सन् २०१२ सम्ममा हेपाटाइटिस बी लाई निर्मुल पारौं, भन्ने नाराका साथ यो दिवस वर्ल्ड हेपाटाइटिस अलाइन्सले सन् २००८ देखि मनाउन थालेको भए पनि विश्व स्वास्थ्य संगठनले भने आधिकारीक रुपमा यस वर्षपहिलो हेपाटाइटिस दिवस मनाएको हो ।
स्वास्थ्य संगठनले पश्चिम प्रशान्तीय क्षेत्रका ९ वटा मुलुकमा सन् २०१२ सम्ममा बालबालिकामा हेपाटाइटिस बीको संक्रमणलाई दइ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
हेपाटाइटिस ए, बी, सी, डी र इ गरी ५ थरीका हुन्छन् । यी मध्ये हेपाटाइटिस बी एचआईभी एड्स भन्दा पनि संक्रमणकारी र घातक भएको मानिन्छ । यो कलेजोमा लाग्ने रोग हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सर्ने गर्दछ ।
हाल विश्वको ३५ करेाड जनसंख्या हेपाटाइटिस बीबाट ग्रसित भएको स्वास्थ्य संगठनले जनाएको छ । यो रोगबाट विश्वमा प्रत्येक वर्ष१० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा करीब ३ लाख १५ हजार व्यक्ति हेपाटाइटिस बी बाट ग्रसित छन् ।
यो रोगको संक्रमण सबैभन्दा बढी १० देखि २४ वर्षा व्यक्तिमा देखिने गरेको छ ।
यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभए पनि रोग लाग्नु अगाडी नै ३ मात्रामा हेपाटाइटिस बी बिरुद्घको खोप लगाउनाले ९५ प्रतिशत रोकथाम हुने चिकित्सकहरुको भनाइ छ ।

फोहोर पानी र प्रदूषित खानपानका कारण ग्यास्ट्रोइन्टराटिस हुछ ।ग्यास्ट्रोइन्टराटिस भाइरस, ब्याक्टेरिया, परजीवीको संक्रमण वा अन्य कारणले पेट वा आन्द्रामा संक्रमण भएर हुने रोग हो । यसबाट आन्द्रा सुन्निने चिकित्सकहरूले बताए ।ग्यास्ट्रोइन्टराटिसमा बान्ता, पखालासँगै ज्वरोसमेत आउने गर्छ । यो संक्रमणमा आन्द्रा र पेट पोल्ने हुछ । यो रोगले मुख्यतः बुढापाका र बालबालिकालाई बढी प्रभावित गर्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार "स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनु" जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखाला कम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार "स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनु" जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखाला कम गर्न सकिन्छ ।
मोटोपन वा तौल कम गर्न के तपाईं भोको बस्ने वा कम खाने तरिका अपनाउनुहुन्छ ? मोटोपनबाट टाढा रहनका लागि अब भोको बसिरहन आवश्यक छैन । खानामा ध्यान लगाएर तपाईं एक महिनामै स्लिम हुन सक्नुहुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पछिल्लो अध्ययनमा 'खाना खाइरहेको बेला अन्य कुरा सोच्नुको सट्टा सम्पूर्ण ध्यान खानेकुरामै केन्दि्रत गर्दा स्लिम बन्न सजिलो हुने' तथ्य पत्ता लगाएका छन् ।उक्त अध्ययन अनुसार, जसले छेउछाउमा भइरहेका गतिविधिको कुनै पनि ख्याल नगरी धमाधम खाना खान्छ, उसको तौल औसत रूपमा ६.३ किलोग्रामभन्दा बढी कम हुन्छ ।
वैज्ञानिकहरूका अनुसार गुणस्तरयुक्त खाना (जस्तो, दही, ओखर आदि) बढी प्रभावकारी हुन्छन् । अनुसन्धानकर्ताहरूले अध्ययनमा के पाएका छन् भने, खाना जति राम्रो हुन्छ, त्यो ग्रहण गर्ने व्यक्तिको त्यति नै कम हुँदै जान्छ । तर समय लाग्छ । तपाईं छिटछिटो खाना खानुहुन्छ भने "शरीरले पर्याप्त भोजन गरिसकेको कुराको सूचना मस्तिष्कसम्म पुग्न करिब २० मिनेट लाग्छ ।" यसको अर्थ, मस्तिष्कमा संकेत ढिलो पुग्छ र बढी खाना खानुहुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार एकाग्रचित्त भएर खाँदा मस्तिष्कले शरीरसँग तालमेल बसाउँछ । यही कारण मस्तिष्कले तृप्त भएको रासायनिक सन्देश सजिलै सुन्छ ।
मोटोपन घटाउन मेलाटोनिनसुत्नु र जाग्नुलाई नियन्त्रित गर्ने हार्मोन, मेलाटोनिन तौल घटाउनमा सहयोगी हुन सक्ने एउटा अनुसन्धानमा देखिएको छ । मेलाटोनिन प्राकृतिक हार्मोन हो, जो धेरै कम मात्रामा जामुन, बदाम, सूर्यमुखीको बीउ, अलैंची, धनियाँ र चेरी जस्ता फल, मसला र सब्जीमा पाइन्छ । खानपानमा यी खानेकुरा सामेल हुँदा मोटोपना र कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग मिल्छ ।
स्पेनको युनिभर्सिटी अफ ग्रेनाडाका अनुसन्धानकर्ताहरूले मधुमेह प्रभावित मुसामा मोटोपना, कोलेस्ट्रोल र उच्च रक्तचापको सन्दर्भमा मेलाटोनिनको प्रभावको विश्लेषण गरे । मुसाका लागि मेलाटोनिन फाइदाजनक पाइयो । उनीहरूमा मुटु रोग पाइएन । अनुसन्धानकर्ताहरूका अनुसार मेलाटोनिनले मोटोपना र कोलेस्ट्रोलको बढी स्तरको कारण हुने मुटु रोगलाई रोक्नसमेत सहयोग गर्छ । यो हार्मोन मोटोपनासहित अन्य खतरासँग जुध्न पनि सक्षम छ ।
वैज्ञानिकहरूका अनुसार, शरीर छरितो बनाइराख्न खाना कम गर्नुको सट्टा स्वस्थ खाना आवश्यक छ । उनीहरूले यो निष्कर्षमा पुग्नुअघि १ लाख २० हजार व्यक्तिमा अध्ययन गरे । तीमध्ये ८३ प्रतिशत महिला थिए । अध्ययनमा पाइयो— दही, ओखर, फल र सब्जी सेवन गरे तौल कम गर्न सहज हुन्छ ।

मायामा धेरै शक्ति हुन्छ, मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । मायाप्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घिहुन जान्छ ।
अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो । तर, पेकिङ विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक माओ लिहुआ भन्छन्, "जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो मस्तिष्कको अनुभवबाहेक केही होइन । कसैप्रति आकषिर्त हुँदा जब तन्त्रिका तन्त्रका माध्यमले फेरोमोन्स मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, तब मुटुको चाल बढ्नुको साथै श्वासको गतिसमेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ र तिर्खासमेत लाग्छ ।"
अध्ययनले जो व्यक्तिले माया र प्रेमको वातावरण पाउँछ, बाँच्न अवस्था एकदमै कम भएको भए तापनि त्यस्ता व्यक्ति निकै लामो समय बाँचेको तथ्यसमेत बाहिर ल्याएको छ । प्रेमको अनुभूतिले रोगलाई सन्चो गर्ने मात्र नभएर लामो स्वस्थ जीवनका लागि सिन आवश्यक रहेको अनुसन्धानले औंल्याएको छ ।
के तपाईं निहुरेर कुचोले दिनहुँ घर सफा गर्नुहुन्छ ? लुगा धुदा, खाना पकाउँदा, भुइँ पुछ्दा बसेरै काम सक्नुहुन्छ ? पलेटी कसेर बस्ने बानी छ ? ढाड बंग्याएर कुर्सीमा बस्नुहुन्छ ? यस्तै गर्नुहुन्छ भने आफ्नो शारीरिक मुद्रा (बडी पोस्चर) मा सुधार गर्नुस् । नत्र तपाईंलाइ छिट्टै ढाड दुख्ने समस्याले पिरोल्न सक्छ ।'ढाड दुख्ने सबैभन्दा महत्त्वपूर्ण कारण नराम्रो तरिका (ब्याड बडी पोस्चर) ले काम गर्नु हो,' 'ढाड दुख्ने समस्या कुदाकुदयुक्त आधुनिक जीवनशैलीको उपहार हो ।' उनका अनुसार गृहिणीहरूले कुचोमा लट्ठी जोडेर उभिएर घर बढार्दा ढाडमा पर्ने दबाब धेरै कम हुन्छ । खाना बनाउँदा वा लुगा धुदा पनि उभिएर ती काम गर्ने गरे पिठिउँले धेरै राहत पाउँछ । ढाडमा अनावश्यक दबाब दिनु हुँदैन । अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ अर्थराइटिस एन्ड मस्कुलोस्केलटल एन्ड स्किन डिजिज (एनआईएएमएस) का अनुसार तीन महिनाको समयावधिमा एक चौथाई वयस्क अमेरिकी न्यूनतम एक दिन पिठिउँ दुखाइ अनुभव गर्छन् ।नेपालमा भने यसबारे कुनै अध्ययन नभए पनि ढाड दुखाइको एउटा अवस्थाअन्तर्गत नसा च्यापिएको डिस्कलाई छुट्याउने शल्यक्रिया बर्सेनि करिब तीन सयजति गर्ने गरेकोछ । यसले नै नेपालमा पिठिउँ दुख्ने समस्याको स्थिति बताउँछ ।
ढाड दुख्नुको मुख्य कारण ढाडको हाड र त्योसँग जोडिएको मांसपेशी हो । गलत तरिकाले बस्दा, उभिँदा, सुत्दा, काम गर्दाताका आवश्यकताभन्दा बढी दबाब पर्दा यो दुख्न थाल्छ ।'हामी आफ्नो दिनचर्याको समयमा कम्मरको दुरुपयोग धेरै गर्छौं,' 'घन्टौंसम्म ओछ्यानमा पल्टिराख्नु वा गलत मुद्रामा बस्नु, सुत्नु र उठ्नु पिठिउँ दुखाइका कारक हुन् ।'ढाड ३३ वटा ससाना हाडले बनेको हुन्छ । प्रत्येक दुई हाडको बीचमा एउटा डिस्क हुन्छ । शरीरको माथिल्लो भागको सम्पूर्ण तौल ढाडको हाडले नै सहन गर्नुपर्छ । यसैले पिठिउँ दुख्ने समस्या हुन्छ ।
'ढाडको सबैभन्दा अन्तिम हाड एल-४, एल-५ अथवा एल-५, एस-१ मा सबैभन्दा बढी तौलको दबाब हुन्छ,' 'करिब ९० प्रतिशत स्लिप डिस्क यही ठाउँमा हुन्छ ।' गर्हौं तौल उठाउँदा, खेल वा कुनै क्रियाअन्तर्गत शरीरलाई गलत रूपले तन्काउँदा वा अचानक कुनै दबाबले गर्दा स्लिप डिस्क हुन्छ ।
एनआईएएमएसका अनुसार पहिलो चोटि पिठिउँ दुखाई ३० देखि ४० वर्षको उमेरमा देखिन सक्छ । उमेर ढल्कँदै जाँदा पिठिउँ दुख्ने समस्या हुँदै जान्छ । शारीरिक रूपले स्वस्थ नभएकाहरूमा यस्तो समस्या सामान्य हो । कमजोर ढाड र पेटको मांसपेशीले पिठिउँको हाडलाई राम्ररी आधार दिन सक्दैन ।
आवश्यकताभन्दा बढी मिहिनेत गर्नुले समेत पिठिउँ प्रभावित भइरहेको हो , 'थाके पनि निरन्तर काम गर्नु पिठिउँ दुखाइलाई निम्त्याउनु हो ।' गलत तरिकाले व्यायाम गर्दासमेत ढाड दुख्न सक्छ ।उमेर वृद्धिसँगै ढाडको हाडमा कमजोरी आउन थाल्छ । 'सामान्यतयाः ४०-४५ वर्षको उमेरदेखि हाड पातलो हुने समस्या उब्जन थाल्छ,' , 'यसले गर्दा पनि ढाड दुख्छ ।' मसल वा लिगामेन्टमा दबाब परेर, गलत मुद्राका कारण, स्लिप डिस्क, ढाडमा संक्रमण, ट्युमर र अस्टियोस्पोरोसिस ढाड दुख्ने मुख्य कारणहरू हुन् ।
ढाडको हाड चोट, दबाब र कुनै पनि प्रकारको विकारले तनावग्रस्त भए समस्या हुन्छ । स्लिप डिस्कका पीडितहरूलाई पिठिउँको दुखाइ सामान्य समस्या रहेको छ । यसबाहेक पोषक तत्त्वको कमी, लामो रोग आदिले समेत पिठिउँ दुख्ने गर्छ ।शरीरमा पोषक तत्त्वको कमीले गर्दा रक्तसञ्चार प्रकृयामा गडबडी हुँदा ढाडको हाडमा बढी दबाब पर्छ र दुख्न थाल्छ । कामसँगै आराम न गर्ने, बढी परिश्रम गर्नेहरूलाई पनि ढाड दुख्ने समस्याले पिरोल्छ ।'पेट बढ्नुसमेत ढाड दुख्ने एउटा कारण हो,' डा. पन्त भन्छन्, 'बढी मोटा व्यक्तिहरू पनि पिठिउँ दुखाईले पीडित हुन्छन् ।'
हाइ हिल भएका जुत्ता, चप्पल लगाउँदा यसको सीधा असर ढाडमा पर्छ र पिठिउँमा समस्या निम्तिन सक्छ । 'बढी हिल भएका जुत्ता-चप्पल बढी समयसम्म नलगाउनुस्, यसले तपाईंको मांसपेशीमा आवश्यकता भन्दा बढी दबाब पार्छ । , 'बाहिर कडा र भित्र नरम पmलाट जुत्ता राम्रो हुन्छ । जुत्ताको बाहिरी सोल कडा हुनुपर्छ, इनर सोल नरम ।' हाइ हिल लगाउने व्यक्ति अग्लो देखिए पनि ढाडबाट होचो हुने हुन्छन्, 'अग्लो हिलका कारण ढाडलाई दबाब मात्र पर्दैन, यो लगाउनेहरू हाम्रो जस्तो नराम्रो बाटोमा लडे भने खुट्टामा समस्या देखिने सम्भावना धेरै बढी हुन्छ ।'
खाँदा, बस्दा, उठ्दा, काम गर्दा, हिंड्दा गलत शारीरिक मुद्रामा सुधार ल्याएर हामी ढाडको पीडाबाट जोगिन सक्छौं । गलत मुद्रामा बस्नु ढाडका लागि असाध्यै नराम्रो हो । सधैं आरामदायी स्थितिमा बस्दा कतै झुक्नु हुँदैन ।
पिठिउँ दुख्ने समस्यालाई सामान्य रूपमा नलिने , 'यदि तपाईं असजिलो अनुभव गर्नुहुन्छ भने विशेषज्ञको सल्लाह लिनोस् । समयमै उपचारले यसबाट हुन सक्ने सम्भावित जटिलताबाट मात्र बच्न सकिँदैन, पीडासमेत हटाउन सकिन्छ ।'