• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
सञ्जिवनी















भाइरस इन्फेक्सनबाट आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राख्नका लागि निम्न प्रक्रिया अपनाउनुहोस ।

गर्मी समयमा अंगुर खानाले तत्कालका लागि चिसोको अनुभव त गराउँछ नै साथै यसले शरीरलाई स्वस्थ राख्नका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्छ । अंगुरको सेवनबाट अपच, थकान, कब्जियतलगायतका बिरामीका लागि तत्काल राहत मिल्छ । साथै यसको सेवनले आँखालाई मोतिबिन्दु जस्तो खतरनाक रोग लाग्नबाट समेत बचाउँछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ ।

अंगुरको सेवनबाट हुने केही फाईदाहरु:
दमको समस्या: दमको समस्या हुने मानिसहरुका लागि अंगुरको सेवनले निकै फाईदा पुर्याउँछ । अंगुरमा हुने पानीको मात्राले फोक्सोमा पानीको अभावलाई पुरा गर्छ जसले गर्दा दमको सम्भावनालाई कम गराउँछ ।

माइग्रेन: पाकेको अंगुरको रस खानाले माइग्रेन लगायतका समस्यामा आराम मिल्छ । प्रत्येक दिन बिहान एक गिलास अंगुरको जुस खानाले माइग्रेनमा फाईदा हुन्छ ।

मुटु रोग: अंगुरको नियमित सेवनले मानिसको रगतमा नाइट्रिक अक्साईडको मात्रलाई नियन्त्रण गर्छ । एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर खाएमा हृदयघातको समस्या बाट जोगिन सकिन्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ र हृदयघात हुने

समस्या न्युन हुन्छ । अंगुरको सेवनले स्तन क्यान्सर हुनबाट समेत जोगाउँछ । कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न दिँदैन ।

कब्जियत: अंगुरमा पाइने अग्र्यानिक एसिडले पाचन प्रक्रियालाई नियमित गर्न र भोजनलाई पचाउनमा सघाउँछ ।  दैनिक ३५० ग्राम अंगुर सेवन गर्नाले पाचन प्रक्रियालाई नियमित र स्वस्थ राख्न मदत गर्छ । अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले पाचन संयन्त्र बलियो बनाउने, शरिरमा स्फूर्ति जगाउने, कपाल, आँखा र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।

हड्डिका विमारीका लागि: अंगुर कपर र आइरनका लागि निकै राम्रो स्रोत मानिन्छ । जुन हड्डिका निर्माण र बलियो बनाउनका लागि निकै अत्यावश्यक हुन्छ । अंगुरको नियमित सेवन गर्नाले हड्डी खिइने लगायतका समस्यामा उपयोगी साबित हुन्छ ।

थकाई लागेमा: अंगुरको जुस पिउनाले शरीरमा आईरन र मिनरल्सको मात्र बराबर बन्छ । जसले गर्दा थकाई जस्ता समस्यालाई टाढा राख्ने गर्छ । एनिमिया जस्ता समस्याबाट छुट्कारा पाउनका लागि पनि अंगुरको सेवनले मद्दत गर्छ । साथै यसले दिमागलाई समेत क्रियाशिल बनाउन मद्दत गर्छ ।

सुगर: सुगरको समस्या हुनेहरुका लागि पनि अंगुर फाइदाजनक हुन्छ । अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ । अंगुरको सेवनले सुगरको मात्र घटाउँने हुँदा यसको नियमित सेवन सुगरका बिरामीका लागि उपयोगी हुन्छ । अंगुरमा भिटामिन, क्याल्सियम, पोटासियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ । यसको नियमित सेवनबाट छालाको सौन्दर्यता, रुघाखोकीका समस्याबाट छुटकारा पाउनु जस्ता फाइदा हुन्छ ।

अल्जाइमर: अंगुरमा पाइने रेसवेराट्रल नामक तत्वले अल्जाइमरको रोगीका लागि फाइदा पुर्याउँछ । नियमित अंगुरको सेवनले दिमागलाई स्वस्थ बनाउन र मानिसको स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ । 

पेठको जलनः पेटमा गर्मी  भएको बेला त्यसलाई शान्त पार्न राति २० दाना अंगुर पानीमा भिजाउने र बिहान त्यसको रसमा सखर मिसाएर खाएमा आराम हुन्छ । तर पेट खाली भएको अवस्था चाहिन्छ । यसका साथै भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत बढाउन सहयोग गर्छ । पेटको वायु नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ ।

रक्तस्रावः रक्तस्रावको समस्या भएका व्यक्तिले एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ ।

फंगल इन्फेक्सनः अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, अल्जाइमर्स, कोरोनरी डिजिज, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: अंगुरमा पाइने भिटामिन ए र सीको कारण मानिसको प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी लगायतका संक्रमणबाट हुने समस्याबाट छुट्कारा दिलाउँछ । अंगुरको नियमित सेवनले मोतिबिन्दु, किड्नी, छालाको समस्या, दाग धब्बा लगायतका समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ ।  अंगुरले घाउ, खटिरा निको पार्न सहयोसहयोग गर्छ । अंगुरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या बाट छुटकारा पाइन्छ ।  नुन र मरिच घोलेर अंगुरको जुस खाएमा एसिडिटी र बान्ता आउने समस्यामा फाइदा पुग्छ ।

हाडे बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका छिप्पिएका पातहरू साधारणया फुस्रा अथवा खरानी रंगका हुन्छन् । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई हाडे बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ । 
हाडे बदामको गुण
बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । 
गर्भवती अवस्थामा हाडे बदामः
पोषणका रूपमाः हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।

दिमागका लागिः दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।

शरीरको शीतलताको लागिः पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।

हेमोग्लोबिनको स्रोतः बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।

बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार–बार बिर्सिने समस्या बाट ग्रस्त र हैरान भै रहनुभएको छ भने अपनाउनुस तल दिएका उपायहरु...
१. दालचीनीको धुलो पाउडर १० ग्राम मह ९कस्ती० मा मिलाएर चाटनुस, यसले कमजोर दिमागको राम्रो औषधी गर्छ । अदूवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर समझना शक्ति भएकाकोलागि लाभदायक हुन्छ।  
 २. आधा खाना खाई सके पछी हरियो अमलाको रसमा ३० ग्राम पानि मिसाएर पिउनुस् । फेरी आधा खाना खानुस् । यसरी २१ दिन सेवन गर्नु सम्झना शक्ति बढ्छ । 
३. ओखरले पनि स्मरण शक्ति बढाउनमा फाईदा गर्छ । यसको नियमित सेवन फाइदा जनक हुन्छ । २० ग्राम ओखर र साथमा १० ग्राम किशमिश पनि लिन सक्नु  हुन्छ ।
४. बदाम ५ वटा बेलुका पानीमा भिजाई बिहान बोक्रा निकाली पिसेर लिदो बनाउँनु, अनि त्यसमा २ चम्चा मह पनि मिसाउनु । अब एक गिलास तातो दूध्दमा बदामको पेस्ट राखेर हलाउनुस र सेवनगर्नुस । यो मिश्रित दुध्द पिएर दुई घण्टा सम्म केहि नखानुस् ।
५. ब्राह्मी दिमागको शक्ति बढाउने प्रख्यात जडिबुटी हो। हरेक दिन यसको एक चम्चा रस पिउदा लाभदायक हुन्छ, यसको ७ वटा पात चपाएर खाँदा पनि त्यहि लाभदायक हुन्छ, ब्राह्मीमा एन्टी ऑक्सीडेंट तत्व पाईन्छ जसलेदिमागको शक्ति बढाउँन थाल्छ ।

नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |