• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

मान्छेमा तनाव हुनु सामान्य कुरा हो । दैनिक जिवनका विभिन्न घटनाक्रम तथा परिस्थितिले मानिसमा तनावको सिर्जना गर्छन् । यस्ता तनावको सही व्यवस्थापन गर्न सकिएन वा तनावको कारण पत्ता लगाएर त्यसको समाधान गर्न सकिएन भने त्यसले नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ ।

सामान्य जिवनमा विभिन्न कुराहरुले तनाव सिर्जना गर्ने भएपनि किशोर किशोरी र युवायुवतीमा प्रेमसम्बन्धको विषयमा आउने उतारचढावले सबैभन्दा बढि तनाव सिर्जना गर्छ ।

अपरिपक्व उमेरमा हुने यस्तो तनावको सही व्यवस्थापन हुन सकेन भने काँचो दिमागले खतरनाक बाटो पनि रोज्नसक्छ त्यसैले प्रेम सम्बन्धमा आउने तनावलाई कम गर्न निम्न उपाय अपनाउनुपर्छ:

१. प्रेम सम्बन्धको विश्लेषण गर्नुपर्छ : सम्बन्धमा किन तिक्तता आयो ? वा के कारणले गर्दा तनाव भयो भन्ने कुराको चुरोमा जानुपर्छ । एक अर्कालाई दोषारोपण गर्नुको साटो सामूहिक हिसावले समस्याको समाधान गर्नु आवश्यक छ ।

२. एकअर्काको कुरा राम्ररी सुन्नुपर्छ : सम्बन्धमा आउने तिक्ततापन र त्यसबाट उत्पन्न हुने तनाव हटाउने उपयुक्त उपाय भनेको प्रभावकारी संचार हो । पार्टनरको कुरा र समस्या राम्रोसँग सुन्ने बानीको विकाश गर्नुपर्छ, खाली आफ्नो कुरामात्र सुनाउने र आफैलाई माथि राख्ने गल्ती गर्नुहुँदैन ।

३.राम्रोसँग कुराकानी गर्नुपर्छ : मनमा कुरा गुम्साएर राख्नुहुँदैन, समस्या वा चित्त नबुझेको कुरा के हो भन्न हिच्किचाउनुहुँदैन । तपाइँले भनेका कतिपय कुरा पार्टनरलाई चित्त नबुझ्नसक्छ तर खुलस्त रुपमा कुरा गर्नाले समस्याको समाधान गर्न सघाउ पूराउँछ ।

४.समाधानको प्रयास आफै थाल्नुपर्छ : समस्या समाधान गर्ने विषयमा अर्काको मुख ताक्नुहुँदैन र आफै सक्रिय बन्नुपर्छ । मेरो गल्ती छैन त्यसैले मैले किन कुरा अघि बढाउनु वा माफी माग्नु भनेर धुम्म परेर वा हात बाँधेर बसेमा समस्याको समाधान हुन सक्दैन ।

५. आरोपको खेती गर्नु हुँदैन : एकअर्कालाई औँला ठडाउन सजिलो हुन्छ तर समस्याको समाधान गर्न गाह्रो हुन्छ । त्यसैले पार्टनरलाई कडा आरोप लगाउनुभन्दा नरम भएर गल्ती गर्नेलाई उसको गल्तीको अनुभुति गर्ने मौका दिनुहोस् ।

५.केही समय अलग्गीएर एक अर्काको महत्व बुझ्नुपर्छ : सम्बन्ध बिगि्रएको बेलामा दिनदिनै भेटेर झगडा गर्नुभन्दा केही दिन छुटि्टएर समस्याको चूरो पत्ता लगाउने र समाधानको उपाय खोज्ने कुरामा ध्यान केन्दि्रत गर्नुपर्छ । रिसको पारो सेलाएपछि भेटेर समझदारी गर्न सजिलो हुन्छ र टाढिँदा एक अर्काको महत्वको समेत बोध हुन्छ ।

६. मध्यस्थकर्ताको सहयोग लिन सकिन्छ : दुइजनाको प्रयासले मात्र सहमतिमा पुग्न सकिएन भने कोही विश्वासिलो व्यक्ति वा साथीको सहयोग लिन सकिन्छ । त्यस्तो साथी दुबैले विश्वास गर्ने वा दुबैको भलो चिताउने हुनुपर्छ ।

यदि उपर्युक्त उपाय अपनाएर सम्बन्धमा आएका समस्या समाधान गरियो भने सम्बन्ध फेरी बलियो बन्छ र तनाव पनि हट्छ ।

online

भान्सामा धेरै प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो । यो  प्याज तरकारीमा राम्रो मात्र नभएर झनै राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी० पर्याप्त मात्रामा हुन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट हुन्छ ।

प्याजमा गन्ध हुनुको कारण एन(प्रोपाइल डाइसल्फाइड हुनु हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित उपयोगले ग्यास्ट्रिक अल्सरबाट बचाउ हुनसक्छ ।

यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा गरिएको अध्ययनले यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुने देखाएको छ ।  केही अन्य अध्ययनले प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख गरेका छन् ।

प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।    

आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने(नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । यो जीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।

प्याज प्राचीन कालदेखि नै कति उपयोगी रहँदै आएको छ भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे । पिरामिडका ममी (मानव शवह० रूपमा समेत प्याज पाइएको छ ।

आज मार्च २४ विश्व क्षयरोग दिवस, क्षयरोग विनाको संसार, मेरो जीवनमै गर्नुपर्छ साकार भन्ने नाराका साथ मनाइदैछ ।
आज शनिबार परेकाले नेपालमा भने हिजो नै औपचारिक रुपमा यो दिवस मनाइएको छ ।  प्रधानमन्त्री बाबुराम भट्टराईले दिबसको अबसरमा शुभकामना सन्देश निकाली सन् २०१५ सम्ममा क्षयरोग उन्मुलन गर्ने प्रतिबद्ध जनाउनु भएको छ । क्षयरोग निको हुने रोग भएकाले शंका लाग्नेबित्तिकै स्वास्थकेन्द्रमा उपचार गराउन आग्रह गर्नुभएको छ ।

तपाईं कसैसँग प्रेममा हुनुहुन्छ र त्यसको आयुबारे चिन्तित हुनुहुन्छ भने, तपाईंलाई यो खबर उपयोगी हुन सक्छ ।

प्रेमको आयु वास्तवमा तपाईं र पार्टनरको हार्मोनले निर्धारण गर्छ । अर्थात्, तपाईंको मायाप्रीति कति समयसम्म टिक्छ भन्ने कुराको निर्धारण मुटुले नभई लभ हार्मोनले गर्ने गर्छ ।

इजराइलको बार इलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार, रगतमा भएको अक्सिटोसिन अर्थात् लभ हार्मोनको स्तर परीक्षणले माया कति दिनसम्म चल्छ भन्ने जानकारी दिन्छ । जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी हुन्छ, उनीहरूको सम्बन्ध समेत धेरै दिनसम्म चल्छ । रगतमा अक्सिटोसिनको मात्रा कम भएका जोडीको सम्बन्ध भने कम समयमै टुक्रिन्छ ।

यो अध्ययन अन्तर्गत अनुसन्धानकर्ताहरूले भरखरै सम्बन्ध सुरु गरेका जोडीहरूको रगत नमुना परीक्षण गरेर अक्सिटोसिनको मात्रा विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताहरूले ६ महिनापछि फेरि सबै जोडीको रगतमा अक्सिटोसिनको मात्रा परीक्षण गरे ।

अध्ययन परिणाममा देखिए अनुसार, जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी थियो उनीहरू आफ्नो सम्बन्ध कायम राख्न इच्छुक थिए । तर जुन जोडीको अक्सिटोसिनको मात्रामा कमी देखिएको थियो, उनीहरूको सम्बन्ध टुट्ने स्थितिमा पुगिसकेको थियो । यसैले, अब उसो कसैसँग दीर्घकालीन सम्बन्ध जोड्नु छ भने यस्तै परीक्षण गराउने हो कि ? ekantipur 

online
पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।
चिल्लो पदार्थ भएका खानेकुराको अत्यधिक सेवनले तपाइँको यौनस्वास्थ्यमा नराम्रो असर पूराउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |