• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

चर्चित सर्च इन्जिन गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु राखेका छन ।

गुगल स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिनेछ । 

गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित दक्षिण अफ्रिकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको छ । यस्कालागि यहा किल्क गर्नुस् ।
सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ ।

गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।

गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’

कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् ।

गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन गर्न खोजिएको बताएका छन । Online
सुन्दर खोटाङ ! 
समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवपस्थित छ ।  क्षेत्रफलको हिसावले  १ हजार ५ सय ५१ वर्ग किलोमिटर फैलिएको छ । करिब २ लाख ५० हजार विविध जातजातीको फूलबारी हो खोटाङ ।
तीन वटा यरपोर्ट रहेको खोटाङ आइपुग्न काठमाण्डौबाट आधा घण्टा र विराटनगरबाट २५ मिनेट हवाइमार्ग पार गरेपछि आइपुगिन्छ ।
त्यसतै धनकुटाबाट लेगुवाघाट–भोजपुर–चखेवा हुदै मोटर चढेर खोटाङ छिरिन्छ । त्यसबाहेक सोलुबाट सिलौरिघाट–ऐसेलुखर्क, उदयपुरबाट बुवाजोरघाट–धाप्लाङघाट–रसुवाघाट–भण्डारेघाट, ओखलढुङ्गाबाट रम्भुवा–जयरामघाट र भोजपुरबाट चखेवाभञ्ज्याङ–पान्धारे–छागेमूलडाँडा लगायतका विभिन्न नाकाहरु पार गर्दै खोटाङ आइपुगिन्छ ।
बाँकि अंश भिडियोबाट .......



विनोद चौधरी र उनको परिवारको सम्पत्ति ८८ अर्ब (एक अर्ब डलर) रुपैयाँ बराबर पुगेको छ । विश्वभरका अर्बपतिको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सको सूचीमा चौधरीको नाम समावेश भएको छ । फोर्ब्सको अर्बपति सूचीमा पर्ने उनी पहिलो नेपाली हुन् । विश्वका १४ सय २६ अर्बपतिको सूचीमा चौधरी १३ सय ४२ औं स्थानमा परेका छन् ।

फोब्र्सले ५७ वर्षका चौधरीलाई नेपालको पहिलो अर्बपति भन्दै मुलुकभित्र भन्दा बाहिर बढी सम्पत्ति रहेको उल्लेख गरेको छ । पत्रिका सूचीमा पर्न सफल भयौं, यो ज्यादै खुसीको कुरा हो,' चौधरीले भनेका छन्, 'मुलुककै लागि पनि गर्व हो । नेपाल अब सगरमाथा, गौतम बुद्धको देशमात्र हैन, कर्पोरेट जगत्मा पनि चिनिने छ ।'  यसअघि सन् २००८ मा फोब्र्सले नै ५० करोड डलरका मालिक भन्दै उनको फिचर छापेको थियो ।
सरीरमा पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् ।

त्यसैले सरीर स्वस्थ राख्न पर्याप्त पानी पिउनुपर्ने हुन्छ । शुद्ध पानी पिउनु सरीरमा पानीको आपूर्ति सन्तुलित गराउने मुख्य उपाय हो । यसका साथै केही त्यस्ता फलफूल तथा तरकारीका परिकारहरु छन् जसले सरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छन् ।

सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न छन् :-

गोलभेँडाः गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।

गाजर: गाजरमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने समस्या रहँदैन ।

मूला: मूलामा अत्यधिक पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।

काँक्रो: काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।

आरु: यो फलमा भिटामिन ए, सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ । यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।

सुन्तला: सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।

भुइँकटहर: यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ ।

खरभुजा, तरभुजा: यो गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि पाइन्छ ।

स्ट्रबेरी: यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ ।

वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।

फ्रान्सेली वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।


बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ । गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।

तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।

नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्टिय महाधिवेशन आगामी २०७० साल बैशाख २८, २९ र ३० गते चितवनमा गरिने भएको छ ।


आइतबार सम्पन्न संघीय परिषद् सचिवालय वैठकले सो निर्णय गरेको जानकारी बिज्ञप्ति मार्फत अध्यक्ष राजकुमार लेखीले गराएका हुन् । बिज्ञप्तिमा महासंघ स्थापनाको दुई दशकको अवधीमा विगतका सातवटै महाधिवेशन काठमाडौं उपत्यकामा भएकाले पहिलो पटक उपत्यका बाहिर महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख छ ।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा र बन्द सत्र सौराहामा गर्ने निर्णय पनि संघीय परिषद् सचिवालयले पनि जनाइएको छ । उद्घाटन सत्रमा एकलाखजना भन्दा धेरै मानिसको उपस्थिति रहनेछ महासंघले जनाएको छ । नेपाली आदिवासी जनजातिको छाता संगठनको रुपमा रहेको महासंघको ७१ वटा जिल्लाका जिल्ला समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदाय, १४ वटा बिदेश शाखा, ७ वटा सम्बन्धन संस्था रहेका छन् ।
पर्याप्त समयसम्म नसुत्ने मानिसमा विभिन्न रोगव्याधी तथा स्वास्थ्य समस्याको जोखिम बढ्ने बेलायती शोधकर्ताहरुको पछिल्लो अध्ययनले देखाएको छ । निद्रा बिथोलिनु वा खराब सुताइले सरीरको आन्तरिक प्रणालीमा असर पूराउने शोधकर्ताहरुको भनाइ छ ।

निद्राको समय घटाउँदा वा पर्याप्त समयसम्म नसुत्दा त्यसको असर सरीरका जिन वा वंशाणुसम्म पर्ने र त्यसको प्रभाव दूरगामी हुने बताइएको छ । एक हप्तासम्म दिनमा ६ घण्टा भन्दा कम समयसम्म सुतेमा त्यसले सयौँ जिनमा असर पार्ने विज्ञहरु बताउँछन् । पिएनएस जर्नलमा छापिएको खबर अनुसार अपर्याप्त निद्राले स्वास्थ्यमा हानिकारक असर पार्छ । 

अपर्याप्त निद्राका कारण मुटुरोग, मधुमेह, मोटोपन तथा मस्तिष्कको काममा समेत असर पर्ने शोधकर्ताहरु बताउँछन् ।

सुरे विश्वविद्यालयका शोधकर्ताहरुले यो कुरा प्रमाणित गर्न दिनमा १० घण्टा सुत्ने ७० जना मानिसहरुलाई एक हप्तासम्म दैनिक केवल ६ घण्टासम्म सुत्न लगाएर उनीहरुको रगत परीक्षण गरेका थिए । त्यसक्रममा दैनिक सुत्ने अवधि ४ घण्टाले घटाउँदा एक हप्ताभित्रमा त्यसको असर सरीरका विभिन्न ७ सय प्रकारका जिनमा असर परेको देखिएको थियो । 

सरीरको आन्तरिक प्रणाली सन्तुलित हुन पर्याप्त निद्रा तथा आराम आवश्यक पर्ने भन्दै शोधकर्ताहरुले पर्याप्त निद्रा नपर्दा वा आराम नपुग्दा त्यसमा असर पर्ने बताए । 

कम निद्राले विभिन्न खालका शारीरिक स्वास्थ्य समस्याका साथै मानसिक र सामाजिक समस्या पनि उत्पन्न गराउने विज्ञहरु बताउँछन् । पर्याप्त निद्राको कमी हुँदा स्मरण शक्ति घट्ने तथा अन्य रोग निको हुने दरमा पनि कमी आउने बताइएको छ ।
प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ ।

लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् ।


‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार आफूलाई एडजस्ट गर्छ ।

सिस्टम मानिसको बस्तुसँग सम्बाद स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले जनाएको छ ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ▼  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ▼  March (9)
      • पारदर्शी कम्प्युटर, जसले तपाईसंग कुरा गर्छ
      • थोरै सुते के हुन्छ?
      • आदिवासी जनजाति महासंघको आठौं राष्टिय महाधिवेशन बैश...
      • बच्चाले जन्मिनु तिन महिना अघिनै आवाज सुनेर चिन्नसक्ने
      • सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकार...
      • फोर्ब्सको विश्वभरका अर्बपतिको सूचीमा चौधरीको नाम
      • नमस्ते खोटाङ बृतचित्र
      • गुगलको बोल्ने जुत्ता
      • गुगल म्यापमा विश्वका अग्ला शिखरका दृष्यहरु
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |