• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
  • सुस्मिता बस्नेत (नर्स) 
रिमा गर्भवती हुँदाको कुरा हो। उनको पेटमा तीन महिनाको गर्भ थियो। पेशाले उनी नर्स हुन्। एक महिनादेखि टिचिङ अस्पतालको आई.सि. यू मा कार्यरत थिइन्। 

आई.सि. यू बेड न:९ मा ब्रेन हेमरेज भएको बिरामी भर्खरै मात्र अप्रेसन थिएटरबाट रिसिव गरिएको थियो। झन्डै ८० के.जी जतिको देखिने ती .  बिरामीको अवस्था नाजुक थियो। बिरामीलाई भेन्टिलेटरबाट श्वास फेराई राखिएको थियो भने ब्लड प्रेसर कम भएकाले प्रेसर बढाउने औषधि, रगत र स्लाइन पनि संगसंगै दिई राखिएको थियो। सबैजना मिलेर बिरामीलाई अप्रेसन ट्रलीबाट उचालेर आई.सि. यू बेडमा सारियो।

बिरामीलाई स्टेबल गरिसके पछि रिमा र मैले बिरामीको डाडमा घाउ नहोस् भनेर ओल्टाई कोल्टआइ तेल लगाईदियौं। रिमा बिरामीको कुरूवालाई भर्ना सम्बन्धी जानकारी दिदै थिइन्,म चाहिँ औषधिको लिस्ट तयार पार्दै  थिएँ।

यतिकैमा बेडकै छेउ मा राखिएको मनिटरले बिरामीको मुटुको चालको गति शून्य देखाएपछि रिमा हत्त न पत्त बेडमाथि चढेर बिरामीको छाती थिच्न लागिन्। झन्डै १५ मिनेट जति छाती थिचेर औषधि दिएपछि बिरामीको मुटुको धड्कन पून : चल्न थाल्यो। यतिकैमा मेरो छेउमै उभिएकी रिमाले मलाई कोट्याउदै रिंगटा लाग्यो मात्र के भनेकि थिइन् लगत्तै भुइमा लडिन्।

बल्ल तल्ल रिमालाई उठाएर कुर्सीमा राख्यौ। भेइन खोलेर सलाइन दिएको केहि बेरपछि  उनको होस आयो। ‘ब्लिडिङ भए जस्तो छ,’ उनले भनिन्। रिमाको कम्प्लिट अबोर्सन अर्थात् गर्भ तुहिएछ। स्त्रि रोग बिशेष़ज्ञ डाक्टरले जाँचिसके पछि रिमालाई कम्तिमा एक महिनाको लागि पूर्ण रेष्ट गर्न भन्नुभयो।

रिमाले एक महिनाको बिदा फारम भरेर इन्चार्ज दिदिलाई बुझाइन्। फारम देख्ने बित्तिकै दिदीले अलि कड्कदै भन्नुभयो,’ तिमीलाई थाहा थिएन र आई.सि.यू मा धेरै काम हुन्छ, मोटो मोटो बिरामी उचाल्ने सार्ने गर्नुपर्छ भनेर? फेरि गर्भवती हुँदाहुँदै किन आई.सि.यू आएकी? अहिले त्यसै त यहाँ स्टाफ कम छन्, म तिमीलाई यति लामो बिदा दिन सक्दिनँ। ‘रिमाले आँखा भरि आँसु बनाउदै भनिन्, ‘दिदि आई.सि. यू मा स्टाफ कम छन् भनेर सुपरभाईजरले मलाई यहाँ पठाउनु भएको। मैले त गर्भवती छु भनेर पनि भनेकी थिएँ।’

अबोर्सन हुने नर्समा रिमा पहिली थिइनन्। उनीभन्दा अघि अरू तीनजना साथीहरूको अबोर्सन भएको थियो। दुई जनाको डाडको हड्डी खिएको थियो त एक जनाको खुट्टाको नसामा रगत जमेकाले औषधि खाईरहनु परेको थियो। गर्भवती महिलाले फस्ट र सेकेन्ड ट्रिमेस्टरमा आफ्नो शरीरको विशेष़ ध्यान पुर्‍याउनुपर्छ। गर्हौ भारि बोक्ने, गह्रौ समान उचाल्ने जस्ता कामहरु गर्न हुँदैन।

अस्पतालहरुमा बिरामीको चाप र नर्सको अनुपातमा ठूलो अन्तर छ। स्वदेशमा काम नपाएर नर्सहरू बिदेसिएको सुनिन्छ भने अस्पतालहरू सकेसम्म कम जनशक्तिको प्रयोग गरेर मुनाफा कमाउन सिपालु देखिन्छन्। नर्सले गर्भवती हुँदा जम्मा एक महिनाको बिदा पाऊछिन् भने २ महिनाको सुत्केरी बिदा। यो त सरकारी अस्पतालको कुरा भयो प्राइभेट अस्पतालहरुको त कुरै छाडौ।

कामको भार त छँदै  छ तोकिएको समयभन्दा बढी समय बिदा बसेमा जागिर च्वाट्। बच्चा जन्मिएपछि ६ महिनासम्म आमाको मात्र दुध खुवाउनु पर्छ भनेर सिकाउने नर्सहरू आफूचाँही २ महिनाबाटै ल्याक्टोजेन खुवाउन बाध्य छन्।

सात दिनको बिदा सकेर रिमा काममा फर्किन्। अबोर्सन भएको एकमहिना बित्दा पनि उनी कम्जोर देखिन्थिन् र ज्यादै मलिन पनि। उनलाई त डिप्रेसन भएछ। यो कुरा थाहा पाएर कार्य क्षमतामा आँच आउन सक्ने भनेर नर्सिङ प्रसाशनले रिमालाई राजीनामा दिन लगायो।

आउने फेब्रुअरीमा रिमा र उनको श्रीमान् अस्ट्रेलिया उड्दै छन् भन्ने थाहा पाएर म उनलाई भेट्न गएँ। रिमाले रूदै भनिन्,‘विदेश नगएर के गर्नु? मेरो पेशाले नै मेरो बच्चाको ज्यान लियो। अब जन्मने सन्तानलाई जानी जानी मृत्युको मुखमा धकेल्न चाहन्न।’

मसँग उनलाई सम्झाउन सक्ने कुनै शब्द थिएन।

हिजै मात्र स्काइपमा मेरो र रिमा को कुरा भएको थियो। उनको पेटमा त फेरि पनि ९ महिनाको गर्भ बसिसकेको रहेछ। उनी स्वस्थ र खुसी देखिन्थिन्। कुरा गर्ने क्रममा उनले भनिन्,’हेर् सुस्मिता,  मैले बिदेशमा आएर नर्सिङ पेसाको महत्व र गरिमालाई बुझेँ। यहाँ त नर्सहरुलाई आम मानिसहरुले एन्जलको रुपमा हेर्दा रहेछन्। अस्पतालहरूले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य, सुरक्षा र जव स्याटिस्फ्याक्सनलाई  प्राथमिकतामा राखेको हुँदो रहेछ।

गर्भवती महिलालाई त अझ धेरै सुविधा हुन्छ। सबैले माया गर्छन् र सम्मान् पनि त्यतिकै। बच्चालाई दुध खुवाउन भनेर सबै जसो अस्पतालमा फिडिङ रूमको व्यवस्था गरिएको हुन्छ। अब त मैले त्यागिसकेको पेशालाई पनि फेरि अंगाल्ने निर्णय गरेकी छु। यतिमात्र होइन म त मेरो गर्भमा भएकी छोरीलाई पनि नर्स नै बन्न प्रेरित गर्नेछु।’

टिट… टिट… फोन काटिएछ। बिजुली गयो, वाइफाइ पनि गयो । मैले रिमालाई  भन्न चाहेका कुराहरु सम्झिए,‘तिमि फेरि नर्स बन्न चाहेको कुरा सुनेर म धेरै खुसी भए। तर तिमीले अब नेपाल फर्कनु पर्छ। यहाँको रोगी बिरामीलाई तिम्रो खाँचो छ। बिदेसमा सिकेका कुराहरुलाई तिमी, म र हामी जस्ता नर्सहरु मिलेर स्वदेशमा लागू गर्नुपर्छ।

परिवर्तन एक व्यक्तिबाट नै सुरु हुने हो, यो एक रातमा हुने कुरा चाहिँ होइन तर असम्भव पनि त छैन।
साभार सेतोपाटी

धेरैबेर सम्म टिभी अथवा कम्प्युटरमा व्यस्त हुँदा, मध्यपान गरेर विहानीपख ह्याङ्गोभर हुँदा अनि घरव्यवहारको चिन्ताले गर्दा धेरैजसोलाई टाउको दुख्ने समस्याले सताइरहेकै हुन्छ। तर यसरी धेरै दिनसम्म लगातार टाउको दुख्ने समस्यालाई ‘माइग्रेन’ (migraine) भनिन्छ। माइग्रेनबाट ग्रसित हुनेहरूलाई विशेष गरी आधा टाउको दुख्ने गर्दछ। कहिले दाहिने टाउको दुख्छ भने, कहिले देब्रे! कहिले अगाडिको टाउको दुख्छ भने कहिले पछाडिको!

यसरी लगातार टाउको दुख्न थालेपछि विभिन्न थरीका औषधीहरू प्रयोग गर्ने गरिन्छ। तर यसरी नियमित रूपमा पेनकिलर तथा सिटामोलको प्रयोग गर्नाले टाउको दुख्ने समस्या झन् बढी हुँदै जाने नयाँ खोजले बताएको छ।

त्यसो भए यसको समाधान के त?
१. यौन सम्पर्क
न्यूरोलोजिस्टहरूका अनुसार माइग्रेन जस्तो लगातार टाउको दुख्ने समस्यालाई नियमित रूपमा यौन सम्पर्क गर्दा धेरै राहत मिल्दछ। अनुसन्धानमा संलग्न भएका आधाभन्दा बढी माइग्रेन ग्रसितहरूले यौन सम्पर्कपछि त्यसको लक्षणमा केहि कम आएको महशुस गरेका थिए। यौन सम्पर्क गर्नाले हाम्रो शरीरमा प्राकृतिक पेनकिलर ‘इण्डोरफिन’ (Endorphins) पैदा हुने गर्दछ र मांशपेसी दुख्ने, टाउको दुख्ने जस्ता समस्यालाई कम गर्दछ।

२. महङ्गा पेनकिलरको प्रयोग नगर्ने
‘प्लस’ अथवा ‘एक्स्ट्रा’ लेखेका पेनकिलरहरूबाट टाढै रहनुहोस्। यसको प्रयोगले छिटै टाउको दुखेको निको हुन्छ भन्ने धेरै मानिसहरूको धारणा रहेको हुन्छ, तर यस्ता औषधीहरूमा क्याफिन र कोडिन जस्ता रसायनहरूको प्रयोग गरिएको हुन्छ, जसले गर्दा हाम्रो शरीरलाई चाहिने हर्मोनहरूको विकासमा वाधा पुर्याउँदछ।

३. सिधा भएर बस्नु
टाउको दुख्यो भन्दैमा कुर्सीमा बसेर निहुरो पर्नु अथवा टाउको पछाडि पारेर बस्नु उचित हुँदैन। यसरी कुर्सीमा सी-आकार (C-shape) मा बस्दा हाम्रो टाउको ठाडो हुन जान्छ र घाँटी तन्किन जान्छ। यसरी घाँटी तन्किँदा मस्तिष्कका स्नायुहरू च्याप्पिने हुन्छ र टाउको दुख्न कुनै बेर लाग्दैन। त्यसैले कुर्सीमा बस्दा दुवै खुट्टाले सिधा भुइँमा टेक्नुहोस्, पिठ्युँ र घुँडालाई सिधा राख्नुहोस्, ढाडलाई पनि सिधा बनाउनुहोस् र अगाडि हेर्नुहोस्। यस्तो पोजिसनमा बस्दा शरीरको काम गर्ने प्रक्रियामा कुनै बाधा नपुग्ने चिकित्सक सल्लाह दिने गर्दछन्।

४. खानेकुरामा ध्यान दिने
यदि तपाईँलाई टाउको दुख्ने समस्याले सताइरहन्छ भने, ह्याम राखिएका बाह्य खानेकुराहरूको सेवन नगर्नुहोस्। यसमा ‘टाइरामाइन’ (tyramine) र ‘नाइट्रेट’ (nitrate) जस्ता तत्वहरू हुन्छन्, जसले मस्तिष्कमा रगतको चाप बढाउने काम गर्दछ। मस्तिष्कमा रगतको चाप बढेपछि टाउको दुख्नु स्वाभाविक नै हुन जान्छ। साँधेको, गाढेको, पोलेको र बफाइएको खानेकुराहरूमा पनि टाइरामाइन प्रशस्तै हुने गर्दछ, त्यसैले गाढेको अचार मीठो छ भन्दैमा नखानुहोला।

५. गेडागुडी धेरै खाने
गेडागुडीमा ‘म्याग्नेसियम’ जस्ता फाइदाजनक खनिजपदार्थ धेरै मात्रामा पाइन्छ, यसले शरीरका माशंपेसीहरूलाई आराम प्रदान गर्दछ। हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा कमी भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुने हुन्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरूको धारणा रहेको छ। अनुसन्धानकर्ताहरूले खोज गरेअनुसार धेरैजसो माइग्रेन ग्रसितहरूमा म्याग्नेसियमको मात्रा कमी भएको देखिएको छ। म्याग्नेसियम प्रशस्तै पाइने अन्य खाद्यपदार्थहरूमा हरियो सागपात, गोलभेडा, आलु, जौ, फापर, आदि पनि पर्दछन्।

६. पर्फ्युमको प्रयोग
कडा बासना भएका पर्फ्युम, आफ्टरसेभ, साबुन, एयर फ्रेसनर तथा घरायसी सामान सफा गर्ने कुराहरूमा हाम्रो नाकमा भएका स्नायू कोषहरूलाई सक्रिय गराउने रसायनिक पदार्थहरू हुन्छन्। ती स्नायू कोषहरूको सिधा सम्बन्ध मस्तिष्कसँग हुने गर्दछ। कतिपय व्यक्तिहरूमा यसले गर्दा कडा टाउको दुख्ने समस्या हुन जान्छ। त्यसैले यदि फ्रेसनर प्रयोग गर्नुहुन्छ भने झ्यालबाट हावा छिर्न दिनुहोस् र रसायनबिहीन फ्रेसनरको प्रयोग गर्नुहोस्।

७. २०\२० नियमको पालना गर्ने
कार्यालयमा दिनैभरी कम्प्युटरको स्क्रीनमा हेरिराख्ने व्यक्तिहरूमा धेरैजसो टाउको दुख्ने समस्या देखापर्ने हुन्छ। त्यसको साथसाथै थकाइ लाग्ने र आँखा तिरमिराउने जस्ता शारीरिक समस्या पनि देखापर्न सक्छ। त्यसैले हरेक २० मिनेटमा कम्प्युटर स्क्रीनबाट आँखा हटाउनुहोस् र लगभग २० फिट पर २० सेकेण्डसम्म हेर्ने बानी बसाल्नुहोस्।

८. कपाललाई नकस्ने 
कपाललाई बेस्सरी कसेर बाँध्दा तालुमा भएका स्नायू कोषहरू खुम्चिने गर्छन् र टाउको दुख्ने समस्या आउन सक्छ। त्यसैले, विशेष गरी महिलाहरूमा माइग्रेनको समस्या छ भने कपाल छोडेर राख्नुहोस् अथवा हलुका मात्रै बाँध्नुहोस्।

९. प्रशस्त पानी पिउने 
पानीबिना कुन प्राणीको जीवन सम्भव छ होला र? मानिसहरूमा धेरैजसो शारीरिक समस्या तथा डरलाग्दा रोगहरूको कारण नै पानीको कमी हुनु हो। टाउको दुखिराखेको छ भने पनि १\२ गिलास सफा पानी आरामले पिउनुभयो भने पनि धेरै राहत पाउन सकिन्छ

१०. शरीरलाई प्रशस्त आराम
आफ्नो शरीरको स्वास्थ्यभन्दा महत्वपूर्ण अरू केहि पनि हुँदैन। त्यसैले प्रशस्त आराम गराउने । शरीर नै नरहे अरू के कुराको मतलब हुन्छ र? त्यसमाथि निन्द्रा भनेको त शरीरलाई नभई नहुने कुरा हो। दिनभरीको काम र व्यवहारले हामी शारीरिक तथा मानसिक दुवै तवरले थकित भइरहेका हुन्छौँ, त्यस्तो बेलामा शरीरलाई आरामदायी निन्द्राको खाँचो पर्दछ।

११. योग गर्ने
विहान उठेर विभिन्न योगका आसनहरू गर्नाले पनि टाउको दुख्ने समस्यामा कमी हुँदै जान्छ। योग गर्नाले शरीर तथा दिमागलाई आराम मिल्ने र आफ्नो दुखाइमा नियन्त्रण हुने पनि योगविदहरूको विश्वास रहेको छ।

१२. सहने बानी बसाल्ने
यदि तपाईँलाई माइग्रेन नै भएको हो भने, त्यसको दुखाईको बारेमा तपाईँलाई थाहै हुनुपर्ने! कुनै पनि पेनकिलर खाएपनि सञ्चो हुँदैन, न पानी पिएर ठीक हुन्छ, न मसाज गरेर! त्यसैले यसको सबैभन्दा उचित तर गाह्रो उपाय भएको ‘सहनु’ नै हो।
अनलाइनको साहारामा
वैज्ञानिकहरुले यस्तो प्रविधि पत्ता लगाएका छन् जसबाट मानिसको र्‍याल परीक्षण गरेर आयु पत्ता लगाउन सकिन्छ । अर्थात् अब तपाइँले आफु कति वर्षसम्म बाँच्छु भन्नका लागि आफ्नो र्‍याल परीक्षण गरे पुग्ने भएको छ ।

शोधकर्ताहरुका अनुसार र्‍यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।

यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्‍यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए । त्यसक्रममा उनीहरुले र्‍यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।

बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्‍यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।

शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिताका कारण 'एक अनार सय बिमार' भन्ने भनाइ प्रचलनमा छ।

अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ ।

अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बात रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।

अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. एफाइम लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्‍याउँछ ।

अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।

वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले फिर्‍याडिकल्सलाई बाँध्ने काम गर्छ ।

स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।

प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि 'आर्टेरियोस्क्लेरासिस' अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।
अनलाइनको साहारामा
दिमागले तपाईको शरिरलाई कसरी व्युताँउछ भन्ने विषयमा वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेका छन् ।स्वीटजरल्यान्डको युनिर्भसिटी अफ वर्नका  वैज्ञानिकहरुको एक अध्ययन टोलीले निन्द्राबाट तीब्र रुपमा व्युताउन जिम्मेवार मानिने एउटा संयन्त्रको आविश्कार गरेको दाबी गरेका छन् । उनीहरुको आविश्कारले निन्द्रा असन्तुलनको चिकित्सकीय उपचारका लागि नयाँ रणनीति र निस्कृय वा अचेत चरणहरुमा सचेतनाको रिकभरीलाई एउटा नयाँ दिशा तर्फ लैजाने विश्वास गरिएको छ ।

निन्द्रा असन्तुलनको सर्वबिबिधतालाई मनन गर्दै प्राध्यापक एन्टोनी एडाम्यान्टिडिस र उनको समूह अनुसन्धान परिणामले ल्याउने सम्भावित अर्थजनक उपलब्धीप्रति उत्साहित भएका छन् । अनुसन्धानकर्ता क्यारोलिना गुटिरेज, हेरिरा र एन्टोनीकोे समूहले भनेको छ, ‘मुसाको दिमागमा एउटा नयाँ चक्रको पहिचान भएको छ जसको सक्रियताले गहिरो निन्द्रामा सुतेको मानिसलाई सजिलै व्युताउन सकिन्छ ।’ शरिरको तापक्रम, भोक, तिर्खा लगायतलाई  नियन्त्रण गर्ने हाइपोथालामस र थालामसको बीचमा रहने यस नयाँ चक्रलाई उनीहरुले उत्तेजित बनाउदा मुसाको निन्द्रा रोकिने गथ्र्यो ।

पछिल्लो समयमा न्युरो अनुसन्धानमा प्रयोग भएका ओप्टोजेनेटिक विधि (कोषलाई नियन्त्रण गर्न प्रकाशको प्रयोग विधि) प्रयोग गरेर सो चक्रले निन्द्रा असन्तुलनका लागि एउटा नयाँ थेरापीको लक्ष्य निर्धारण गरेका थिए ।

‘निदाउने वा प्रष्ट सचेतना नितान्तै सिमित भएकोले यो एउटा उत्साहजनक आविश्कार हो,’ एडामान्टिडिसले भने । उनीहरुको अनुसन्धानले निन्द्रा असन्तुलनका बिरामीलाई थप उपचार गर्न एउटा ब्रेकथ्रु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । समूहले स्पष्ट सचेत अवस्थाहरुबाट बिरामीहरुलाई बाहिर ल्याउन एउटा उपाय सृजना गर्न सक्ने विश्वास गरिएको छ । यस अनुसन्धानको अझै अध्ययन हुन बाँकी रहेको प्राध्यापक एन्टोनी बताउछन् ।
अनलाइनको साहारामा
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |