
यदि तपाईं मिठो निद्रा लागोस् भन्ने चाहनुहुन्छ भने राति दस बजेभित्र सुत्ने गर्नुस् । अनुसन्धान अनुसार राति ९ बजेर १० मिनेटमा एक कप चिया खानुस्, पाइजामा लगाउनुस् र १० बजे सुतिहाल्नुस् । यसो गर्दा तपाईं राम्ररी सुत्न सक्नुहुन्छ ।
यो अध्ययनमा ब्रिटेनका, राम्ररी निदाउने दुई हजार वयस्क व्यक्तिलाई सामेल गरिएको थियो । बेडलाइन ब्रान्ड 'बिडेकु ले उक्त अध्ययन गरेको यो अध्ययन अनुसार कुनै पनि व्यक्तिले, मुख्यतः महिलाले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम समेत गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय पदार्थको रूपमा चिया राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।
यो सर्वेक्षणले सुत्ने बेलाका क्रियाकलापलाई झल्काउने प्रयास गरेको बिडेक प्रवक्ता तानिया जोन्सनले बताएकी छन् । व्यस्त जीवनमा उपयुक्त रूपले निद्रा लिँदै सुत्नु अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।
बुढ्यौलीमा आउँछ मिठो निद्रा
उमेर बढेसँगै निद्राको गुणस्तर खराब हुँदैन । अझ यसमा सुधार पाउने गरिएको छ ।'स्लिपु जर्नलमा प्रकाशित यो अध्ययन सम्बन्धी सर्वेक्षणमा करिब डेढ लाख वयस्क व्यक्तिहरूको विचारलाई लिइयो । त्यस अनुसार उमेरको चौथो दशकलाई छोडेर उमेरसँगै निद्राको गुणस्तर राम्रो हुन्छ ।
ekantipur
सोच्नुस् त हाँस्नलाग्दा यदि कसैको पिसाब चुहिन लाग्यो भने के गर्ने रु अझ खोक्दा, व्यायाम गर्दा वा गह्रौं वस्तु उचाल्दासमेत यस्तै अवस्थासँग जुध्ने गरेका महिलाको कस्तो गति होला रु सोच्दा नै आङ सिरिङ्ग हुने यो समस्यामा परेका महिलाहरू भने मुलुकमा कम छैनन् । गन्हाउने लगायतका कारणले उनीहरू सामाजिक रुपले समेत बहिस्कृतजस्तै भएर हीनताबोधका साथ असामान्य जीवन व्यतीत गर्न बाध्य छन् । यसको उपचार सम्भव भए पनि जानकारीको अभावमा उनीहरू अत्यन्त कठिन जीवन विताउन बाध्य छन् ।
सोच्नुस् त हाँस्नलाग्दा यदि कसैको पिसाब चुहिन लाग्यो भने के गर्ने रु अझ खोक्दा, व्यायाम गर्दा वा गह्रौं वस्तु उचाल्दासमेत यस्तै अवस्थासँग जुध्ने गरेका महिलाको कस्तो गति होला रु सोच्दा नै आङ सिरिङ्ग हुने यो समस्यामा परेका महिलाहरू भने मुलुकमा कम छैनन् । गन्हाउने लगायतका कारणले उनीहरू सामाजिक रुपले समेत बहिस्कृतजस्तै भएर हीनताबोधका साथ असामान्य जीवन व्यतीत गर्न बाध्य छन् । यसको उपचार सम्भव भए पनि जानकारीको अभावमा उनीहरू अत्यन्त कठिन जीवन विताउन बाध्य छन् ।
मुख फोहोर हुँदा स्ट्रेप्टोकोक्स गोरडोनी जीवाणु उब्जिन्छ । यो जीवाणु सामान्यतया मुखभित्रै पाइन्छ । यसले दाँतको सतहमा पहेंलोपनालाई बढाउँछ । यो जीवाणु रगत निस्किरहेको गिजाबाट रक्त नलीमा प्रवेश गर्छ । अनि यसले मानव शरीरमा रगत जमाउँछ । रगत जम्ने गरेपछि हृदयाघातको खतरामा वृद्घि हुन्छ । यसैले दिनहुँ ब्रस गरौं, मुखमा जीवाणु उत्पन्न हुन नदिऔं र मुटु रोगलाई टाढै राखौं ।
अर्को कुरा दाँतलाई बिग्रनबाट जोगाउन यसलाई सफा गर्ने सही तरिका थाहा पाउनु जरुरी हुन्छ । तर, धेरै कम व्यक्तिलाई मात्रै जानकारी हुन्छ, दाँत कसरी माझ्ने भन्ने कुरा । कतीलाई थाहा भएर पनि हतारका कारण ध्यान दिएर माझ्दैनन् तर यसो गर्न आफैमा हानिकारक हुन्छ ।
मान्छेमा तनाव हुनु सामान्य कुरा हो । दैनिक जिवनका विभिन्न घटनाक्रम तथा परिस्थितिले मानिसमा तनावको सिर्जना गर्छन् । यस्ता तनावको सही व्यवस्थापन गर्न सकिएन वा तनावको कारण पत्ता लगाएर त्यसको समाधान गर्न सकिएन भने त्यसले नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ ।
मान्छेमा तनाव हुनु सामान्य कुरा हो । दैनिक जिवनका विभिन्न घटनाक्रम तथा परिस्थितिले मानिसमा तनावको सिर्जना गर्छन् । यस्ता तनावको सही व्यवस्थापन गर्न सकिएन वा तनावको कारण पत्ता लगाएर त्यसको समाधान गर्न सकिएन भने त्यसले नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ ।
सामान्य जिवनमा विभिन्न कुराहरुले तनाव सिर्जना गर्ने भएपनि किशोर किशोरी र युवायुवतीमा प्रेमसम्बन्धको विषयमा आउने उतारचढावले सबैभन्दा बढि तनाव सिर्जना गर्छ ।
अपरिपक्व उमेरमा हुने यस्तो तनावको सही व्यवस्थापन हुन सकेन भने काँचो दिमागले खतरनाक बाटो पनि रोज्नसक्छ त्यसैले प्रेम सम्बन्धमा आउने तनावलाई कम गर्न निम्न उपाय अपनाउनुपर्छ:
१. प्रेम सम्बन्धको विश्लेषण गर्नुपर्छ : सम्बन्धमा किन तिक्तता आयो ? वा के कारणले गर्दा तनाव भयो भन्ने कुराको चुरोमा जानुपर्छ । एक अर्कालाई दोषारोपण गर्नुको साटो सामूहिक हिसावले समस्याको समाधान गर्नु आवश्यक छ ।
२. एकअर्काको कुरा राम्ररी सुन्नुपर्छ : सम्बन्धमा आउने तिक्ततापन र त्यसबाट उत्पन्न हुने तनाव हटाउने उपयुक्त उपाय भनेको प्रभावकारी संचार हो । पार्टनरको कुरा र समस्या राम्रोसँग सुन्ने बानीको विकाश गर्नुपर्छ, खाली आफ्नो कुरामात्र सुनाउने र आफैलाई माथि राख्ने गल्ती गर्नुहुँदैन ।
३.राम्रोसँग कुराकानी गर्नुपर्छ : मनमा कुरा गुम्साएर राख्नुहुँदैन, समस्या वा चित्त नबुझेको कुरा के हो भन्न हिच्किचाउनुहुँदैन । तपाइँले भनेका कतिपय कुरा पार्टनरलाई चित्त नबुझ्नसक्छ तर खुलस्त रुपमा कुरा गर्नाले समस्याको समाधान गर्न सघाउ पूराउँछ ।
४.समाधानको प्रयास आफै थाल्नुपर्छ : समस्या समाधान गर्ने विषयमा अर्काको मुख ताक्नुहुँदैन र आफै सक्रिय बन्नुपर्छ । मेरो गल्ती छैन त्यसैले मैले किन कुरा अघि बढाउनु वा माफी माग्नु भनेर धुम्म परेर वा हात बाँधेर बसेमा समस्याको समाधान हुन सक्दैन ।
५. आरोपको खेती गर्नु हुँदैन : एकअर्कालाई औँला ठडाउन सजिलो हुन्छ तर समस्याको समाधान गर्न गाह्रो हुन्छ । त्यसैले पार्टनरलाई कडा आरोप लगाउनुभन्दा नरम भएर गल्ती गर्नेलाई उसको गल्तीको अनुभुति गर्ने मौका दिनुहोस् ।
५.केही समय अलग्गीएर एक अर्काको महत्व बुझ्नुपर्छ : सम्बन्ध बिगि्रएको बेलामा दिनदिनै भेटेर झगडा गर्नुभन्दा केही दिन छुटि्टएर समस्याको चूरो पत्ता लगाउने र समाधानको उपाय खोज्ने कुरामा ध्यान केन्दि्रत गर्नुपर्छ । रिसको पारो सेलाएपछि भेटेर समझदारी गर्न सजिलो हुन्छ र टाढिँदा एक अर्काको महत्वको समेत बोध हुन्छ ।
६. मध्यस्थकर्ताको सहयोग लिन सकिन्छ : दुइजनाको प्रयासले मात्र सहमतिमा पुग्न सकिएन भने कोही विश्वासिलो व्यक्ति वा साथीको सहयोग लिन सकिन्छ । त्यस्तो साथी दुबैले विश्वास गर्ने वा दुबैको भलो चिताउने हुनुपर्छ ।
यदि उपर्युक्त उपाय अपनाएर सम्बन्धमा आएका समस्या समाधान गरियो भने सम्बन्ध फेरी बलियो बन्छ र तनाव पनि हट्छ ।
online
online
भान्सामा धेरै प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो । यो प्याज तरकारीमा राम्रो मात्र नभएर झनै राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी० पर्याप्त मात्रामा हुन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट हुन्छ ।
प्याजमा गन्ध हुनुको कारण एन(प्रोपाइल डाइसल्फाइड हुनु हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित उपयोगले ग्यास्ट्रिक अल्सरबाट बचाउ हुनसक्छ ।
यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा गरिएको अध्ययनले यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुने देखाएको छ । केही अन्य अध्ययनले प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख गरेका छन् ।
प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।
आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने(नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । यो जीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।
प्याज प्राचीन कालदेखि नै कति उपयोगी रहँदै आएको छ भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे । पिरामिडका ममी (मानव शवह० रूपमा समेत प्याज पाइएको छ ।







