अब मान्छेले देख्ने सपना पनि पढ्न सकिने भएको छ । उठ्दावित्तिकै धेरैले भुल्ने सपना अब जापानी वैज्ञानिकहरुले पढ्न सकिने बनाएका हुन् ।
जापनी वैज्ञानिकहरुले भनेका छन् की उनीहरुले मानिसले देख्ने सपना पढ्न सकिने तरिका पत्ता लगाएका छन् । एम आर आइ स्क्यानरको सहायताले मान्छेको अवचेतन मनका गोप्य विषयहरुको जानकारी लिन सकिने वैज्ञानिकहरुले भनेका छन् ।
चर्चित सर्च इन्जिन गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु राखेका छन ।
गुगल स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिनेछ ।
गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित दक्षिण अफ्रिकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको छ । यस्कालागि यहा किल्क गर्नुस् ।
सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ ।
गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।
गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’
गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’
कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् ।
गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन गर्न खोजिएको बताएका छन । Online
सुन्दर खोटाङ !
समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवपस्थित छ । क्षेत्रफलको हिसावले १ हजार ५ सय ५१ वर्ग किलोमिटर फैलिएको छ । करिब २ लाख ५० हजार विविध जातजातीको फूलबारी हो खोटाङ ।
तीन वटा यरपोर्ट रहेको खोटाङ आइपुग्न काठमाण्डौबाट आधा घण्टा र विराटनगरबाट २५ मिनेट हवाइमार्ग पार गरेपछि आइपुगिन्छ ।
त्यसतै धनकुटाबाट लेगुवाघाट–भोजपुर–चखेवा हुदै मोटर चढेर खोटाङ छिरिन्छ । त्यसबाहेक सोलुबाट सिलौरिघाट–ऐसेलुखर्क, उदयपुरबाट बुवाजोरघाट–धाप्लाङघाट–रसुवाघाट–भण्डारेघाट, ओखलढुङ्गाबाट रम्भुवा–जयरामघाट र भोजपुरबाट चखेवाभञ्ज्याङ–पान्धारे–छागेमूलडाँडा लगायतका विभिन्न नाकाहरु पार गर्दै खोटाङ आइपुगिन्छ ।
बाँकि अंश भिडियोबाट .......
विनोद चौधरी र उनको परिवारको सम्पत्ति ८८ अर्ब (एक अर्ब डलर) रुपैयाँ बराबर पुगेको छ । विश्वभरका अर्बपतिको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सको सूचीमा चौधरीको नाम समावेश भएको छ । फोर्ब्सको अर्बपति सूचीमा पर्ने उनी पहिलो नेपाली हुन् । विश्वका १४ सय २६ अर्बपतिको सूचीमा चौधरी १३ सय ४२ औं स्थानमा परेका छन् ।
फोब्र्सले ५७ वर्षका चौधरीलाई नेपालको पहिलो अर्बपति भन्दै मुलुकभित्र भन्दा बाहिर बढी सम्पत्ति रहेको उल्लेख गरेको छ । पत्रिका सूचीमा पर्न सफल भयौं, यो ज्यादै खुसीको कुरा हो,' चौधरीले भनेका छन्, 'मुलुककै लागि पनि गर्व हो । नेपाल अब सगरमाथा, गौतम बुद्धको देशमात्र हैन, कर्पोरेट जगत्मा पनि चिनिने छ ।' यसअघि सन् २००८ मा फोब्र्सले नै ५० करोड डलरका मालिक भन्दै उनको फिचर छापेको थियो ।






