हेल्मेटजस्तो कम्प्युटर


एक पटक कल्पना गर्नुस् त, यस्तो एउटा एक कम्प्युटर, जो तपाईको टेवलमा डिब्बा आकारमा ठडिने छैन, त्यहाँ माउस र किबोर्ड पनि हुने छैन । मोटरसाइकलको हेल्मेटजस्तै तपाईको टाउकोमा बाध्न सकिन्छ र आबाजकै भरमा चलाउन सकिन्छ ।

यो कुनै कल्पना हैन, बास्तविकता हो । यस्तो कम्प्युटर आगामी बर्ष बजारमै आउने भएको छ । यसको नाम एचसी १ हो र यसलाई मोटोरोला सोलुसनले बनाएको हो । यो मोटोरोला मोबिलिटी नामको कम्पनीबाट अलग छ र यसलाई गुगलले केही समय अघिमात्र किनेको छ ।
हेर्दा यो कम्प्युटर ठूलो आकारको टेलिफोन हेडसेट जस्तै लाग्छ । झट्ट हेर्दा साइकल हेलमेट र ग्यास मास्क जस्तै देखिन्छ । यसलाई तपाई आफ्नो टाउकोमा बाध्न सक्नु हुनेछ र कम्प्युटर धातुको एक डिब्बामा हुन्छ र जसलाई तपाईको टाउकोमा घेरेर राख्न मिल्छ ।
आवाज सुनेरै काम तमाम
यस्तो अनौठो कम्प्युटरको अनुहार अगाडी एक सानो स्क्रीन हुन्छ । हेर्नलाई टाउको भने केही झुकाउनुपर्छ । तपाईले आदेश दिएपछि यसमा भनेको फाइल खुल्छ । इमेल चेक गर्नुस या अगाडी रहेको बस्तुलाई जुम गरेर नजिकबाट हेर्न सकिने छ ।
यस्तो कम्प्युटर एकै समयमा धेरै काम गर्नका लागि निर्माण गरिएको उत्पादकले बताएको छ । मोटोरोलाका अनुसार कम्प्युटर हेडसेट ३ देखि ४ हजार डलरसम्ममा पाइन्छ । यो उपकरणले ठूलो बजार लिनेमा भने शंका छ । Online

प्रकाशित मिति: Sunday, November 18, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses