• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
आकृतिले तीन चोटि मिसकल दिइसकी । किनभने मैले दिउसोको चिया संगै बसेर खान बानेश्वरको एउटा चिया पसलमा बोलाएको थिएँ । लामो समयपछिको आग्रहले मैले उसंग भेट्ने सहमती दिएको थिए । म पनि १२ वर्षअघिको मिल्ने साथीसंग भेट्न आतुर थिएँ । तर एउटा आवरण नसकि म त्यहाँ जान मिलेको छैन । किनकी १२ बजे प्रेसमा दिनुछ । फेरि केही ढिला भयो भने उसले पनि त नपर्खदी हुन् । त्यसैले १५ मिनेटपछि आइपुग्ने भनिदिएँ ।
कथाकार-कर्ताघरे

हत्तपत्त बानेश्वर त पुगे तर आकृति थिइनन् । फोन गरेँ चिया पसलमा कफी अर्डर गरेर बसेकी जवाफ दिइन् । म त्यतै लागेँ ।

कफि पसलमा टोलाएर बसिरहेकी रहिछन् । पुग्नेसाथ उनको मोड भङ्ग भयो । म बस्न साथ कफि आइपुग्यो । कफि पिउन आग्रह गरिन् । त्यतिखेर उनको दाहिने हात देखिन । मलाई कता-कता पिडा भएको अनुभूति भयो । 'किन छक्क परेको '-सोधिन् ।

'के ही होइनु- म सहज हुन खोन्छु । कसरी यस्तो भयो मेरो सोध्ने आँट आइसकेको थिएन । सायद मेरो भाव बुझेरै होला उसले थपिन-'भोजपुर रिपिटर टावर आक्रमणमा परेको ।' थप्दै गइन-'युद्धको बेला मेरो हात गुमेको तिमीलाई मैले सुनाउन चाहिन अरुले पनि थाहा दिएनन् रहेछ ।

मैले भने-'को अरु मोर्चाका साथीहरुले ।'-कफि तान्दै-'जाबो यति सानो कुरा हल्ला गरिहिड्ने कुरो पनि भएन ।'
मलाई अनौठो लाग्यो त्यसो भन्दा । म अलमल्ल परेछु ।

'अनि के त नि '-उनले भनिन् ।

'लौ भै हाल्यो'-मैले पनि सहज बन्न खोज्दै-'अरु के छ भनन् कसरी संझयौ'

'आप्पुइ त्यस्तो पनि भन्न आउछ '-झयाम्मै कुराले हानिन् ।

'बरु तिमीले खोजखबर नगर्दा पो अचम्म लाग्यो त '-उसले थपिन् । 'तिम्रो कन्ट्याक्ट पनि त हुनु पर्यो सिन्धुली छ्यौ भन्ने सुनेथे तर कसरी कन्ट्याक्ट गर्ने मेसै पाइन ।'-मैले भने ।

'मन भए त भइ हाल्यो नि विकल्प । '-उनले थपिन्-'पढाइपछि जब् पनि खोजेनौ खाली कोठैमा घोरिएर क्यानभासमा रमाउछौ क्यारे ।

उनले मलाई ठम्याउँदा दङदास परे । मैले पहिलेकी जस्ती सोझि र निष्चल आकृति देखिन । सायद म भावुक देखिएहुला त्यसैले उनी पनि एक्कै चोटि मलिन् र भावुक देखिइन् । एकोहोरो बनेर भन्न थालिन-'मैले तिमीलाई थाहै नदिइ भूमिगत भए तिमीलाई सोध्ने भनेको थिएँ तर भेट्नै सकिन ।'

'मैले के भन्थे र तिमीलाई'-औपचारिकता दिए ।

'हैन एउटा साथीको नाताले'-उनले भनिन् ।
'म पनि त जाउ जस्तो लागेको थियो नि तर आँटै आएन ।'-उसलाई हौस्याएँ ।

'म त तिमी नजाऊ भन्थेँ'-सुझाव दिइन्-'कहिले खानै नपाउँने कहिले सुत्दै नसुति रात काटियो फेरि तिमी भावना डुब्ने मान्छे । युद्धमा तिमीलाई सकस पर्न सक्छ । मैले तिमीलाई भोजपुर आक्रमणको बेला धेरै सम्झेँ अब नबाँचिने भइयो जस्तो लागेको थियो तर बाँचियो ।'-उसले आँखाभरि आँसु पार्दै भनि । म पनि उसैको भावनामा बगेछु । मैले पनि रुमाल झिक्नै पर्यो ।

उसले थप्दै लगी-'तिमीलाई त्यस दिन मैले यसरी पनि संझे 'सफल जीवन यतिखेरसम्म रहन्छ त्यतिखेरसम्म जनता र देशले सम्झिरहनेछ ।' तिम्रो भनाइले मलाई युद्ध लड्न उक्साइ रहेको थियो । गोलीले मेरो हात चुडिएर भुइमा खसे पनि दुस्मन ढल्दा र हाम्रो विजय हुदा तिम्रो न्यानो मायाले आगालो हालेझैँ लाग्थ्यो । त्यतिखेर हाम्रा २२ साथीहरुले सहादत प्राप्त गरे । २८ दुस्मन खत्तम गर्नुका साथै त्यहाँबाट एलएमजी एकेफोटीसेभेन टुइन्च मोटर लगायतका सयौँ हतियार खोस्यौँ र सात जनालाई नियन्त्रणमा लियौँ । साडे नौ बजे आक्रमण सुरु गर्ने योजना बनाए पनि नौ बजे नै दुस्मनले थाहा पाएर फायर खोल्यो र हामीले पनि त्यतिखेरै आक्रमण गर्न बाध्य भएका थियो । हाम्रो चालले गाइ कुकुर तसर्िएर कराउन-भुक्न थाल्यो त्यसपछि दुस्मनले चाल पाएको थियो । गोगनेबाट बेलुकी चार बजेतिर भोजपुर आक्रमणको योजनामा हिडेका हामीलाई योजना सफल पार्न मात्र १५ मिनेट समय लागेको थियो । म घाइते भएपछि म लगायतका २८-२९ जना घाइते साथीहरुलाई खोटाङको डम्बर्खुशिवालयमा दश दिन सेल्टर राखियो । त्यसपछि रसुवा हुदैं सिरहाको पैदल बाटो भएर झण्डै एक महिनाको अबधिमा उपचारका लागि इन्डीया पुर्याइयो हामीलाई । यति लामो समयसम्म पीडा सहन र युद्ध लड्न तिमीमा भएको कुसल मित्रताको दरिलो साहसले मलाई निडर तुल्याइरहेको थियो ।

उसले भनेको सुनिमात्र रहेँ । उसले थप्दै लगी-'तिम्रो कोठाको माओ लेनिन रोजालक्जाम्बर्ग चेग्वेभारालगायतका साहसिक योद्धाको तस्बिर अझै छन्' 'छ'-मैले भने ।

'ए तिम्रो हातले बनाएको त्यो चित्र हेर्न एकखेप म पनि तिम्रो डेरा जान मन लागेको छ ।' -उसले इच्छा प्रकट गरिन् ।

'कहिले जाने त तिमीलाई फुस्रद भए आजै जाऊ'-मैले भने ।

'ओकेु'-उसले सहमती जनाइन् ।

मेरो डेरा पुगेपछि उनी घोप्टोपरि-परि रोइन् । किन भने सक्कली हातसहितको मलाई अङकमाल गरेकी मैले कोरेको उनको तस्बिर मेरो कोठामा मुस्कुराएको थियो । त्यतिमात्र होइन उसले मेरो जन्म दिन उपहार दिएकी म्याक्सीम गोर्कीको 'आमा' पनि प्रुेममा सजाएको थिए । म उसलाई सम्हाल्न खोज्छु ।

'एक छिन मलाई यसै हुन देऊ'-उसले अनुरोध गरिन् ।

मैले छाडि दिए ।

केही क्षणपछि उसले मुखफोरी-'तिमीले किन विहे नगरेको '

प्रशंग बदलियो ।

मैले उनलाई भन्नै सकिन ।

उसले मुख खोलिन-'यदी मेरो कारणले भए मलाई माफ गर । म अनुरोध गर्छु अब तिमीले बिहे गर ।'

म उसको कुरा मान्छु भन्न सकिन ।

'मैले विहेको कुरा किन गर्नु पर्यो र अब । मैले मन पराएको मान्छे नपाए पछि ।' -मैले सिधासिधै भनि दिएँ ।
'उसो भए संसारमा मन परेको कुरा कस्ले पाएको छ त मलाई चन्द्रमा मन पर्छ मैले पाउछु त -उसले भनिन् ।
'भैगो अब अरु भनन्'-म उसलाई ठाउँमा ल्याउन खोज्छु ।

उसले चाडै छाड्ने छाट देखाइनन् । बरु थप्न थालिन्-'मैले तिमीलाई नै मन पराएको थिए तर मेरो परिवार र समाजले तिमीसित विहे गर्न नदिने र अर्कैसंग विहे गरिदिएपछि म भूमिगत भएँ । म भूमिगत हुनका कारण त्यतिमात्र थिएन मेरो आर्थिकस्थिति पनि थियो । मेरी आमा १८ घण्टा काममा खट्नु हुन्थ्यो मेरा बा पनि उत्तिकै मात्रामा खट्नु हुन्थ्यो र पनि हामीलाई पढ्न र खानलाउन धौ-धौ थियो । त्यसको एउटै मात्र कारण थियो राज्यसत्ताको पक्षँपाति व्यवहार । मलाई तीनै कुराहरुले पनि भूमिगत हुन बाध्य तुल्यायो । म भूमिगत हुनेबेला तिमीलाई थाहा दिउला भनेको मौकै मिलेन । आजभोलिको जस्तो टेलिफोन थिएन । चिठी पठाएकी थिए तर उत्तरै आएन त्यसैले बैरागिएरै म भूमिगत भएँ । त्यसैले मलाई माफ् गर । मैले भनेको मान्छौ भने तिमीले बिहे गर ।'

उसको इच्छा पूरा गर्न म कसरी सक्छु र तर पनि ल भनिदिए । उमा एकैचोटि हिमाल हासेझै हसिलो र तेजिलो उमङ्ग देखियो । उसले भन्न थालिन्-'मसंधै तिम्रो खुसी हेर्न चाहन्छु । सधैं तिम्रो उन्नति-प्रगति देख्न चाहान्छु ।'

अब मैले उसलाई भन्नै पर्छ-'व्यक्तिगत कुराबाट माथि उठेको मान्छेले त्यसो भन्न मिल्दैन त्यसैले तिमी होसमा आऊ ।' उसले बीचैमा कुरा काटिन् र थप्दै गइन्-'त्यसो त हो तर दुःखको कुरा हाम्रा नेताहरु नै पनि माथि उठ्न सकेका छैनन् । सुविधा मोहले गाजेको छ हाम्रा नेतृŒवलाई । सिंगो राजनीतिक धारनै बिचलित बनेको छ यतिखेर । तिमीले देखेकै छौ नि हाम्रा साथीहरुको डे्रसअप मोवाइल हङ्गामा जीवनशैली आदिआदि ।

'हो मैले पनि भन्नै लागेको थिए । तिमी पनि अरुले जस्तै सिको गरिछौ भनेर ।'-उसलाई इसारा दिए ।
'हाम्रो जिल्ला लेबलकाले एउटा मोवाइल मोटरसाइकल प्रयोग गर्न पाउने भनेको छ । मलाई पनि जिल्लाले नै दिएको । कसैले महङ्गो कसैले सस्तो युज गर्छन् त्यसमा एक रुपता छैन । कसैले एकै दिनमा हजार रुपैंयाँको रिचार्ज सिध्याउछन् कसैले महिनौ दिनमा सिध्याउँदा पनि भएकै छ । त्यो पनि जनताको पैसाले किनेको । हाम्रो पार्टीको यस्ता कुराप्रति मेरो पटक्कै चित्त बुझेको छैन ।

'तिमी किन चुपलागेर बसेको त '-मैले उत्सुकता दिए ।

कत्ति कुरा उठेको थियो तर त्यत्तिकै सेलायो । अब यस्तै रहीरहे यसैभित्र बसिरहुला र जनताले त्यत्तिकै यस्तो मोज गर्न पठाहोर अर्को बिद्रोह हुनेवाला छ यसभित्र । 'कस्ले गर्छर विद्रोह '-मैले थपे ।

म जस्ता कयौं छन् युद्धदेखिकै चित्त नबुझेर बिद्रोह गर्नु पर्छ भन्नेहरु । धेरैसाथीहरु त कमाण्ड पनि पक्षपाति भयो भनेर दुःख पोख्दै थिए । मोर्चाको अघिल्लो पङ्तिमा उभिनेहरुलाई सरकारमा पुगेपछि पछिपारेकामा पनि रुष्ट छन् साथीहरु । यसरी पार्टी चल्छ त लु भन त

'मलाई तिम्रो पार्टी भित्रको के थाहा '-मैले अनभिज्ञता प्रकट गरेँ ।

खै अब त खत्तम लाग्न थाल्यो हाम्रो पार्टी पनि ।

'अब के गछर्यौ त '-म उसलाई खोसेल्न खोज्दै छु ।

'म अब फेरि युद्धमोर्चामा जान्छु जस्तो छ । त्यतिखेर तिमीले साथ दिनु पर्ने हुन्छ । त्यतिखेर कसैले पनि रोक्न सक्ने छैनन् । र अन्तमा हामीले देखेको सपना पूरा हुनेछ ।' त्यतिखेरै उनको मोवाइलमा रिङ बज्यो । कुरा गरिसकेपछि खोटाङका पार्टी इन्चार्ज प्लेन चढेर कार्यक्षेत्र जाने खबर सुनाइन् । 'म पनि आजै कार्यक्षेत्र जान्छु-उनले बताइन् ।

दिउसोको साडे चार बजिसके छ ।

'पूर्व जाने गाडीको टिकट काट्न जाऊ'-उसले आग्रह गरिन् ।

'तिमी चाहीँ किन प्लेनमा नजाने तु'-मैले सोधे ।

'मलाई प्लेन चढ्ने मन छैन ।'-सजिलै गरी भनिन्-फेरि टिकेट पनि त पाइदैन नि खोटाङ जाने साथीलाई पनि कुन दलालले मिलाइ दिएको टिकेट रे ।

आकृतिले भ्याली छाड्ने नै भइसकेपछि हामी कोठाबाट निक्यौं । बस पार्क पुगेर पूर्वको टिकट काट्यौ र आवश्यक परे फेरि सेल्टर दिनेसहमतीमा छुट्टियौं । उनी गाडीको बायाँपट्टी झ्यालबाट हात हल्लाउदै बिलिन् भइन् । म उनको अधबैसी तर शाहसिलो जागर क्यानभासमा कोर्ने मनसायले कोठा प्रवेश गर्छु । जुन मैले कोरेको चित्रले उसलाई सधै युद्धमोर्चामा उभिन प्रेरित गरिरहोस् । हो म त्यही सपनापूरा हुने चित्र कोर्न सुरु गर्छु ।
२०६५ पुस ९ बुधबार ।
साभार" फेसबुक  "

सुन्दर चिजले पक्कै पनि सबैलाई लोभ्याउँछ । तपाईं सुन्दर अनुहारको राम्रो साथीको खोजीमा हुनुहुन्छ भने अब ध्यान दिनुहोला किनकि एउटा नयाँ अनुसन्धानले सुन्दरतालाई स्वार्थीपनसँग जोडेको छ । 

बि्रटेनको एडिनबर्ग विश्वविद्यालयले गरेको एक अनुसन्धानले अनुहारको सुन्दरताबाट मानिसको पहिचान गर्न सकिने यस्तो दाबी गरेको हो । अनुसन्धान अनुसार व्यक्ति जति सुन्दर हुन्छ ऊ त्यति नै स्वार्थी पनि हुन्छ । यति मात्र होइन, ऊ कसैको सहयोगमा समेत विश्वास राख्दैन तर कम सुन्दर मानिस सहयोग गर्न सदैव तत्पर रहन्छ । अनुसन्धानले राम्रो साथीको खोजी गर्दा उसको हाउभाउ र व्यवहारमा समेत ध्यान दिनुपर्ने बताएको छ ।

अनुसन्धानका क्रममा ८३ वर्ष उमेर समूहसम्मका २ सय ९२ व्यक्तिको अनुहार अध्ययन गरिएको थियो । अध्ययनमा अनुहारको मुख्यतः १५ वटा विशेषतामा ध्यान दिइयो । यसअन्तर्गत आँखा, मुख नाक र कानको स्थितिलाई सामेल गरिएको थियो । उनीहरूको अनुहारमा यी पक्षको उपयुक्त सामाञ्जस्य पाइएको थिएन । जसको अनुहारमा विषमता पाइयो उनीहरूको जीवन संघर्षपूर्ण रहेको र बाल्यकाल अप्ठ्यारोमा व्यतीत भएको थियो ।

आकर्षक देखिने व्यक्तिहरू आफनो बारेमा मात्रै सोच्ने गरेको अनुसन्धानको दाबी छ ।
सबै मान्छेले सपना देख्छन् । सपनामा अनुसन्धान गर्ने व्यक्तिहरू भन्छन् कि सपनाले जीवनमा कुनै न कुनै परिणामतर्फ संकेत गर्छ ।

यो सपना किन आउँछ ? यसको अर्थ के हो ? सपना हाम्रो चेतन वा अवचेतन मस्तिष्कको परिणाम हो वा स्वाभाविक ? यस्ता धेरै प्रश्न छन् जसको जवाफ बेलायतको सिंथिया रिचमन्डले खोज्ने प्रयास गरेकी छन् र यो प्रयासमा उनले विश्वभर तीन प्रकारका सपना सबैभन्दा बढी देख्ने पत्ता लाएकी छन् ।
पछ्याएको सपना 

धेरैजसोले देखिरहेकै सपना हो- कसैले पछ्याइरहेको । सपनामा यदि कसैले पिछा गरिरहेको छ भने 'तपाईं कुनै पनि ठूलो विषय वा व्यक्तिलाई महत्त्व दिइराख्नुभएको छैन' भन्ने बुझ्नुपर्छ । बोस्टनस्थित साइको थेरापिस्ट रिचर्ड निकोलेटीको अनुसार यो सपनाको अर्थ 'व्यक्ति आफ्नो 'इमोसन'सँग भागिरहेको छ' भन्ने लाग्छ । 

माकुरोको सपना
विश्वका हरेक कुनाका मान्छेले सपनामा माकुरा देख्छन् । सपनामा माकुरा देख्नुको पछाडि यो मानिन्छ कि त्यो व्यक्ति कुनै न कुनै काम पूरा गर्न प्रयास गरिरहेको छ । जसरी माकुरोले आफ्नो जालो बनाउँछ, त्यस्तै त्यो व्यक्ति आफ्नो काम पूरा गर्न चलखेलमा लागिरहेको हुन्छ । यसबाट व्यक्तिको योजना सफल वा असफल हुने कुरा थाहा पाइन्छ ।
आफूलाई निःवस्त्र हेर्नु
यस्तो सपनाले सरम लाग्नुतर्फ संकेत गर्दैन । यसको पछाडि कुनै ठोस कारण हुन्छ जसलाई ध्यान दिनु आवश्यक हुन्छ । अर्थात् यस्तो सपनाले हामीलाई धेरै सूक्ष्म कुरातर्फ संकेत गर्छ । यो यस्तो सपना हो जो पूरै विश्वका हरेक व्यक्ति हरेक उमेरमा कहिलेकाहीं अवश्य देख्ने गर्छ ।





Visit Us @ www.MumbaiHangOut.Org



नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |