अब मान्छेले देख्ने सपना पनि पढ्न सकिने भो

अब मान्छेले देख्ने सपना पनि पढ्न सकिने भएको छ । उठ्दावित्तिकै धेरैले भुल्ने सपना अब जापानी वैज्ञानिकहरुले पढ्न सकिने बनाएका हुन् ।

जापनी वैज्ञानिकहरुले भनेका छन् की उनीहरुले मानिसले देख्ने सपना पढ्न सकिने तरिका पत्ता लगाएका छन् । एम आर आइ स्क्यानरको सहायताले मान्छेको अवचेतन मनका गोप्य विषयहरुको जानकारी लिन सकिने वैज्ञानिकहरुले भनेका छन् ।
विश्वको पहिलो डिकोडिङ नाम दिइएको यो प्रविधिको सहायताले सपनाको अध्ययन गर्न सम्भव भएको वैज्ञानिकहरुको दाबी  छ ।

साइन्स जर्नलमा छापिएको समाचार अनुसार क्योटोमा रहेको एटिआर कम्प्युटेसनल न्युरोसाइन्स प्रयोगशालाका वैज्ञानिकहरुले म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् एमआरआइ स्क्यानको माध्यमबाट सुतेको बेला मस्तिष्कको कुन भाग सक्रिय हुन्छ भन्ने कुरा पत्ता लगाउन सफल भए । त्यसपछि उनीहरुले त्यो सुत्नेवालालाई जगाए र सुतेको बेला कुन सपना देखेको ? भनेर सोधे । यो प्रक्रिया २ सय पटक दोहोराइयो ।

यसरी सुत्ने र सपना देख्नेले दिएको उत्तर एम आर आइ बाट प्राप्त मस्तिष्कको चित्रसँग दाँजियो । त्यसपछि तुलनात्मक डाटावेस तयार पारियो ।

यस्तो तुलनात्मक अध्ययनबाट उक्त मान्छेले देख्ने सपनाको बारेमा ७० प्रतिशत सम्म अनुमान ठीक देखियो । यसक्रममा विभिन्न मान्छे, शव्द तथा किताबको बारेमा देखेका सपनाको अनुमान गर्दै ती सपना देख्ने मान्छेलाई सोधिएको थियो । यो सँगै वैज्ञानिकहरुले गन्ध, रंग तथा संवेग लगायतका विषयका सपनाको पनि दिमागी चित्रद्धारा अध्ययन गर्न सकिने विषयको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति: Monday, April 08, 2013

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses