पुरुषको जैविक गुण....

एक नयाँ अनुसन्धाले कुनैपनि पुरुषले जीवनकालभरिमा कम्तिमा १४ जना महिलासँग सम्भोग गर्न चाहने पत्ता लगाएको छ । जबकी महिलाले भने एक वा दुई जना सेक्स पार्टनरको मात्र आवश्यकता महसुस गर्दछन् ।यौन विज्ञ डाक्टर लुआन ब्रीजेनडाइले गरेको अध्ययनअनुसार पुरुष आफ्नो आनुवांशिक गुणकै कारण बढि महिलासँग सम्भोगको स्वाद लिन चाहन्छन् । डाक्टर लुआनले आफ्नो पुस्तकमा जनाएअनुसार पुरुषको सेक्स व्यवहार उसको मनोवैज्ञानिक तथा आनुवांशिक कारणसँग जोडिएको हुन्छ ।

एउटा पुरुषले जीवनमा १४ जना महिलासँग यौन सम्पर्क गर्न चाहनु वास्तमा कुनैपनि सद्धे पुरुषको जैविक गुण नै हो । तर आफ्नो जैविक अधिकारको रक्षाका लागि कुनैपनि पुरुषसँग महिलालाई बलात्कार गर्ने अधिकार छैन,  डाक्टर लुआन भन्छन् तर पनि आफ्नो जैविक आवश्यकताको बारेमा कुरा गर्ने अधिकार भने अवश्य छ ।

उनका अनुसार पुरुषमा अत्यधिक यौन चाहना भएपनि त्यो प्रायः छिपाएर राख्छन् तर मौका मिलेको बेला छिटै प्रकट गरिहाल्छन् । पुरुष सेक्स र धोका दुबैमा महिला भन्दा अघि रहेको पनि उनको भनाइ छ ।
डाक्टर लुआनका अनुसार पुरुषमा हुने टेस्टेस्टेरोन हर्मोनका कारण यौन चाहना जागृत हुन्छ । डाक्टरका अनुसार यौन चाहना जगाउने मस्तिष्कको भाग पुरुषमा महिलाको भन्दा दोब्बर ठूलो हुन्छ । उनका अनुसार महिलाहरु सम्भोग भन्दा पाक्क्रिडालाई बढि महत्व दिन्छन् तर पुरुषका लागि पाकक्रिडा भन्दा सम्भोग नै प्राथमिकतामा पर्छ । यदि महिलाले पाकक्रिडामा धेरै महत्व दिन्छिन् भने त्यहाँ पुरुषलाई सम्भोगको महत्व झनै बढि हुन्छ । किनकी स्खलन बेला पुरुषमा अक्सिटोसिन हर्मोन निस्कन्छ जसले उसमा आनन्दको प्राप्तिसँगै दुखाइ कम गर्ने औषधिको पनि काम गर्छ । त्यहीँ कारणले पनि पुरुष पाकक्रिडालाई सकेसम्म कम गरेर सम्भोगलाई जोड दिन बाध्य हुन्छन् ।

तर यसो गर्नुलाई पुरुषले स्वार्थीपन मान्न नहुने डाक्टर लुआनको भनाइ छ । उनका अनुसार पुरुषको जैविक संरचना नै यस्तो हुन्छ की जसले उसलाई सकेसम्म छिटै सम्भोगको लागि बाध्य पार्छ । अर्थात् पुरुषमा धेरै महिलासँग यौन अनुभव बटुल्ने चाहना हुन्छ तर बिचरा आफ्नो जैविक कमजोरीका कारण कुनैपनि महिलालाई यथेष्ट सन्तुष्टि दिन सक्दैनन् ।

प्रकाशित मिति: Saturday, September 24, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses