बुढ्यौलीमा आउँछ मिठो निद्रा: कति बजे सुत्ने ?


यदि तपाईं मिठो निद्रा लागोस् भन्ने चाहनुहुन्छ भने राति दस बजेभित्र सुत्ने गर्नुस् । अनुसन्धान अनुसार राति ९ बजेर १० मिनेटमा एक कप चिया खानुस्, पाइजामा लगाउनुस् र १० बजे सुतिहाल्नुस् । यसो गर्दा तपाईं राम्ररी सुत्न सक्नुहुन्छ ।
यो अध्ययनमा ब्रिटेनका, राम्ररी निदाउने दुई हजार वयस्क व्यक्तिलाई सामेल गरिएको थियो । बेडलाइन ब्रान्ड 'बिडेकु ले उक्त अध्ययन गरेको यो अध्ययन अनुसार कुनै पनि व्यक्तिले, मुख्यतः महिलाले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम समेत गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय पदार्थको रूपमा चिया राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।

यो सर्वेक्षणले सुत्ने बेलाका क्रियाकलापलाई झल्काउने प्रयास गरेको बिडेक प्रवक्ता तानिया जोन्सनले बताएकी छन् । व्यस्त जीवनमा उपयुक्त रूपले निद्रा लिँदै सुत्नु अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।

 बुढ्यौलीमा आउँछ मिठो निद्रा
उमेर बढेसँगै निद्राको गुणस्तर खराब हुँदैन । अझ यसमा सुधार पाउने गरिएको छ ।'स्लिपु जर्नलमा प्रकाशित यो अध्ययन सम्बन्धी सर्वेक्षणमा करिब डेढ लाख वयस्क व्यक्तिहरूको विचारलाई लिइयो । त्यस अनुसार उमेरको चौथो दशकलाई छोडेर उमेरसँगै निद्राको गुणस्तर राम्रो हुन्छ ।
उमेरको आठौं दशक बिताइरहेकाहरू बढी राम्ररी निदाउँछन् । उमेरमा वृद्घसिँगै निद्राको गुणस्तरलाई लिएर गुनासो कम हुन्छ । यो सन्दर्भमा, उमेरको चौथो दशक गुजारिरहेका व्यक्ति मात्र भिन्न देखिएका थिए ।

मिठो निद्राका लागि चेरीको जुस चेरीको अमिलो जुस, राति मिठो निद्राको खोजीमा रहेकाहरूको लागि धेरै सहयोगी हुन सक्छ । अध्ययन अनुसार दिनहुँ दुई गिलास चेरी जुस लिने युवा जुस नलिनेको दाँजोमा ३९ मिनेट बढी सुत्छन् ।

चेरीको जुस खाने गरे निद्रा नलाग्ने समस्या हट्नुका साथै निद्रा क्षमतामा ६ प्रतिशत वृद्घ समेत हुन्छ । यो अध्ययन अन्तर्गत, केही स्वस्थ युवालाई दिनमा दुईपटक निरन्तर चेरीको जुस दिइयो भने अन्यलाई अर्कै फलको जुस दिइयो ।

चेरीको जुस सेवन गर्नेहरूको निद्रामा महत्त्वपूर्ण सुधार देखियो । उनीहरू राति लामो समयसम्म मजाले निदाउन सके । दिउँसो उँघ्न छोडे । उनीहरूको सम्पूर्ण निद्रा क्षमता समेत बढेको पाइयो ।

अध्ययन अनुसार राम्रो निद्राका लागि चेरी जुसमा पाइने मिलेटोनिन रसायन जिम्मेवार छ । मिलेटोनिन शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले मानिसको सुत्ने र जाग्ने चक्रलाई नियन्त्रित गर्छ ।

प्रकाशित मिति: Sunday, April 29, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses