दाँत र मुटुको सम्बन्धः दाँत कसरी माझ्ने त ?


दिनहुँ दाँत सफा गर्नाले तपाईं मुटुसम्बन्धी रोगबाट समेत जोगिन सक्नुहुन्छ । आयरल्यान्डको रोयल कलेज सर्जन्स र ब्रिटेनको ब्रिस्टल युनिभर्सिटिका अनुसन्धानकर्ताहरूको दाबी अनुसार, मुख फोहोर रहिरहे त्यहाँ उत्पन्न हुने जीवाणु रगतमा जान्छ र यसले गर्दा रगत जम्ने गर्छ । यसले मुटुको कुनै भाग प्राणघातक रूपले सुन्निन समेत सक्छ ।

मुख फोहोर हुँदा स्ट्रेप्टोकोक्स गोरडोनी जीवाणु उब्जिन्छ । यो जीवाणु सामान्यतया मुखभित्रै पाइन्छ । यसले दाँतको सतहमा पहेंलोपनालाई बढाउँछ । यो जीवाणु रगत निस्किरहेको गिजाबाट रक्त नलीमा प्रवेश गर्छ । अनि यसले मानव शरीरमा रगत जमाउँछ । रगत जम्ने गरेपछि हृदयाघातको खतरामा वृद्घि हुन्छ । यसैले दिनहुँ ब्रस गरौं, मुखमा जीवाणु उत्पन्न हुन नदिऔं र मुटु रोगलाई टाढै राखौं ।

अर्को कुरा दाँतलाई बिग्रनबाट जोगाउन यसलाई सफा गर्ने सही तरिका थाहा पाउनु जरुरी हुन्छ । तर, धेरै कम व्यक्तिलाई मात्रै जानकारी हुन्छ, दाँत कसरी माझ्ने भन्ने कुरा । कतीलाई थाहा भएर पनि हतारका कारण ध्यान दिएर माझ्दैनन् तर यसो गर्न आफैमा हानिकारक हुन्छ ।

विज्ञान पत्रिका स्विडिस डेन्टलमा प्रकाशित यो अनुसन्धानमा भनिएको छ— स्विडेनका सबैजसो नागरिक दाँत सफा गर्न दिनहुँ फलोराईडयुक्त टुथपेस्टको उपयोग गर्छन्, तर तीमध्ये १० जनामा एक जनालाई मात्र दाँत माझ्ने उपयुक्त तरिका थाहा छ ।

युनिभर्सिटी अफ गोटेबर्गको सालग्रेन्सका एकेडेमीमा पिआ ग्रेवे र उनका साथीहरूले दुई फरकफरक अध्ययनमा १५ वर्षदेखि ८० वर्षसम्मका २ हजार १३ जना स्विडेनवासीको ब्रस गर्ने बानीबारे अध्ययन गरे । त्यसको परिणाम अनुसार, स्विडेनको मात्र १० प्रतिशत जनसंख्याले टुथपेस्टको प्रभावकारी उपयोग गर्ने गर्छ । स्विडेनवासी सामान्यतः ब्रस त गर्छन्, तर धेरैजसो व्यक्ति दाँतलाई बिग्रनबाट जोगाउनुको सट्टा सामाजिक मापदण्ड र ताजा अनुभव गर्ने जस्ता कुरालाई ध्यानमा राखेर नै आफ्नो दन्तमञ्जन गर्छन् । 

अध्ययनमा के समेत पाइएको छ भने, ८० प्रतिशत स्विडेनवासी दाँत स्याहार गर्ने आफ्नो शैलीबाट सन्तुष्ट छन् । तस्बिर आफै बोल्छ कृपया आफ्नो दाँतको आफै स्याहार पुर्याउनु होला ।

प्रकाशित मिति: Thursday, April 05, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses