आज सेप्टेम्बर २९ तारिख, विश्व मुटु दिवस । एउटा विश्व, एउटा घर र एउटा मुटु भन्ने नाराका साथ विविध कार्यक्रम गर्दै विश्वभर मनाइँदैछ ।
दिवसको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा विशेष ककार्यक्रम गरिएको छ ।
विश्वव्यापी रुपमा भइरहेको औद्योगीकरण, मानिसको जिवनशैलीमा भएको परिवर्तनबाट मुटुरोगीको संख्या पनि बढ्दै गएको छ । मुटुरोग प्राणघातक रोग भए पनि ८० प्रतिशत मुटुरोग नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
विश्व मुटु महासंघका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड ८० लाख मानिसको मृत्यु मुटुसम्बन्धि रोगले हुने गरेको छ र यो संख्या बढ्दै गएको छ । मृत्यु हुनेमा विकासोन्मुख र गरिब देशका ८० प्रतिशत छन् ।
विश्व स्वास्थ्य संगठनले नियन्त्रणका लागि प्रभावकारी कदम नअपनाइए सन् २०२० सम्ममा विकासोन्मुख देशमा यसले महामारीको रुप लिने चेतावनी दिएको छ ।
नेपालमा पनि मुटुरोगीको संख्या दैनिकजसो बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । नेपालमा १५ प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको मुटु रोग लागेको तथ्यांक छ । २५ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको तथा ९४ प्रतिशत नेपालीको रक्तचाप अनियन्त्रित रहेको तथ्यांकहरुले देखाएका छन् ।
नियमित व्यायाम गर्ने, धुमपान नगर्ने, उपयुक्त आहार, सकारात्मक सोच राख्ने गरे मुटुरोग नलाग्ने चिकित्सकको सुझाव छ ।
सुन्दर छालाको रहर कसलाई पो नहोला रु अझ महिलालाई त आफ्नो अनुहार र शरीरलाई आकर्षक र सुन्दर राख्न बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन त्यही रहर पूर्तिको उत्तम विकल्प हुँदै आएको देखिन्छ । तर रहर गर्दैमा र कृत्रिम उपायले मात्रै हुने भए सबैका अनुहारमा चमक हुने थियो । कतिपयलाई अनुहारमा कालो पोतो आएर ठूलो तनाव दिने गर्छ । विशेषगरी महिलालाई नै आउने कालो पोतोले उनीहरूको आत्मविश्वासलाई समेत प्रभावित गरिरहेको हुन्छ । कालो पोतोका कारण अनुहारमा खैरो वा कालो दाग बस्ने गर्छ । कालोपोतो दुवै गालाबाट सुरु भएर बटरफ्लाईको आकारमा वृद्घ हुँदै जान्छ ।
कहिलेकाहीं यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखा वरिपरि वा अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ ।

कसै कसैलाई भने डन्डिफोरसँगै कालो पोतो देखिने समस्या समेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउ घोटेर लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालो पोतोको समस्याबाट मुक्ति पाइने डा। पराजुली बताउँछन् । रक्तअल्पता, हर्मोनको असन्तुलन, गालाबाट बढी पसिना आउनु, गर्भावस्था, अन्य औषधिको साइड इफेक्ट, प्रदूषण आदिका कारणले पनि हुन सक्ने कालो पोतोका बारेमा आयुर्वेद क्याम्पसका डा। रामआधार यादव भन्छन्, 'महिलालाई इन्ड्रोक्राइनल डिजअर्डर, हाइपोथाइराइडिज्म आदिले समेत कालो पोतोको समस्या देखिन सक्छ । यसमा हामी बिरामीको रोगसँगै कालो पोतोको स्थानीय उपचार पनि गछौर् ।' कुनै खास कारण नभएर देखिने कालो पोतोमा भने घरेलु उपचार पर्याप्त हुने जनाउँदै डा। रामआधार भन्छन्, 'घरमै मुसुरो दालको पिठो एक चम्चा, काँक्रो (खिरा० को लेदो, घ्यूकुमारी ९एलोबेरा० को रसमा बेसार, रक्तचन्दन, श्वेतचन्दनको धुलो हालेपछि बन्ने सम्मिश्रणमा जायफलको धुलो, केही मात्रामा कपुर, कुंमकुंम समेत मिलाएर बनाइएको पेस्टबाट उपचार गर्न सकिन्छ ।' 'यो पेस्ट दिनहँ' बनाएर अनुहारमा लगाउनुपर्छ । एक पटक पेस्ट लगाएपछि एकरदुई घन्टापछि मात्रै मन तातो पानीले मुख धुनोस्,' डा। रामआधार भन्छन्, 'आयुर्वेदमा यसलाई लेप भनिन्छ, लेप सुख्खा नभएसम्म धुनु हुँदैन ।' यसपछि भने अनुहारमा कुमकुमादि तेल लगाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार यो उपचार न्यूनतम एकदेखि डेढ महिना गरेपछि निको हुन्छ ।
कालो पोतो उपचारका लागि आयुर्वेद विज्ञानमा विभिन्न उपायको वर्णन गरिएको छ । बेसार, मन्जिष्ठा, सेतो चन्दन, खदिर, देवदारु, दारु हरिद्रा सबैलाई बराबर मात्रामा लिई चूर्ण बनाएर कागतीको रस, दही वा गुलाबजलसँग मिसाएर पेस्ट बनाएपछि अनुहारमा लगाउनाले समेत फाइदा पुग्ने डा।रामदेव यादव बताउँछन् । यो पेस्ट अनुहारमा लगाएको एक घन्टापछि धुनुपर्छ भने यो उपचार प्रक्रिया एकरडेढ महिनासम्म नियमित जारी राख्नुपर्ने उनी बताउँछन् । उपचार प्रक्रिया गरिरहेका बेला अनुहारमा चिल्लो पदार्थको कम उपयोग गर्नुपर्छ । कालो पोतो आएको अनुहारको भागमा लेप लगाउनुबाहेक कुटकी, मन्जिष्ठा, गुरुजो, चिराइतो, खदिर, दारु हरिद्रालाई बराबर मात्रामा मिलाएर चूर्ण बनाई एकरएक चम्चा बिहान(बेलुका खानाअघि मन तातो पानीसँग खाँदा समेत रगत शुद्घ भएर कालो पोतो निको हुने डा।रामदेव बताउँछन् । उनी बढी सामान नपाइए चन्दन, बेसार, मन्जिष्ठा र खदिरको धुलो बनाएर यसलाई गुलाब जलसँग मिसाएर कालो पोतो भएको ठाउँमा उपयोग गर्दा समेत निको हुने बताउँछन् ।
भित्रबाट स्वस्थ मान्छे जसको पेट सफा छ, पाचनप्रणाली ठीक छ भने उसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक देखिन्छ । यसले अनुहारको कालो पोतो, डन्डिफोर, एक्ने जस्ता समस्या पनि निर्मूल हुन्छ । पेटको व्यायाम, प्राणयाम, कपालभाती, अनुलोमविलोम गर्नाले सन्चो हुनुको साथै यसबाट अनुहारको चमक समेत बढ्छ । Ekantipur
सरकारले एकसय ३० रेडियोलाई सञ्चालनका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्षमा थप रेडियो सञ्चालनका लागि १ सय ३० रेडियोलाई सञ्चालन सिफारिस गरिएको हो । दुर्गम तथा रेडियोको संख्या कम भएका जिल्लामा एफएम सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयको प्राविधिक टोलीले रेडियो सञ्चालन गर्न सिफारिस गरेको हो ।