हराईरहेको अमेरिकाको एक स्याटेलाईट प्रशान्त महासागरमा

युमण्डलको माथिल्लो तहमा अनुसन्धान गर्न राखिएको अमेरिकी अन्तरिक्ष यानको भग्नावशेषको सबैभन्दा ठूलो भाग २० वर्षपछि पृथ्वीमा खसेको  छ ।

उक्त भूउपग्रहको २६ वटा टुक्राबाट सार्वजिनक हानि हुने सम्भावना निकै कम भएको जानकारी अमेरिकी अन्तरिक्ष संस्था नासाले यसअघि नै दिएको थियो ।
उक्त भग्नावशेषको सबैभन्दा ठूलो टुक्रा स्थानीय समयअनुसार शुक्रबार राति ११:२३ देखि २०६८ असोज ७ गते शनिबारका दिन बिहान  १:०९ का बीच खसेको नासाको भनाइ छ । क्यालिफोर्नियाको भ्यानडेनबर्ग वायुसेना केन्द्रको संयुक्त अन्तरिक्ष सञ्चालन कक्षले प्रशान्त महासागरको माथिबाट उक्त भग्नावशेष वायुमण्डल प्रवेश गरेको जानकारी दिएको छ ।
नासाले यदि उक्त भग्नावशेष भूमिमा खसेको भए क्यानडामा खसेको हुनसक्ने अनुमान ट्विटरमार्फत दिएको छ ।
द अपर एट्मोसफियर रिसर्च स्याटेलाईट (यू ए आर एस), नासाले पठाएकोे सवैभन्दा ठूलो स्याटेलाईट थियो ।
विश्व वातावरणीय अध्ययनको लागि सन् १९९१ मा यसलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । २००५ मा ईन्धन सकिएकाले यो स्याटेलाईट नासाको नियन्त्रण बाहिर रहेको थियो । 

प्रकाशित मिति: Saturday, September 24, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses