बैज्ञानिकहरुले पृथ्वीजस्तै वातावरण र जिव भएको ग्रह हुनसक्ने केही प्रमाण जुटाएको दाबी गरेका छन् । तर ती ग्रहहरु सौर्यमण्डलभन्दा बाहिर रहेको उनीहरुको भनाई छ ।
दशकौँदेखि क्रियाशिल बैज्ञानिकहरु, ग्रह हुनसक्ने बलियो प्रमाण पाएपछि त्यसलाई पुष्टि गर्न जुटेका छन् ।
सौर्यमण्डलबाहिर रहेका ५ ग्रहमा जिव हुनसक्ने उनीहरुको तर्क छ ।
अमेरिकी वैज्ञानिकहरुले ग्लीज ५८१ जी नामक ग्रहमा जिव हुनसक्ने अत्यधिक सम्भावना रहेको बताएका छन ।
आज जुलाई २९ तारिख, तेस्रो विश्व बाघ संक्षरण दिवस हो । वन्यजन्तु अपराध रोकौँ, यी मृत्यु गम्भिर हुन् भन्ने नाराका बाघ संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्वभर मनाउँदैछन् ।
तेस्रो बाघ संरक्षण दिवशका अवसरमा राजधानीमा आज रिएको कार्यक्रममा बाघको संख्या बढेको जानकारी गराइएको छ ।
सन् २०१० मा नेपालमा एक सय ५५ वटा बाघ रहेकोमा अहिले बाघको संख्या एक सय ७६ पुगेको छ । बर्दिय राष्ट्रिय निकुन्जमा अघिल्ला दुइ बर्षमा १९ वटा रहेकोमा अहिले २२ पोथी र १५ भाले गरी ३७ पुगेको छ । यस्तै, शुक्लाफाँटा बन्यजन्तु आरक्षणमा यसअघि आठ वटा बाघ भएकोमा दुइवटा बाघ बढेर १० पुगेका छन् । यसैगरी चितवन राष्ट्रिय निकुन्जमा एक सय १५ वटा र पर्सामा चारवटा बाघ रहेको बताइएको छ ।
बाघ पाइने १३ वटा देशमा आज जुलाई २९ तारिख दिन विश्व बाघ संक्षरण दिवस मनाउने गरिन्छ ।
बाघ संरक्षणबारे जनचेतना जगाउन यो दिवस मनाउन सुरु गरिएको हो ।
वसको अवसरमा विश्व वन्यजन्तु कोष, डब्लु डब्लु एफले नेपाली चलचित्रका नायक राजेश हमाललाई बाघ बचाउ अभियानको सद्भावना राजदुतमा नियुक्त गरेको छ ।
सन् २०२० सम्ममा बाघको संख्या दोब्बर पार्ने सरकारी लक्ष्य छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा ५ हजारको हाराहारीमा बाघ रहेका छन् । भारतमा सबैभन्दा बढी ३ हजारको हाराहारी बाघ छन् ।
वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।
तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या
देखापर्छन् त ?
· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।
· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।
· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।
· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।
· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।
· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।
यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।
कति समय सुत्नु उपयुक्त ?
· नवजात शिशु दिनमा १८ घण्टासम्म
· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म
· किशोरकिशोरी १० घण्टा
· वयस्क ७ देखि ८ घण्टा

कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला रु र पहिलो पटक कुन तस्वीर अपलोड भएको होला रु हामी सबैमा एककिसिमको कौतुहल हुन्छनै आउनुस हेर्नुस् यहि हो पहिलो पटकको तस्वीर जुन सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेटु को २० बर्ष अगाडिको हो ।
इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् ।

आज १९९ औँ भानुजयन्ती । विभिन्न कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको योगदानको सम्झना गरिदैँछ । भानुजयन्तीको अवसरमा अहिले काठमाडौँको रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ ।
त्यस्तै दिउँसो पनि विभिन्न कार्यक्रम गरी भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरिदैँछ ।
आचार्यको वि।स १८७१ असार २९ गते अर्थात आजकै दिन तनहुँको चुँदीरम्घामा भएको थियो ।
उहाँ नेपालका राष्ट्रिय विभुति हुनुहुन्छ । आदिकवि आचार्यलाई भाषिक एकताका प्रतिकका रुपमा लिइन्छ ।
नेपालको भाषिक, सामाजिक र सांस्कृतिक एकीकरणको रुपमा समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तको योगदान निकै महत्वपुर्ण रहेको छ ।
संस्कृत साहित्यमा बाल्मिकी, हिन्दी साहित्यमा तुलसीदासको जुन स्थान छ नेपाली साहित्यमा भानुभक्तको त्यही स्थान रहेको छ ।
आदिकवि भानुभक्तले सँस्कृत भाषाको रामायणलाई सरल तथा सरस भाषामा नेपाली भाषामा अनुवाद गरी समस्त नेपालीका घर –आँगनमा पु¥याएर भाषिक रुपमा एकिकृत गर्न अद्धितीय भुमिका निर्वाह गर्नुभएको थियो ।
आदीकवि आचार्यले रामायणबाहेक प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कबिताहरुमार्फत नेपाली साहित्यलाई अपुरणीय योगदान पु¥याउनुभएको छ ।