हाडे बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका छिप्पिएका पातहरू साधारणया फुस्रा अथवा खरानी रंगका हुन्छन् । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई हाडे बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।
हाडे बदामको गुण
बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ ।
पोषणका रूपमाः हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
दिमागका लागिः दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागिः पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोतः बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।
बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार–बार बिर्सिने समस्या बाट ग्रस्त र हैरान भै रहनुभएको छ भने अपनाउनुस तल दिएका उपायहरु...
१. दालचीनीको धुलो पाउडर १० ग्राम मह ९कस्ती० मा मिलाएर चाटनुस, यसले कमजोर दिमागको राम्रो औषधी गर्छ । अदूवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर समझना शक्ति भएकाकोलागि लाभदायक हुन्छ।
३. ओखरले पनि स्मरण शक्ति बढाउनमा फाईदा गर्छ । यसको नियमित सेवन फाइदा जनक हुन्छ । २० ग्राम ओखर र साथमा १० ग्राम किशमिश पनि लिन सक्नु हुन्छ ।
४. बदाम ५ वटा बेलुका पानीमा भिजाई बिहान बोक्रा निकाली पिसेर लिदो बनाउँनु, अनि त्यसमा २ चम्चा मह पनि मिसाउनु । अब एक गिलास तातो दूध्दमा बदामको पेस्ट राखेर हलाउनुस र सेवनगर्नुस । यो मिश्रित दुध्द पिएर दुई घण्टा सम्म केहि नखानुस् ।
५. ब्राह्मी दिमागको शक्ति बढाउने प्रख्यात जडिबुटी हो। हरेक दिन यसको एक चम्चा रस पिउदा लाभदायक हुन्छ, यसको ७ वटा पात चपाएर खाँदा पनि त्यहि लाभदायक हुन्छ, ब्राह्मीमा एन्टी ऑक्सीडेंट तत्व पाईन्छ जसलेदिमागको शक्ति बढाउँन थाल्छ ।
पछिल्लो समय उच्च रक्तचापको समस्या मानिसहरुमा बढ्दो छ । यदी तपाईं पनि यस समस्याबाट पीडित हुनुहुन्छ भने निम्न उपायहरु अपनाउन सक्नुहुन्छः
१) कुद्नेः हप्तामा एक घण्टा कुद्ने हो भने पनि त्यसले मानिसको आयुलाई ६ वर्ष बढाउने विभिन्न अध्ययनहरुले दाबी गरेको छ । शोधकर्ताहरुका अनुसार कुद्नुको विभिन्न स्वास्थ्यसम्बन्धी फाइदाहरु रहेका छन् । जसमध्ये शरीरले अक्सिजन लिने मात्रा बढाउने र रक्तचाप घटाउने पनि रहेको छ । हप्तामा एक पटक एक घण्टा कुद्दा पनि यसले तपाईंको मुटुलाई दह्रो बनाउन मद्दत गर्छ जसले कम मिहिनेतमा नै यसले रक्तसञ्चार गर्न सक्छ । यसरी आर्टरीमा कम चाप पर्छ र रक्तचाप कम हुन्छ ।
२) दही खानेः दैनिकरुपमा एउटा सानो कचौरामा दही खायो भने पनि त्यसले रक्तचापको संभावनालाई एक तिहाई कम गर्छ । वैज्ञानिकहरुका अनुसार दहीमा पाउने क्याल्सियमले रक्तनलीहरुलाई केही मात्रामा फैलिन मद्दत गर्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३) केरा खानेः केराजस्तै पोटासियमको मात्रा धेरै पाइने खानेकुरा खाँदा रक्तचापका रोगीहरुलाई निकै फाइदा गर्छ । पोटासियमले शरीरको तरल पदार्थको मात्रालाई नियन्त्रण गरी रक्तचापलाई नियन्त्रण गर्छ । कम्तीमा पाँच वटा केरा खाने गर्नुहोस् ।
४) नुन कम खानेः नुनले रक्तचाप बढाउने गर्छ । यसमा घरमा तरकारीमा हाल्ने नुनभन्दा पनि प्रशोधन गरिएको नुन जस्तै तयारी खानेकुरामा बढी ध्यान दिनुपर्छ । किन भने तयारी खानेकुराबाट हामीले खाने ८० प्रतिशत नुन आउँछ ।
५) तौल घटाउनुहोस्ः विभिन्न अध्ययनले केही किलोग्राम तौल बढ्दा पनि रक्तचापमा ठूलो असर पुग्छ । धेरै तौलको अर्थ मुटुले बढी काम गर्नुपर्छ जसले रक्तचाप बढाउँछ ।
६) काम कम गर्नेः नियमितरुपमा हप्तामा ४० घण्टा वा सोभन्दा बढी काम गर्ने हो भने त्यसले हाइपरटेन्सन बढाउँछ । जुन उच्च रक्तचापको प्रमुख कारण हो ।
७) चुरोट नखानेः चुरोटमा भएको निकोटिनले हाम्रो शरीरमा भएको एड्रेनलिनको मात्रा बढाउँछ । यसले मुटुको रफ्तार बढ्छ र रक्तचाप पनि बढ्छ ।
८) घुर्नुहुन्छ भने उपचार गर्नुहोस्ः ठूलो आवाजले घुर्नु भनेको अबस्ट्रक्टिभ स्लिप एपनियाको संकेत हो । उच्च रक्तचाप हुनेमा यस्तो समस्या देखिन्छ ।
९) कफी कम खानेः कफीमा रहेको क्याफिनको मात्रा ५०० मिलिग्राम भयो भने त्यसले रक्तचापलाई ३ अंकले बढाउँछ । सकेसम्म कम कफी खाने ।
१०) सलगम खानेः दैनिक रुपमा २५० मिलिलिटर सलगमको जुस खाने हो भने यसले रक्तचापलाई ७ प्रतिशतले कम गर्छ । यसमा पाइने नाइट्रेटले प्राकृतिक रुपमा रक्तचापको नियन्त्रण गर्छ । रातोपाटी
डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । त्यसैले घरेलु उपाय तपाईको लागी फाइदाजनक हुन्छ ।
१. आलुः आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।
२. कागतीको रसः डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।
३. गोलभेंडाः गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।
४. महः एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।
५. ओलिभ आयलः ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
६. खाने सोडाः फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।
७. भिटामिनः खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।
८. चन्दन पाउडरः एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् ।
यसरी कुनैपनि तरिका अपनायमा तपाइको डन्डीफोरको दाग केही दिनमै हट्न थाल्छ । स्वास्थ्य खबरपत्रिका
सामान्यतया पायल्स रोग त्यस्तो रोग हो
जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स
रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको
झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई
रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण
जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै
चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले
पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि
यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका
कारण पायल्स हुन्छ ।
पायल्स
रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुलको रस पनि प्रशस्तै सेवन गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु
उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर
तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर
जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी
खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा
सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर
दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम
गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट
निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलेकाही
शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक
वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो
विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग
बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको
सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने ।
यस्तै, पिपलको
बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित
बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु
बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।












