• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ ।

अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ । यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका हुन् ।

यसमा सहभागीहरूको मस्तिष्कको गतिविधि 'एमआरआई' को माध्यमले परीक्षण गरियो । सहभागीहरूलाई आआफ्नो साथीको फोटो समेत देखाइयो । यसमा के पाइयो भने साथीको फोटो देख्नासाथ सहभागीहरूको मस्तिष्कमा भएको तर्क गर्ने खण्ड धेरै प्रभावित भयो र उनीहरूको सोच्ने, सम्झने शक्ति कमजोर हुन थाल्यो ।

अध्ययनबाट के निष्कर्ष निकालियो भने, प्रेम हुनासाथ व्यक्तिको मस्तिष्कमाथि मुटुले शासन गर्न थाल्छ । यस्तोमा प्रेमी हृदयहरू कुनै पनि निर्णय भावनामा बगेर गर्न थाल्छन् । अनुसन्धान अनुसार, मुटुको मामिलामा मस्तिष्कको उपयोग गर्न थाल्दा स्वस्थ र राम्रो सम्बन्ध बन्न सक्दैन ।ekantipur
पटक-पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि गम्भीर समस्या हो । यस्तो जान्दा जान्दै सहरका शिक्षित महिलानै पटक- पटक गर्भ पतन गर्न अग्रसर देखिन्छन् । सरकारसमेत सहभागी भएर हालै काठमाडौं उपत्यकामा गरेको सर्वेक्षण प्रतिवेदनले यो तथ्य औंल्याएको हो ।
उपत्यकाका एक हजार एक सय ७२ महिलामा गरिएको अध्ययनले एकतिहाइ महिलाले खतरा जान्दा जान्दै पटक-पटक दोहोर्‍याएर गर्भपतन गर्ने गरेको जनाएको छ ।

स्वास्थ्य सेवा भागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखा र आइपासको सहकार्यमा डाक्टर श्याम थापाको समूहले गरेको अध्ययनले काठमाडौं उपत्यकामा रहेका प्रसुती सेवा प्रदायक अस्पताल र मेरी स्टोप सेन्टरहरू समेटेको थियो ।
अध्ययनमा सरकारी क्लिनिकमा गर्भपतन सेवा लिन आएका महिलाको तुलनामा निजी क्लिनिकमा सेवा लिन आएका महिलाले एकभन्दा बढी पटक गर्भपतन गराएको देखिएको हो ।

'अरू बच्चा जन्माउन नचाहने, प्राथमिक र माध्यमिक शिक्षा हाँसिल गरेका महिलाले अन्य महिलाको तुलनामा एकभन्दा बढी पटक गर्भपतन गराएको पाइयो,' डाक्टर थापाले भने ।

बढ्दो सहरीकरण, यौन उदारता, परिवार नियोजनप्रतिको लापरबाहीपन, परिवार नियोजनका साधनको सही उपयोग गर्न नसक्दा अनिच्छित गर्भ रहने गरेको देखिएको छ । शिक्षितहरू नै पटक-पटक गर्भपतनमा संलग्न हुनुले परिवार नियोजनसित सम्बन्धित जनचेतनाको कमीभन्दा पनि बेवास्ता र लापरबाही बढी देखिने सरोकारवालाहरूले टिप्पणी गरेका छन् ।'गर्भनिरोधका प्राकृतिक पद्धति अपनाउन सकिन्छ भन्ने चेतना विकास नगरेसम्म यो समस्या समाधान हुन सक्दैन,' स्वास्थ्य सचिव प्रवीण मिश्रले भने, 'परिवार नियोजनका साधनको विकास र गुणस्तर समयानुसार परिवर्तन गर्दै प्रयोगकर्तालाई त्यसप्रति आकषिर्त गर्ने तरिकाहरू पहिचान गर्नु जरुरी छ ।'

सन् २००२ देखि नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको हो । त्यस यता हालसम्म मुलुकभरका पाँच लाख ८० हजार महिलाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सूचीकृत गरिएका सरकारी, गैरसरकारी र निजी क्षेत्रका चार सय ७८ संस्थाबाट पाँच लाखभन्दा बढी महिलाले गर्भपतन गराएका हुन् ।

अध्ययनमा नेपाल जनसांखियक स्वास्थ्य सर्वेक्षण २००६ र २०११ को तथ्यांक विश्लेषण गरिएको छ । जसमध्ये पाँच महिलामध्ये दुई जनालाई गर्भपतनसम्बन्धी कानुनको बारेमा जानकारी रहेको छ भने तीन जनालाई गर्भपतन सेवा पाइने ठाउँको जानकारी रहेको छ । २५ देखि ३४ वर्ष उमेर समूहका महिलाले सबैभन्दा बढी र पटक-पटक गर्भपतन गरेको देखिएको अध्ययनले देखाएको छ । ekantipur

औषधीको प्रयोगभन्दा नम्र बोलीयुक्त व्यवहारले तनाव कम हुने एक अध्ययनले देखाएको छ।
औषधीको प्रयोगले भन्दा मानिसको नम्र बोलीयुक्त व्यवहारले तनाव अर्थात डिप्रेसन कम हुने अध्ययनको निश्कर्ष छ ।  २ सय ३४ जना डिप्रेसनका विरामीमा गरिएको अध्ययनमा सबैजना औषधीले भन्दा नम्र बोलीयुक्त व्यवहारबाट प्रभावित भएको र उनीहरुको तनाव कम भएको पाइएको थियो ।

अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गर्नुभयो ।
विश्वप्रसिद्ध फोर्ब्स म्यागजिनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई यो वर्ष पनि संसारकै शक्तिशाली बताएको छ । सन् २००९ देखि थालिएको सूचीमा ५१ वर्षीय ओबामाले तेस्रोपटक पहिलो स्थान ओगटेका हुन् । सन् २००९ र २०११ मा समेत उनी  शीर्ष स्थानमै थिए ।


यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा भावी राष्ट्रपति सी जिनपिङ शक्तिशाली व्यक्तिको सूचीमा  फड्को मारेर नवौं स्थान पुगेका छन् । गतवर्ष उनी ६९ औं स्थानमा थिए ।

फोब्र्सले सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई प्रधानमन्त्री मनमोहन सिंहभन्दा शक्तिशाली बताएको छ । सूचीमा सोनिया १२ औं र सिंह १९ औं स्थानमा छन् । २०१० मा ९ औं स्थानमा रहेकी सोनिया अघिल्लो वर्ष १० र गतवर्ष ११ औं स्थानमा झरेकी थिइन् ।

उत्कृष्ट १० का अन्य शक्तिशालीमा चौथो माइक्रोसफ्टका अध्यक्ष विल गेट्स लगायत क्रमशः रोमन क्याथोलिक चर्चका पोप बेनेडिक्ट, फेडरल रिजर्व संयुक्त राज्य अमेरिकाका अध्यक्ष बेन बर्नान्के, सउदी अरबका राजा अबदुल्ला विन अब्दुज अजिज अबल साउद, युरोपियन सेन्ट्रल बैंकका अध्यक्ष मारियो ड्रागी छन् ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |