नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ ।
त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।
नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
नरिवलको पानी पिउनुको अर्को फाइदा भनेको यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।
सधैं हाँसीखुसी रहने बालबालिका ठूलो भएपछि धनी बन्छन् । प्रसन्न रहने किशोरहरूले वयस्क भएपछि बढी कमाउँछन् ।
यो अनुसन्धान अमेरिकामा १५ हजार किशोर र बालबालिकामा गरिएको हो । अनुसन्धानमा पाइए अनुसार, जसमा सकारात्मक प्रभाव वा सन्तुष्टि उच्च हुन्छ, पछि गएर उनीहरूको आम्दानी बढी हुन्छ । सकारात्मक प्रभाव खुसी नाप्ने प्राविधिक उपाय हो ।
युनिभर्सिटी कलेज लन्डनका डा. जान एमानुएल डे नेवे र युनिभर्सिटी अफ बारबिकका परा. एन्ड्रयु ओसवाल्डको नेतृत्वमा यो अनुसन्धान गरिएको हो । अनुसन्धान अनुसार, खुसी रहने व्यक्ति बढी धनी हुने पाइयो किनभने प्रशन्न व्यक्तिलाई डिग्री मिल्ने, काम मिल्ने सम्भावना बढी हुन्छ । यस्तै, खुसी रहने व्यक्तिलाई उदास रहने उसका सहकर्मीहरूको दाँजोमा बढुवा मिल्ने सम्भावना समेत बढी हुन्छ ।
बढी खुसीको ठूलो वित्तीय प्रभाव हुन्छ । जस्तै, २२ वर्षको उमेरमा जीवन सन्तुष्टिमा एक अंकको वृद्घि (पाँचको स्केलमा) को सम्बन्ध २९ वर्षको उमेरमा वर्षेनि करिब दुई हजार डलर बढी कमाइसँग हुन्छ ।
अनुसन्धानकर्ताहरूले कतिपय परिवारमै गएर पनि अध्ययन गरे । उनीहरूले भनेका छन्, एउटै परिवारमा समान पालनपोषण गरिएका बालबालिकामा पनि तिनको खुसीको अनुपातमा आम्दानीमा भिन्नता पर्दो रहेछ भनेर कान्तिपुर लेख्छ ।
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
कारणहरु एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ।
एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।
यसको उपचार अप्रेशन मात्र भएको हुदा जति सक्दो छिटो अस्पतालमा लग्ने बेवस्था गर्नुपर्छ ,अन्येथा बिरामीको ज्यान जान सक्दछ जसमा त्यो appendix लाई काटेर निकालिन्छ । साभार नर्स नेपाल फेसबुक पेज
बिनायो एक किसिमको नेपाली बाजा हो जो छिप्पिएको मालिङ्गोबाट बनाइन्छ। बाँसको सानो - लगभग छ ईन्चको भाटाको बिचमा खोपेर जिब्रो निकालि दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाएको हुन्छ । यसरी बनाएको बिनायोलाई जिब्राको अगाडि पट्टीको लामो डोरीलाई झड्कारेर बजाईन्छ ।
यसरी बजाउँदा विभिन्न भाका निकाल्नलाई बिनायोलाई मुखको दुबै ओठमा राखी भित्रवाट हावाको धक्काद्धारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ ।
यो बाजा किराँत राई महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोकिन्छ । यसरी बोकेको बिनायोलाई मेलापात वा हाटबजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुई जिब्रो भएको बनाउन छाडिएको छ ।
विनायो बाजाको अावाज
प्रकाशितः फागुन १३,२०७०









