• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
१. कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार ल्याउँछ
हालै भएका अनुसन्धानले महिनामा एकपटक या सोभन्दा कम सेक्स गर्नेभन्दा हप्तामा दुईपटक सेक्स गर्नेहरुमा हृदयाघातको सम्भावना कम भएको पाइएको थियो ।

२. रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँछ
नियमित सेक्स गर्नाले शरीरमा रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँने एन्टिबडी इम्युनोग्लोबुलिन वृद्धि गर्छ र रुघा, ज्वरोजस्ता रोग लाग्नबाट बचाउँछ ।

३. तनाव हटाउँछ
जसले नियमित रुपमा बेडरुम क्रियाकलाप गर्छ या नियमित सेक्स गर्छ, त्यस्ता मानिसमा तनाव हुँदैंन र सधैं खुशी रहन्छन् ।

४. पीडा हटाउँछ
सेक्सका क्रममा जब मानिस चरमोत्कर्षमा पुग्छ, त्यतिबेला शरीरमा अक्सिटोसिन नामक हर्मोन ५ गुणाले वृद्धि हुन्छ । यसले शरीरका पीडालाई बिर्साउँछ ।

५. आयु बढाउँछ
मानिस चरमोत्कर्षमा पुगेका बेला डिहाइड्रोइपियान्ड्रोस्टेरोइन नामक हर्मोन निस्कन्छ । जसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, शरीरका तन्तु मर्मत गर्छ र छाला स्वस्थ बनाउँछ । जुन पुरुष कम्तीमा साताको दुईपटक चरमोत्कर्षमा पुग्छ, उनीहरुको आयु पनि बढ्छ ।

६. रक्तसञ्चार वृद्धि गर्छ
सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।

७. राम्रोसंग निद्रा लाग्छ
नियमित सेक्स गर्ने मानिसले आराम महसुस गर्ने हुनाले निद्रा पनि राम्रोसंग लगाउन मद्दत गर्छ ।

८. समग्र फिटनेशमा वृद्धि गर्छ
यसले मानिसको फिटनेशमा पनि वृद्धि गर्छ । आधाघण्टा सेक्स गर्नाले ८० क्यालोरी शक्ति खर्च हुन्छ । यस्तै, यसले मांसपेशी र हड्डी पनि मजबूत बनाउँछ । स्वास्थ्य खवर पत्रिका
पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्‍याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै  समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । 
पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? 
१. ब्याक्टेरियाको जोखिम : मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको  उत्पादनमा भर पर्छ । यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ । जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।

२. पत्थरी हुने डर : पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई  मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गर्‍यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।

३. मुत्रमार्ग संक्रमणको जोखिम : कहिल्यै पनि पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।

४.इन्टस्र्टिशल सिस्टाइटिस : यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ । अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ ।

५.मिर्गौला फेल :  पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पुर्‍याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् । यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु  सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।

६. पिसाबको रंग गाढा हुन्छ : लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थको सेवनले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।

७. पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ :  यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ । स्वास्थ्य खवर पत्रिका
भविष्यमा यस्तो समय पनि आउनेछ जब तपाईं पानीबाट चल्ने मोटरसाइकलमा सवार हुनुहुनेछ किनभने यस्तो मोटरसाइकल भारतका १० कक्षामा पढ्ने एक छात्रले बनाइसकेका छन् ।

पानीबाट चल्ने विशेषताबाहेक यो बाइकले दिने माइलेज पनि उत्कृष्ट छ । यो मोटरसाइकल एक लिटर पानीमा २५० किलोमिटर चल्दछ । पानीबाट चल्ने भएका कारण यो मोटरसाइकलमा कुनै पनि दुर्घटनाको खतरा हुने छैन । यो बाइकको अर्को विशेषता भनेको यसलाई बनाउन ३,०४० रुपैयाँ खर्च भएको छ ।

नित्याशिष भंडारी नामका यी छात्रले बनाएको यो मोटरसाइकललाई ४२ औँ स्टेट लेभल साइन्स म्याथम्याटिक्स एण्ड इन्भायरमेन्ट एक्जिबिसन–२०१५ मा प्रदर्शनको लागि राखिने बताइएको छ । भंडारीले पेट्रोल बाइकलाई परिवर्तन गरेर त्यसलाई पानीबाट चल्ने बनाएको छ । उनले यो बाइकलाई पानीबाट चलाउनका लागि अक्सी हाइड्रोजन सेलका तीन प्लेट्स ३/७ इन्जिनमा फिट गराए जसले पानीलाई अक्सी हाइड्रोजन ग्याँसमा परिवर्तन गर्ने गर्दछ । यद्यपी, यो बाइकलाई एकपटक स्टार्ट गर्न भने पेट्रोलको आवश्यक पर्छ ।

नित्याशिषका अनुसार यो किटलाई कारमा पनि लगाउन सकिन्छ जसले साना कारहरु निकै सजिलो तरिकाले चलाउन सकिन्छ । यो किटमा समुन्द्री वा डिजिटल वाटको प्रयोग गर्न सकिनेछ । 
नियमित व्यायाम मांसपेशीलाई नियमित व्यायामको आवश्यकता पर्छ। उचित व्यायामले शरीरमा अक्सिजन प्राप्त हुन्छ। 

नियमित व्यायामले फुर्ती बढ्नुका साथै शक्ति पनि प्राप्त हुन्छ। व्यायाम गर्ने मानिसले काम गर्दा थाकेको महसुस गर्दैन। व्यायाम विभिन्न किसिमका हुन्छन्। 

यौगिक व्यायाम, खेलाडी व्यायाम, आधुनिक व्यायाम एवं घरायसी व्यायाम यसका केही रूप हुन्। यौगिक व्यायामका लागि योगगुरुसँग सम्पर्क राख्नुपर्छ।

खेलाडी व्यायाम खेलाडीसँग सम्बन्धित व्यायाम हो। आधुनिक व्यायाम भन्नाले प्रविधिले बनाएका विद्युतीय सामग्रीबाट गरिने व्यायाम हो भने घरेलु व्यायाम भन्नाले घरधन्दाको कामलाई नियमित गर्ने व्यायाम हो।
धूम्रपानको त्याग
वैज्ञानिकहरूले धूम्रपान गर्ने मानिसमा साधारण व्यक्तिमा भन्दा दुई गुणा बढी हृदय रोग लाग्ने कुरा पत्ता लगाएका छन् । धूम्रपान त्याग गरेको १० वर्षपछि मात्र बिरामीहरू यस्तो खतराबाट मुक्त हुन्छन्। धूम्रपानको माध्यमबाट साधारण खोकी लाग्ने लक्षण देखापर्दै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । महिलाहरूमा पनि धूम्रपान गर्ने प्रवृत्ति बढ्दै गएको छ भने सहरी क्षेत्रमा पुरुषहरू बढी धूम्रपान गर्छन्।

तौलको नियन्त्रण

वजन आवश्यकभन्दा बढी छ भने मुुटुमा नकारात्मक प्रभाव पर्नसक्छ। बढी तौल हुने व्यक्तिको धड्कन कम तौल हुने व्यक्तिको तुलनामा बढी हुन्छ। व्यक्तिको तौल बढ्नुमा अनियन्त्रित खाना एवं व्यायामप्रति ध्यान नदिनु प्रमुख कारण हुनसक्छन्। फलस्वरूप रोगले सजिलै आक्रमण गर्छ। यसबाट बच्न ताजा फलफूल, हरियो सागपात, सन्तुलित भोजन तथा नियमित व्यायाममा ध्यान दिनुपर्छ। 
सुन्तलामा भिटामिन सि लगायतका पोषण तत्वहरू निकै पइन्छन । तपाइँ हामीहरू सुन्तलाको बोक्रा छोडाएर त्यसलाइ फ्याँक्छौँ र गुदीमात्र खाने गर्दछौं, तर के तपाइँलाइ कहिल्यै थाहा छ कि यति मिठो फल सुन्तलाको बोक्रा पनि मानिसहरूका लागी निकै उपयोगी हुने गर्दछ । 

बहुउपयोगी सुन्तलाको बोक्रालाइ अबदेखि नफ्याँकी यसलाइ प्रयोगमा ल्याउनुहोस यस्ले गर्छ तपाईलाई फाइदा ।
तपाइको अनुहारमा दाग तथा धब्बा छ भने सुन्तलाको बोक्रालाई मसिनो गरि पिँधेर त्यसको लेदोमा गुलाव जललाइ मिश्रण गरी लेप बनाएर अनुहारमा नियमित रुपमा लगाउँनाले अनुहारका दागधब्बा हराएर  जान्छ । 

सुन्तलाको बोक्रामा छालालाइ शुद्धिकरण गर्ने तत्व प्रचुर मात्रामा पाइन्छ । साथै यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व समेत पाइन्छ । यसका लागी सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दहीलाइ मिसाएर छालामा लगाउनुहोस । यसो गर्नाले मानिसको शरीरको छाला चम्किलो तथा नरम बन्ने गर्दछ । यसका साथै तपाइँ अनुहारको छाला बढि चिल्लो भएर चिन्तित हुनुहुन्छ भने पनि सुन्तलाको बोक्रा वरदान सावित हुन सक्दछ । यसलाइ पिँधेर त्यसमा बेसन मिसाएर त्यसको लेपन अनुहारमा गर्नाले यसले फाइदा पुर्याउँदछ । 

कतिपय मानिसहरू कपाल एकदम खश्रो तथा जर्जर हुने समस्याले चिन्तित हुन्छन । यस्तोमा केशलाई सुन्दर तथा सिल्की बनाउका लागि सुन्तलाको बोक्राले निकै सहयोग गर्दछ । यसका लागी सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्दछ । यसपछि केहीबेर सुक्न दिनुपर्दछ, अनि मज्जाले कपाल सफा गर्ने गर्नु पर्दछ । यसो गर्नाले कपाललाई मुलायम तथा चम्किलो बनाउन सकिन्छ ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण समेत हुन्छ । मानिसहरूमा हुने अपच, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्याहरूका साथै पेटमा पर्ने जुकाका लागी समेत सुन्तलाको बोक्रा खाँनाले फाइदा गर्दछ । 
सुन्तलाको बोक्रा को प्रयोग हृदयरोगको निवारणमा समेत गर्न सकिन्छ । रगतमा उच्च कोलेस्टेरोलको मात्रा जस्तो समस्या हुनेहरूका लागी यसको बोक्रा खानु लाभदायक हुने गर्दछ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खानाले फाइदा पुर्याउँदछ । यसका साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि समेत फाइदा पुर्याउने गर्दछ ।  विज्ञहरुको भनाइ छ ।

सुन्तलाको बोक्राले निद्रा नलाग्ने समस्या भएकाहरुलाइ समेत फाइदा पुर्याउँदछ । यसका लागी सुन्तलाको बोक्राको सेवन गर्नुपर्दछ । जसले अनिद्रा हटनुका साथै गहिरो निद्रा समेत पर्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको विज्ञहरूले जनाएका छन ।  

नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |