बेसारको उपयोगिता


युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धानअनुसार  बेसार खानामा प्रयोग गर्दा घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम हुने तथ्य पत्ता लागेकोछ । चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिदै आएकोमा हालैको अनुसन्धानले यसको अर्को गुण पत्ता लागेको छ ।   युनिभर्सिटीको जोनसन कम्प्रेहेन्सिभ क्यान्सर सेन्टरमा भएको अनुसन्धानमा वैज्ञानिकहरूले मानव र्‍याल (सैल्भा) को अध्ययन गरे । यो अध्ययनमा बेसारले र्‍यालमा 'प्रो-इन्फलेमेट्री साईटोकाइनेज' को मात्रालाई न्यून गर्ने पत्ता लाग्यो, जसले मुखमा हुने क्यान्सरको सम्भावना कम गर्छ ।
अध्ययनका लागि अनुसन्धानकर्ताको टोलीले घाँटीको क्यान्सर पीडित २१ महिला सामेल गरिएको थियो । प्रारम्भमा यी रोगीको र्‍यालको अध्ययन गरियो र फेरि उनीहरूलाई बेसार खान भनियो । बेसार खाएपछि फेरि उनीहरूको र्‍यालको परीक्षण गरियो । परीक्षणमा बेसार सेवनपछि र्‍यालमा क्यान्सरलाई रोक्ने तत्त्व भेट्टयाइयो ।

प्रकाशित मिति: Monday, September 19, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses