सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु

सरीरमा पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् ।

त्यसैले सरीर स्वस्थ राख्न पर्याप्त पानी पिउनुपर्ने हुन्छ । शुद्ध पानी पिउनु सरीरमा पानीको आपूर्ति सन्तुलित गराउने मुख्य उपाय हो । यसका साथै केही त्यस्ता फलफूल तथा तरकारीका परिकारहरु छन् जसले सरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छन् ।

सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न छन् :-

गोलभेँडाः गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।

गाजर: गाजरमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने समस्या रहँदैन ।

मूला: मूलामा अत्यधिक पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।

काँक्रो: काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।

आरु: यो फलमा भिटामिन ए, सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ । यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।

सुन्तला: सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।

भुइँकटहर: यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ ।

खरभुजा, तरभुजा: यो गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि पाइन्छ ।

स्ट्रबेरी: यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ ।

प्रकाशित मिति: Monday, March 04, 2013

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses