थोरै सुते के हुन्छ?

पर्याप्त समयसम्म नसुत्ने मानिसमा विभिन्न रोगव्याधी तथा स्वास्थ्य समस्याको जोखिम बढ्ने बेलायती शोधकर्ताहरुको पछिल्लो अध्ययनले देखाएको छ । निद्रा बिथोलिनु वा खराब सुताइले सरीरको आन्तरिक प्रणालीमा असर पूराउने शोधकर्ताहरुको भनाइ छ ।

निद्राको समय घटाउँदा वा पर्याप्त समयसम्म नसुत्दा त्यसको असर सरीरका जिन वा वंशाणुसम्म पर्ने र त्यसको प्रभाव दूरगामी हुने बताइएको छ । एक हप्तासम्म दिनमा ६ घण्टा भन्दा कम समयसम्म सुतेमा त्यसले सयौँ जिनमा असर पार्ने विज्ञहरु बताउँछन् । पिएनएस जर्नलमा छापिएको खबर अनुसार अपर्याप्त निद्राले स्वास्थ्यमा हानिकारक असर पार्छ । 

अपर्याप्त निद्राका कारण मुटुरोग, मधुमेह, मोटोपन तथा मस्तिष्कको काममा समेत असर पर्ने शोधकर्ताहरु बताउँछन् ।

सुरे विश्वविद्यालयका शोधकर्ताहरुले यो कुरा प्रमाणित गर्न दिनमा १० घण्टा सुत्ने ७० जना मानिसहरुलाई एक हप्तासम्म दैनिक केवल ६ घण्टासम्म सुत्न लगाएर उनीहरुको रगत परीक्षण गरेका थिए । त्यसक्रममा दैनिक सुत्ने अवधि ४ घण्टाले घटाउँदा एक हप्ताभित्रमा त्यसको असर सरीरका विभिन्न ७ सय प्रकारका जिनमा असर परेको देखिएको थियो । 

सरीरको आन्तरिक प्रणाली सन्तुलित हुन पर्याप्त निद्रा तथा आराम आवश्यक पर्ने भन्दै शोधकर्ताहरुले पर्याप्त निद्रा नपर्दा वा आराम नपुग्दा त्यसमा असर पर्ने बताए । 

कम निद्राले विभिन्न खालका शारीरिक स्वास्थ्य समस्याका साथै मानसिक र सामाजिक समस्या पनि उत्पन्न गराउने विज्ञहरु बताउँछन् । पर्याप्त निद्राको कमी हुँदा स्मरण शक्ति घट्ने तथा अन्य रोग निको हुने दरमा पनि कमी आउने बताइएको छ ।

प्रकाशित मिति: Saturday, March 02, 2013

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses