• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरुलाई हुन्छ ।

शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङको भनाई छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउने गर्दछ ।

खतरा कसलाई
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

लक्षण
  • पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
  • गन्हाउने पानी बग्ने
  • संक्रमण भैरहने
  • रगत मिसिएको पानी बग्ने
  • महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
  • पेट फुल्ने
  • खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।

कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलामा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।

यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।

यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । नेपालन्यूजलाइभ
भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ । 

बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्‍याउँछ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूलो शत्रु हो । यहाँसम्म कि ब्रड, तारेको केराउको गेडा, बिर्को बन्द मासु र मासुको अचार आदिमा बढी नुन हुुन्छ । जसको सेवन गर्नाले हाम्रो शरीरमा नुनको मात्रा खतरनाक लेवलमा पुग्छ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सरलाई निम्त्याउन पर्याप्त मानिन्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरले भर्खर मात्र के जानकारी दिएको छ भने पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६४ सय मानिसको ज्यान लिइरहेको पाइएको छ । 

स्वास्थ्यको दृष्टिकोणले एक वयस्क व्यक्तिलाई प्रतिदिन ६ सय ग्राम नुन पर्याप्त मानिन्छ । बच्चा तथा किशोरहरूको निम्ति त यसको एक चौथाइ मात्र नुन पर्याप्त मानिएको छ । यसका साथै ब्रिटेनमा धेरैजसो मानिस ९ ग्रामभन्दा बढी नुन खाने गरेको पाइयो । यसको प्रमुख कारण के हो भने तयारी खाद्यपदार्थ र पेयपदार्थको सेवन बढी हुने गरेको पाइन्छ जुन नुनको भण्डार भन्दा पनि फरक नपर्ला । 

हाम्रो नेपाली बजारमा पनि तयारी खाद्यपदार्थमा नुनको मात्रा बढी हुन्छ । यस्तो कि म:म:, चाउमिन, चटामरी, पिज्जाजस्ता खानामा नुनको मात्रा चर्को रहने गरेको छ । जसले पूरै दिनको नुनको मात्रा एक पटक गरेको लञ्च वा डिनरबाट उठिहाल्छ । 

मुटु र मस्तिष्कको शत्रु हो नुन 
नुनले पेटको क्यान्सरका साथै हार्टएटेक र ब्रेन स्ट्रोकको सम्भावनालाई पनि बढाउँछ । डाक्टरका अनुसार बढी नुन भएको खाना खाँदा पेटको क्यान्सर नबढाउन मद्दत गर्दछ । त्यति मात्र होइन नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागलाई सन्तुलनमा राख्न मद्दत पुर्‍याउादछ । हुन त यो सबै रोगको जड नुन नै हो भन्ने तथ्य सही नभएपछि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाउने गरिन्छ । सोको सेवनले क्यान्सरलाई बढाउन मद्दत पुर्‍याइरहेको छ । एउटा कुरा के छ भने उच्च रक्तचाप र मुुटुको बिरामीलाई चर्को नुनको सेवन नै दोषी मानिन्छ । त्यसैले चर्को नुन खाादा आमाशयमा पोल्ने र खोच्ने काम हुन जान्छ । जसको विकसित रूप भनेको पछि गएर पेटसम्बन्धी क्यान्सर हुनु हो । 

भर्खरै जापानमा यही समस्याका बारेमा अध्ययन सम्पन्न भएको छ । वृद्ध–वृद्धाहरूमा गरिएको एक अध्ययनअनुसार करिब ४० हजार मानिसमा ११ वर्षदेखि खानपिनसम्बन्धी अध्ययन गर्दा के पत्ता लागेको छ भने प्रतिदिन १२ देखि  १५ ग्रामसम्म खुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर बढेर गएको पाइएको छ । यसरी के सिद्ध हुन्छ भने जुन व्यक्ति नुनिलो पदार्थको सेवन तीव्र रूपमा गर्छन् र फलफूल, हरियो सागपातको सेवन कम गर्छन् भने उसको पेटको क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गढबडी देखा पर्न थाल्छ । आश्यर्च लाग्दो कुरा के छ भने पुरुषको संख्या चर्को नुन खाने वर्गमा अगाडि रहेका छन् ।

नुन कति खाने ? 
फुड स्टान्डर्ड एजेन्सी र युके हेल्थ डिपार्टमेन्टले तोकेको माप दण्ड अनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरको निम्ति आवश्यक रहेको बताएको छ । १ देखि ६ वर्षसम्मका बच्चाका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढदो उमेर समूहका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त छ । एक चिम्ती नुन भनेको ०दशमलव २५ ग्राम हो । तसर्थ, एक चम्चामा करिब ५ ग्राम नुन अटाउाछ । 

ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्य पदार्थमा कम नुन हाल्न फुड इन्डट्रिमा आदेश जारी  गरिदिएको छ । तर, नेपालमा त्यस्तो प्रकारको कुनै नीति नभएकाले व्यापारिहरूले मनपर्दो ढंगले आफ्नो तयारी खाद्य पदार्थमा नुन हाल्ने गरेका छन् । जुन–जुन मानिसको स्वास्थ्यसम्बन्धी ठूलो खेलबाड भैरहेको छ । 

नेपाल बजारमा व्याप्त आलुचिप्स, भुजिया, पापड र त्यस्तै अचार आदि आदिमा नुनको मात्रा बढी रहने गरेको छ । हामीलाई नुन तिखो भएन भने खाना रुच्दैन । जुन कुरा हाम्रो शरीरलाई यसले भित्र–भित्र खोक्रो पारिरहेको छ । नुन चााहि कडा चाहिने नेपाली परिपाटीमा पानी खानुलाई कञ्जुस्याई गरिन्छ । त्यसैले पनि यहााका अधिकांश मानिसमा पेटसम्बन्धी गडबडी साझा रोग भएको छ । जो कोही पनि पेटको समस्याले ग्रसित छन् । नारीपत्रिका
१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु  हुदैन ।
२.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
३.दुध र भटमास  एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
४. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
५. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
६.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ।
७.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
८.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
९.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
१०.बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् । नेपालपाटी
  • अनिल न्यौपाने 
काठमाडौं – नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेका १२ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले देशका विभिन्न स्थानबाट पक्राउ गरेका छन् ।

पक्राउ परेकामध्ये दुई जना सरकारी अस्पतालमा नै कार्यरत थिए भने एक जना एमबिबिएस विद्यार्थीलाई पढाइरहेको अवस्थामा फेला परेका थिए ।

ब्यूरोले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को सहयोगमा ‘अप्रेसन क्वाक’ नाम दिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्रका आधारमा ८ जनाले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेको पाइएको छ भने ४ जना अनुत्र्तिण रहेका छन् । नक्कली प्रमाणपत्रबाट एमबिबिएस अध्ययन गरी लाइसेन्सिङ परीक्षा उत्र्तीण भएकाहरुले लाइसेन्सिङ परीक्षामा पनि खेताला लगाएको हुन सक्ने आशंकामा थप अनुसन्धन शुरु गरीएको प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर नै एमबिबिएस पढाउने !

ब्यूरोबाट खटिएका टोलीले अनुसन्धान गर्ने क्रममा नक्कली प्रमाणपत्रका आधारमा नै रुसबाट  एमडी पास गरेकी बिनिता यादवले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई समेत पढाइरहेको पाइएको थियो ।

ब्यूरोका डिआइजी हेमन्त मल्लले चिकित्सक नाम दर्ता प्रमाण परीक्षा (लाइेसेन्सिङ)मा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरी सोही आधारमा लाइसेन्स लिएर डाक्टरका रुपमा काम गरेको, चिकित्सक दर्ता परीक्षा उत्र्तिण नै नभई डाक्टर भन्दै सर्वसाधरणको उपचार गरीरहेको भन्ने गुनासा र केही प्रमाणपत्रका आधारमा ‘अप्रेसन क्वाक’ सुरु गरीएको बताए । उनका अनुसार अप्रेसन क्वाकको प्रारम्भिक छानबिन हुँदा १२ जनाले विभिन्न तहका नक्कली प्रमाणपत्र पेश गरेको फेला परेको हो ।


पक्राउ पर्नेमा झापा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिराहामा कार्यरत मोहमत अहमद सिद्धिकी छन् ।
यस्तै जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलबस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह छन् ।

यिनीहरु मध्ये एसएलसी र प्रमाणपत्र तहको नक्कली बनाउने २ जना छन् भने बाकी १० जनाले भारतबाट नक्कली बनाएको खुलेको छ । यसरी नक्कली प्रमाणपत्र बनाएकाहरुमध्ये पाकिस्तान, रुस, भारत र बंगलादेशमा पढेका १/१ जना छन् भने ५ जनाले चीनबाट एमबीबीएसको प्रमाणपत्र ल्याएका हुन् । अनि भारत, बंगलादेश र पाकिस्तानबाट बीडीएस गर्ने १/१ जना छन् भने एकजनाले फिलिपिन्सबाट एमडी समेत गरेको खुलेको छ ।

पक्राउ पर्नेमध्ये काउन्सिलको लाइसेन्सिङ परीक्षामा उत्तीर्ण हुनेहरुमा भगवान केवट मल्लाह, सन्तोषकुमार यादव, शैलेन्द्रकुमार महतो, मोहम्मद कमरुल हक, तुल्सी कुमार महतो, श्याम बाबु साह, बिनिता यादव र रामबाबु गिरी रहेका छन् । यिनिहरुले लाइसेन्स परीक्षामा अर्कै विद्यार्थीलाई परीक्षा दिन लगाएको आशंकामा पनि अनुसन्धान अगाडी बढाइएको छ ।

डाक्टर लाइसेन्स खारेज, ३ वर्ष कैद हुने
पक्राउ परेकामध्ये सबैलाई ब्यूरोले आइतबार अदालतमा ठगीको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता अनुसार सबैको लाइसेन्स खारेज हुने छ । उनले काउन्सिल ऐन अनुसार ३ वर्षसम्म कैद वा ३ हजार जरिवाना र दुवै सजाय हुने छ । यिनीहरु सबैलाई दुवै सजाय गरिने अधिकारीले जानकारी दिए । यसैगरी ठगी र नक्कली प्रमाणपत्रका आधारमा समेत कारवाही प्रक्रिया अगाडी बढाइने तयारी भएको छ ।

नक्कली डाक्टर को कहाँ एमबिबिएस पढेका ?
नाम                                               देश                                  शिक्षण संस्था
१ भगवान केवट मल्लाह                चिन                                 हुवे मेडिकल कलेज
२ सन्तोषकुमार यादव                    चिन                                ताइसन मेडिकल कलेज
३ शैलेन्द्रकुमार महतो                    इन्डिया                            डा. एसएम नाक्वी इमाम डेन्टल कलेज
४ मोहम्मद कमरुल हक                 पाकिस्तान                       डेमन्ट मोरेन्सी कलेज
५ तुल्सी कुमार महतो                      चिन                               छेङचाउ कलेज
६ श्यामबाबु साह                              चिन                             वेफाङ मेडिकल युनिभर्सिटी
७ बिनिता यादव                             बंगलादेश
८ रामबाबु गिरी                               बंगलादेश                      युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजी कलेज
९ पशुपती चौधरी                            इन्डिया                          पटना मेडिकल कलेज
१० मो अहमद सिद्धिकी                    पाकिस्तान                   सिन्ध मेडिकल कलेज
११ कल्याण विश्वास                        चिन                            विफाङ मेडिकल युनिभर्सिटी
१२ अफजल हुसैन                              रुस                             स्टेट निकाविक युनिभर्सिटी


पक्राउ पर्नेहरु



स्वास्थ्यखबर पत्रिका
एजेन्सी, अमेरिकी मुलुकमा महामारीको रुप लिएको जिका यौन सम्पर्कबाट सर्ने गरेको  सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) अमेरिकाले जनाएको छ । डल्लासका एक जना जिका संक्रमित व्यक्तिलाई यौन सम्पर्कबाट सरेको सिडिसीले मंगलबार पुष्टि गरेको हो । 

ति व्यक्ति संक्रमित क्षेत्रमा पुगेको तर उसको पार्टनर भेनेजुयलाबाट फर्किएको बताइन्छ । जिका भाइरसका कारण अमेरिकी मुलुकहरुमा हजारौं शिशुहरु अविकसित दिमागसहित जन्मिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपत्कालिन अवस्था घोषणा गरिसकेको छ ।

जिका प्रभावित क्षेत्रबाट फर्किएका सम्भावित रगत दातालाई २८ दिनपछि मात्र रगत दान गर्न अमेरिकी रेडक्रसले आग्रह गरेको छ । मेक्सिको, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिकाबाट फर्किएका मानिसले यस्तो सावधानी अप्नाउनुपर्ने रेडक्रसले एक विज्ञप्तिमार्फत जनाएको हो।

यसैबीच, अस्ट्रेलियामा दुई जनालाई जिका भाइरस देखिएको बताइएको छ भने जिका प्रभावित क्षेत्रबाट फर्किएका आइरल्यान्डका एक पुरुष र बृद्धा महिलामा पनि यो संक्रमण देखिएको पुष्टि भएको छ ।

ब्राजिलले अस्वभाविक टाउकोको आकारसहित जन्मिएका ३ हजार ६ सय ७० बालबालिका र जिका भाइरसबीचको अध्ययन गरिरहेको छ ।

अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले यो रोग यौन सम्पर्कबाट सर्नेमा बिरलै सम्भावना भएको दाबी गरेका थिए । तर जिकाको विस्फोटक महामारीले विश्वलाई नै चिन्तित बनाएको छ भने धेरै प्रश्नलाई अनुत्तरित पनि बनाएको छ ।

वास्तवमा यौन सम्पर्कबाट सर्ने कत्तिको जोखिम छ ? वीर्यमा कति लामो समय यो भाइरस देखिन्छ ? संक्रमण देखिएपछि कति समयपछि मात्र यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यी प्रश्नहरु अझै अनुत्तरित छन्।
स्वास्थ्यखबर पत्रिका
  • डा सोनिया गुप्ता
सामान्यतया छाला स्वस्थ रहनुलाई सुन्दर हुनु र केही बिग्रिनुलाई कुरुप हुनुसँग मात्रै जोडेर हेर्ने गरिन्छ । छालामा आउने समस्याले थला नै पारी नहाल्ने भएकाले तुरुन्त चेकजाँच गर्ने गरिएको पाइँदैन । छालामा गडबडी आएको देख्नेले पनि उसलाई रोगीका रुपमा भन्दा कुरुपका रुपमा हेर्ने गर्छन् । तर, कतिपय अवस्थामा छाला भित्री रोग चिहाउने झ्याल हुनसक्छ । छालाले देखाउने संकेतले भित्री रोगहरु पत्ता लगाउन समेत सकिन्छ । छालाले देखाएको पूर्व संकेतले भविष्यमा आउने ठूलो स्वास्थ्य संकट पनि टार्न सकेको उदाहरण धेरै छन् । 

विशेषगरी मोटो मान्छेको घाँटी नजिकको छालामा सानोसानो मासु पलाएको जस्तो देखिन्छ । यसले हेर्दा मात्रै नराम्रो देखिने तर त्यस्तो असर नपार्ने भएकाले वास्ता गरिएको पाइदैन । यस्तो भएको मान्छेलाई मधुमेह भएको हुनेसक्ने संभावना धेरै हुन्छ । छाला सुख्खा हुँदै जानु थाइराइडको संकेत हो । छालाको कलर परिवर्तन भएर पहेँलो हुँदै गएको छ भने लिभरमा गडबडी भएको देखिन्छ । त्यसैगरी रगतको क्यान्सर, पेटको क्यान्सर, मृगौलाको रोगका संकेत पनि छालामा देखिने गरेका छन् । रोगले आक्रमण गर्न थालिरहेको अवस्थामा देखिने यी संकेतलाई वास्ता गरिएको पाइदैन । शरीरका अरु अंगले संकेत देखाउने अवस्थासम्म आइपुग्दा रोगले ग्रस्त नै पारिसकेको हुन्छ । जसले स्वास्थ्य कमजोर हुने र आर्थिक ब्ययभार थप्ने गर्छ ।


विशेषगरी राम्रो देखाउनका लागि छालाको हेरचाहमा ध्यान दिने गरेको पाइन्छ । सौन्दर्य छालामा झल्किने भएकाले यसलाई स्वस्थ राख्न अनेकबिधी गर्न थालिएको हो । तर, बाह्य कारणले मात्रै छाला बिग्रिदैन भन्ने कुरामा कसैले पनि ख्याल गर्र्दैनन् । बाह्य कारणले बिग्रिएको भन्दै छाला जोगाउन जति प्रयास गरिन्छ, त्यो भन्दा अघि बुझ्न जरुरी हुन्छ कि यो भित्री रोगका कारण बिग्रदै गइरहेको त छैन ?

पछिल्लो समय चाहिनेभन्दा बढी सौन्दर्यप्रेमी हुँदै गइरहेको छ, हाम्रो समाज । त्यसैले छालालाई सुन्दर बनाउन र जोगाउने सल्लाह ब्युटिसियन वा यस्तै कोहीबाट लिने गरिएको छ । छालामा समस्या देखिदा पनि ब्युटी पार्लरतिर धाइरहेका हुन्छौँ । सबै प्रकारका छालाका समस्याको बाह्य रुपमा समाधान खोज्ने परिपाटीले गर्दा रोग बढ्दै जाने र पैसा पनि खेर गइरहने हुनसक्छ । कतिपय अवस्थामा गलत पद्दती अपनाएर रोग निको हुँदा पनि छाला राम्रो नहुने अवस्था आउन सक्छ ।

अरु रोग लाग्दा तुरुन्तै डाक्टरकोमा पुगेजस्तै छालामा देखिने समस्याका लागि पनि डाक्टरसँग परामर्श गर्दा राम्रो हुन्छ । जसले एकातिर रोगको निदान खोज्न सघाउछ भने अर्कातिर छाला बिग्रिनबाट जोगिन्छ । स्वास्थ्यखबर पत्रिका
नेपाल विद्युत् प्राधिकरणले  माघ १८ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।
लोडसेडिङ्ग समूह



नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ▼  2016 (28)
    • ►  January (13)
    • ▼  February (7)
      • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
      • छालाले देखाउछ भित्री रोगको संकेत
      • यौन सम्पर्कबाट जिका भाइरस सरेको पुष्टि
      • यसरी पक्राउ परे १२ नक्कली डाक्टर ( फोटो फिचरसहित)
      • एकै साथ खान नहुने खाद्यवस्तु
      • बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक
      • पुरुषकै कारण लाग्छ पाठेघरको क्यान्सर
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |