दुख्ने समस्या/पिठिउँ दुख्ने समस्यालाई सामान्य ...
      • प्रेमको अनुभूतिले रोगलाई सन्चो
      • खानाको गुणस्तर ख्याल गरौं
      • ग्यास्ट्रोइन्टराटिस रोगमा बान्ता, पखालासँगै ज्वरो आउछ
      • जुलाई २८ तारिख । विश्व हेपाटाइटिस विरुद्घ दिवस ।
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |