पिसाब चुहिने कारण

ekantipur
सोच्नुस् त हाँस्नलाग्दा यदि कसैको पिसाब चुहिन लाग्यो भने के गर्ने रु अझ खोक्दा, व्यायाम गर्दा वा गह्रौं वस्तु उचाल्दासमेत यस्तै अवस्थासँग जुध्ने गरेका महिलाको कस्तो गति होला रु सोच्दा नै आङ सिरिङ्ग हुने यो समस्यामा परेका महिलाहरू भने मुलुकमा कम छैनन् । गन्हाउने लगायतका कारणले उनीहरू सामाजिक रुपले समेत बहिस्कृतजस्तै भएर हीनताबोधका साथ असामान्य जीवन व्यतीत गर्न बाध्य छन् । यसको उपचार सम्भव भए पनि जानकारीको अभावमा उनीहरू अत्यन्त कठिन जीवन विताउन बाध्य छन् ।

महिलाहरूमा पिसाब चुहिने समस्या व्यापक भए पनि यसलाई गोप्य राखिन्छ, अरुलाई थाहा दिइन्न र सकेसम्म लुकाउने प्रयास गरिन्छ । यसरी रोग लुकाउँदा  निको हुनुको सट्टा समस्या झन् बढ्दै विकराल रूप लिन्छ । विशेषज्ञ चिकित्सकहरूसंँग परामर्श लिएर उपचार गर्नुपर्नेमा लाज मानेर रोग लुकाउँदा अनावश्यक रूपमा आफैले आफैलाई पीडा दिनुपर्ने बाध्यता आइलाग्छ । यसको उपचार सरल छ ।
यो समस्याका मुख्य दुई प्रकारका हुन्छन्( क० स्ट्रेस इनकन्टिनेन्सको अवस्थामा खोकी लाग्दा, हाच्छिउँ गर्दा, हाँस्दा, व्यायाम गर्दा वा गहं्रांै सामान उचाल्दा पिसाब चुहिने गर्छ । ख० अर्ज इन्कन्टिनेन्सको अवस्थामा पटक(पटक पिसाबले च्याप्ने र शौचालयसम्म पनि पुग्न नपाई बीच बाटोमै चुहिने समस्या देखापर्छ । यस्तै कहिलेकाहीं तेस्रो अवस्था अन्तर्गत माथिका दुवै समस्याको मिश्रति रुपसमेत देखिने गर्छ, जसलाई मिक्स्ड इनकन्टिनेन्स भनिन्छ ।
यतिमात्र नभई पिसाब चुहिने अन्य कारणहरू पनि हुनसक्छन् । यस अन्तर्गत  जटिल प्रसूतिका कारण उत्पन्न अब्सटे्रटिक फिस्टुला, शल्यक्रिया गर्दा मूत्रथैलीमा औजार लागेमा, पाठेघरको मुखमा भएको क्यान्सरमा समेत पिसाब चुहिने समस्या देखिन सक्छ ।
पिसाब चुहिने समस्या पुरुषका भन्दा महिलामा बढी देखिन्छ । महिलाको प्रजनन अङ्ग र मूत्रथैलीको बनावट  पुरुषको भन्दा फरक भएकोले र यी अङ्गका तन्तुहरूमा गर्भावस्था एवम् प्रसूतिका बखत चोटपटक लाग्दा महिलामा पिसाब चुहिने समस्या बढी देखिन्छ । यसका साथै महिनावारी सुकेपछि हुने हर्मोनको कमी तथा उमेर बढ्दै जाँदा यो समस्या देखिन्छ  ।
बढी मदिरा सेवन गर्दा, चिया(कफीजस्ता तरल पदार्थ बढी पिउँदा र बढी मसलादार खाना खाँदा पनि यस्तो समस्या देखापर्छ । यसैले यस्ता समस्यालाई निम्तो दिएर पाहुना बनाई पालिराख्ने कि बिदा दिने भन्ने कुरो आफ्नै आहारविहारमा भर पर्छ ।
पिसाब चुहिने समस्याले जीवनमा थुप्रै किसिमका समस्या भोग्नुपर्ने हुन्छ । यस्ता समस्याहरू सामान्य क्रियाकलापका कारण पनि उत्पन्न हुनसक्छन्  । उदाहरणका लागि व्यायामजस्ता शारीरिक श्रमका काम गर्न सकिन्न । छिनछिनमा शौचालय गइरहनुपर्छ । यसबाट निद्रामा समेत बाधा पुग्छ । परिणाम, काम गर्नसक्ने क्षमता ह्रास हुन्छ र व्यक्तिगत जीवनमा उदासी र चिन्ता छाउँछ । त्यसैले यसबाट बच्न रोग लाग्यो भनेर निधारमा हात राखी चिन्ता गर्नुभन्दा महिला आफैले ध्यान दिनुपर्छ ः समुचित मात्रामा तरल पदार्थ पिउने, नियमित रुपमा व्यायाम गर्ने, सुर्तीजन्य वस्तु र मदिरा सेवन नगर्ने, कब्जियतबाट जोगिने उपाय अपनाउने, गर्भावस्था र सुत्केरी अवस्थामा योनिको मांसपेशीलाई बलियो पार्नका लागि पेल्भिक फ्लोर व्यायाम आदि गर्नुपर्छ ।
रोकथामका उपाय अवलम्बन गर्नुका साथै अन्य उपचार पद्धतिबाट पनि पिसाब चुहिने समस्या समाधान नभएमा यसका लागि आधुनिक शल्यक्रियाको सुविधा छ ।  हाल नेपालमा यो सुविधा उपलब्ध छ । शल्यक्रियामार्फत सिन्थेटिक जालीको स्लिङ राखेर मूत्रनलीलाई बलियो पारिन्छ । यसबाट खोक्दा वा हाच्छिउँ गर्दा पिसाब चुहिने समस्याबाट मुक्ति पाइन्छ । यसका साथै महिलाहरूले चिकित्सकसंग जाँच गराएर र परामर्श लिएर उपचारका अन्य विधिहरू पनि अपनाउन सक्छन् ।

प्रकाशित मिति: Sunday, April 29, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses