• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
नेपालमा पहिलोपटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ। उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रय महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौंमा पानीबाट सर्ने लिगिनार्यस डिजिज नामक उक्त रोग दुई जनामा भेटिएको छ। उक्त रोग नेपालमा नभई विदेशमार्फत नेपाल आएका व्यक्तिबाट सरेको हुनसक्ने महाशाखाको अनुमान छ।

रोगका बारेमा थाहा पाउनका लागि पानी परीक्षण गर्नुपर्ने र परीक्षणका लागि पानी विदेश पठाउनुपर्ने भएकाले त्यसको रिपोर्ट आउन करिब एक महिना लाग्ने महाशाखाका निर्देशक चिकित्सक बाबुराम मरासिनीले जनाएका छन् । पहिलोपटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौंका विभिन्न अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफल गर्ने तयारी गरेको छ।

रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु उक्त रोगका लक्षण हुन्। यो रोगका किटानु पानीको थोपाबाट श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने चिकित्सकले बताएका छन्। समयमा रोगको उपचार नगरे कडा निमोनिया हुने निर्देशक मरासिनीले बताएका छन् ।

यो रोगबाट बच्न पानी उमालेर मात्र पिउने र अरु प्रयोजनका लागि पनि पानी उमाल्नु पर्ने चिकित्सकको सुझाव छ। एयर कन्डिसनर, पानीका फोका, नुहाउन प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ लिन प्रयोग हुने मेसिन आदिबाट रोगका किटाणु सर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। रासस

कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ ।
कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ ।

कम्पनीका संस्थापक स्टीभ जब्सले बनाएको पहिलो कम्प्युटर ‘एप्पल वान’ ३६.५ लाख डलर अर्थात लगभग ३६ करोड रुपैयाँमा बिकेको छ । स्टिभ जब्सको सुरुवाती दिनमा निर्माण भएको उक्त कम्प्युटरको लिलामी न्यूयोर्कमा आयोजित एक कार्यक्रमका बिच गरिएको थिए । अमेरिकाका एक व्यक्तिले सबैभन्दा बढि रकम करिब ३६ करोड तिरेर उक्त ऐतिहासिक कम्प्युटरलाई आफ्नो पोल्टामा पारेका छन् ।
हर्मोन आधारित गर्भ निरोधक औषधीको साइड इफेक्ट हुन थालेमा चिन्ताको विषय बन्ने गर्दछ । हुन त गर्भ निरोधक औषधीको कुनै पनि गम्भीर प्रकारको साइड इफेक्ट त हुँदैन तर यसले महिलाहरुलाई केहि न केहि असर पुर्याइरहेको हुन्छ ।

गर्भवती हुनबाट बचाउने गर्भ निरोधक औषधीको प्रयोग गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग यसको विषयमा सल्लाह गर्न नबिर्सिनुहोस् । गर्भ निरोधक औषधी थुप्रै पटक कष्टप्रद हुने गर्दछ किनभने यसले महिनावारी अनियमित बनाउनुका साथै यसको प्रयोगले महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुने गर्दछ । गर्भनिरोधक औषधीको साइड इफेक्ट निम्न प्रकारका छन्ः
१. टाउको दुखाईः यदि तपाईंले गर्भनिरोधक औषधीको सेवन गर्न सुरु गरिसक्नु भएको छ भने यसलाई लामो समससम्म नलिनुहोला । गर्भनिरोधक औषधीको सबैभन्दा सामान्य साइडइफेक्ट टाउको दुखाई हो । थुप्रै लक्षणहरु उक्त पिल्समा पाइने एस्ट्रोजनको कारणले पनि हुने गर्दछ । यदि तपाईं यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको विकल्प खोज्न सुरु गर्नुहोस् ।

२. वाकवाकीः गर्भनिरोधक औषधीलाई हर्मोनल बर्थ कन्ट्रोल मेथड मानिन्छ । महिलाहरुलाई ओभ्युलेसनलाई रोक्नका लागि यसमा एस्ट्रोजन र प्रोजेस्टरोन राखिएको हुन्छ । यस्ता पिल्समा भएको हर्मोनका कारण थुप्रै पटक महिलाहरुले दीर्घरोगको पनि सामना गर्नुपर्ने हुन्छ ।

३. असामान्य रक्तश्रावः धेरैजसो महिलाहरु जब पहिलोपटक गर्भनिरोधक औषधी खाने गर्दछन् तब उनीहरुले महिनावारीको दौरान असामान्य रक्तश्रावको सामना गर्नुपर्ने हुन्छ ।

४. स्तनमा दुखाईः जब तपाईं गर्भनिरोधक औषधी खान सुरु गर्नुहुन्छ तब तपाईंको स्तनमा पिडा हुन्छ भने ठूलो पनि हुने गर्दछ । तपाईं क्याफिन अथवा नुनको सेवन अथवा सजिलो खालको ब्रा को प्रयोग गरेर दुखाईलाई कम गर्न सक्नुहुन्छ । जो महिला लामो समयदेखि यस्ता पिल्स खाइरहेका छन्, उनीहरुले डाक्टरको परामर्श लिइरहनुपर्ने हुन्छ । यदि तपाईंको छातीमा दुखाई, उच्च रक्तचाप, स्तन क्यान्सर, सास फेर्दा समस्या, पेटमा अत्यधिक दुखाई भएमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ ।

५. यौन रुचीमा कमीः हुन त यौनसम्पर्कमा अरुची हुने कारण थुप्रै हुन्छन् तर गर्भनिरोधक औषधीमा पाइने हर्मोनले यसको सम्भावनालाई अझ बढाउने गर्दछ । यस्ता साइड इफेक्टको बारेमा पहिले नै जानकार भई यसको प्रयोगमा सावधान रहनुहोला । (एजेन्सी)
तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के–कस्ता कुराको सामना गर्नसक्नुहुन्छ ।
आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरले के अर्थ दिन्छ, हेरौ ।
A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।

  B  अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।

C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।

D यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।

E यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।

F नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।  

G यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् ।
खास गरेर बच्चाको पेटमा धेरै जुका पाइन्छ । तर कहिलेकाहिँ ठूला मानिसहरुमा पनि यस्ता जुका पर्न सक्छन् । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहाराको पोषण तत्व सबै जुकाले खान्छ । बच्चा दुब्लो पातालो र ख्याउरो देखिन्छ ।
जुकाको रोकथाम समयमै गर्न सकिएन भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदिको रोगको सिकार बन्नुपर्दछ ।

जुका पर्नुको कारण:
नङ टोक्ने बानिले गर्दा, हात नधोईकन खानेकुरा खानाले ।भुईमा झरेको खानेकुरा खानाले ।काँचो मासु खानाले ।धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।

जुका परेको कसरी थाहा पाउने:
रोगी दुब्लो पातलो हुनु ।अनुहार पहेँलो देखिनु । बारम्बार नाक र गुदद्वार चिलाउनु । रोगीको आँखामुनि कालो घेरो पर्नु ।धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।निन्द्रामा दाँत किटकिटाउनु ।ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।

नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |