मोटोपनले सताइरहेको छ ?


यदि तपाइँलाई मोटोपन घटाउनुछ भने अब कडा व्यायाम गर्नु वा डाइटिङ गर्नु नै आवश्यक छैन । तपाइँ कापी र कलमको सहायताले आफ्नो वजन घटाउन सक्नुहुन्छ ।

सुन्दा आश्चर्य लाग्नसक्छ र पत्यार पनि नलाग्न सक्छ । तर यो सत्य हो की महिलाले कापी र कलमको सहायताले आफ्नो मोटोपन घटाउन सक्छन् ।

क्यानडाको वाटर लू विश्वविद्यालयका विज्ञहरुले गरेको अध्ययनले मोटोपनका कारण पीडित बनेका महिलाले यदि नियमित रुपमा लेख्ने बानी गरेमा मोटोपन घट्छ । आफ्ना जिवनका विभिन्न भोगाइ र महत्वपूर्ण क्षणहरुको बारेमा लेख्ने महिलाको तौल सन्तुलित हुने अध्ययनको निष्कर्ष छ ।

साइकोलोजिकल साइन्स जर्नलमा प्रकाशित भएको यो अध्ययन प्रतिवेदन तयारीका क्रममा अनुसन्धानकर्ताहरुले ४५ जना मोटी महिलाहरुमा अध्ययन गरेका थिए । अध्ययनमा संलग्न गराइएका ती महिलाहरुलाई आफ्ना जिन्दगीका विशेष क्षण तथा विभिन्न महत्वपूर्ण भोगाइको बारेमा नियमित लेख्न लगाइएको थियो । केही हप्ता ती महिलाहरुलाई नियमित रुपमा जिन्दगीका महत्वपूर्ण पलहरुको बारेमा लेख्न लगाएपछि उनीहरुको तौल लिइयो । त्यसक्रममा ती महिलाहरुको तौल लेख्न थाल्नु अघिको भन्दा औषतमा झण्डै साढे ३ पाउण्ड कप पाइयो ।

यसरी आफ्ना महत्वपूर्ण क्षणहरुको बारेमा सम्झेर लेख्दा उनीहरुमा मानसिक उत्तेजना वा कसरत हुने र मानसिक कसरत सारिरिक भन्दा प्रभावकारी हुने विज्ञहरुको ठहर छ । महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको हकमा पनि लागु हुनसक्ने विज्ञहरु बताउँछन् । त्यसैले साथीहरु तपाइँलाई मोटोपनले सताइरहेको छ र व्यायाम गर्न पनि मन छैन भने अब घरमै बसेर धुरन्धर लेखपढ गर्न थाल्नुभयो भने पनि मोटोपनाबाट मुक्ति पाइने रहेछ । यदि पत्यार लागेमा नियमित पढ्न लेख्न थाल्नु हुनेछ, म त तेसै गर्न थालेकोछु ।

प्रकाशित मिति: Thursday, January 12, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses