अपडेट
    बिनायो (भिडियो)

    बिनायो एक किसिमको नेपाली बाजा हो जो छिप्पिएको मालिङ्गोबाट बनाइन्छ। बाँसको सानो - लगभग छ ईन्चको भाटाको बिचमा खोपेर जिब्रो निकालि दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाएको हुन्छ । यसरी बनाएको बिनायोलाई जिब्राको अगाडि पट्टीको लामो डोरीलाई झड्कारेर बजाईन्छ ।

    यसरी बजाउँदा विभिन्न भाका निकाल्नलाई बिनायोलाई मुखको दुबै ओठमा राखी भित्रवाट हावाको धक्काद्धारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ ।

    यो बाजा किराँत राई महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोकिन्छ । यसरी बोकेको बिनायोलाई मेलापात वा हाटबजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुई जिब्रो भएको बनाउन छाडिएको छ ।

    विनायो बाजाको अावाज

    प्रकाशितः फागुन १३,२०७० 

    प्रकाशित मिति: Tuesday, February 25, 2014

    यसमा तपाईको प्रतिक्रिया

    0 comments

    Write Down Your Responses