• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
सिएनएन हिरोका लागि अगामी वर्ष सरकारीस्तरबाट आवेदन दिइने भएको छ ।
वडास्तरमा महिला स्वास्थ्यसेविकाले निःशुल्करुपमा प्रवाह गरिराखेका स्वास्थ्य सेवाका बारेमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन महिला स्वास्थ्यसेविकालाई सिफारिस गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो(”महिला स्वास्थ्यसेविकाका योगदानलाई लिएर हामी पनि सिएनएन हिरोका लागि निवेदन दिन्छौँ ।”

नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको आवेदनमा नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरोबाट सम्मानित भइसक्नुभएको छ ।

समुदायका स्वास्थ्य समस्या सरकारसमक्ष र सरकारका स्वास्थ्य सेवाका कार्यक्रम समुदायसमक्ष पुर्‍याउन महिला स्वास्थ्यसेविकाहरुले सेतुका रुपमा भूमिका निर्वाह गरिराखेका छन् । विसं २०४७ देखि सुरु यस कार्यक्रमबाट हाल ५२ हजार महिला स्वयम्सेविकाले एक करोड जनतालाई प्रत्यक्ष सेवा पुर्‍याइराखेका छन् । आधारभूत स्वास्थ्य सेवाअन्तर्गतका परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, खोप, भिटामिन ए क्याप्सुल वितरण, झाडापखाला नियन्त्रण, गर्भवती महिलालाई आइरन चक्की वितरणजस्ता काम समुदायस्तरमा उनीहरुले निःशुल्करुपमा गरिराखेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रि राजेन्द्र महतोले महिला स्वयंसेविकाहरुको योगदानकै कारण
स्वास्थ्य सुचकहरुमा उल्लेख्य सुधार आएकाले उनीहरुको सम्मान गर्न राज्य चुक्न नहुने वताउनुभएको छ ।
नवौ राष्ट्रिय महिला स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग टेकुमा भएको कार्यक्रममा उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा सुविधा वृद्धि गर्न आफुले पहल गर्ने आश्वासन दिनुभयो ।

मन्त्री महतोले स्वयंसेविकाहरुले राखेको विमाको व्यवस्था हुनुपर्ने,भत्ता दिनुपर्ने,समय अनुकुल तालिमको व्यवस्था हुनुपर्ने लगायतका माग जायज रहेको भएपनि पुर्ण बजेट नआएकाले पुरा गर्न समस्या भएको बताउनुभयो ।

कार्यक्रममा गत आर्थिक वर्षमा राम्रो सेवा उपलव्ध गराएका देशभरका १६ जना स्वयंसेविका रुलाई पुरस्कृत पनि गरिएको थियो ।

हरेक वर्ष डिसेम्वर ५ का दिन अन्र्तराष्टिय स्वयंसेविका दिवस मनाउने गरिन्छ ।  नेपालमा अन्र्तराष्ट्रिय स्वयंसेविका दिबसकै दिन राष्ट्रिय महिला स्वास्थ्य स्वयंमसेबिका दिबस मनाइन्छ ।

आर्थिक बर्ष २०४५–४६ मा २७ जिल्लावाट सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अहिले ७५ वटै जिल्लामा लागु गरिएको छ । देशभर करिव ५२ हजार स्वास्थ्य स्वमसेविका रहेका छन् । 

स्वास्थ्य स्वयंसेविका ो योगदानका कारण नेपालमा वालमृत्युदर तथा मातृमृत्युदरमा कमी आएको छ ।
नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको छ । भ्रष्टाचार सम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको हो ।  बढी भ्रष्टाचार हुने मुलुकलाई क्रमशः सूचीमा तल्लो स्थानमा राखिएको छ । एक सय सूचाङक राखेर मुल्यांकन गरिएको सय अंकले न्यून र ० अंकले अधिकतम भ्रष्टाचार जनाउँछ । नेपालले २७ अंक प्राप्त गरेको छ ।

डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कुल एक १ सय मध्ये ९० अंक प्राप्त गरी कम भ्रष्टाचार हुने सूचीम छन् । अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टचार हुने मुलकका रुपमा सूचिकृत भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र आफगानिस्तान  नेपाल भन्दा पछाडि छ । भुटानले  ६४, श्रीलंकाले ४०, भारतले ३६, पाकिस्तानले २७ र बंगलादेशले २६ अंक प्राप्त गरेका छन् ।

राजनीतिक संक्रमणको बहानामा सरकार, राजनितक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो ।
जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।

सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।

उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर  थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’ नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।


नेकपा एमाले परित्याग गरेका नेता अशोक राईको नेतृत्वमा आज, संघिय समाजवादी   नामको नयाँ पार्टीको घोषणा गरिएको छ ।  नयाँ पार्टीको सिद्धान्तमा मत बाझिएपछि राईले कम्यूनिष्ट विचारधारा बोकेका नेतालाई समेटेर  पार्टी घोषणा गर्नुभएको हो ।
राजधानीमा पत्रकार सम्मेलन गरि ९८ सदस्यीय  केन्द्रीय तदर्थ समिती रहेको पार्टि घोषणा गरिएको छ । पार्टिको उपाध्यक्षमा बिजय सुब्बा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, बिरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, मोहम्मद रिजवान अन्सारी र गोपाल ठाकुर रहनुभएको छ । यस्तै नयाँ पार्टीको  महासचिवमा राजेन्द्र  श्रेष्ठ तथा उपमहासचिबमा अजम्बर काङमाङ राई र नोर्साङ लामा रहेको जानकारी दिईएको छ । यस्तै सचिबमा रामसिं यादब र डिबी नेपालीलाई राखिएको छ ।

 नब घोषित संघिय समाजबादी पार्टीले केन्द्रीय सल्लाहकार समितीको अध्यक्षको जिम्मेवारी मंगलसिद्धी मानान्धर, अनुशासन समितीको रणध्वज कन्दङवा, निर्बाचन समितीको राजकुमार राई र लेखापरिक्षण समितीका जिम्मेवारी  शुसिला श्रेष्ठलाई दिएको छ ।

नयाँ पार्टी माक्र्सवादी कि समाजवादी विचारधारामा आधारित बनाउने भन्नेमा विवाद भएपछि काँग्रेस परित्याग गरेका नेता कुमार राई तथा  पार्टी निर्माण कार्यदलका संयोजक चैतन्य सुब्बा भने नयाँ पार्टीमा सहभागि भएका छैनन ।

नयाँ दल निर्माणका लागि गठन गरिएको कार्यदलका संयोजक सुब्बाले अशोक राई नेतृत्वले परम्परागत माक्र्सवादी सिद्धान्त नछाडेकाले आफुहरु नयाँ पार्टीमा सहभागि नहुने बताउनुभयो ।

संघिय समाजबादी पार्टीमा एमाले, नेकपा माले, माले समाजबादी लगाएत जनजातीका पक्षमा वकालत गर्दै आएका केहि स्वतन्त्र ब्यक्तिहरुको सहभागीता छ । सार्बजनीक गरिएको  तदर्थ समितीमा धेरै अनुहार जनजाती र मेधेशि रहेका छन् ।

संघिय समाजवादी पार्टिको कमिटीको पूर्ण विवरण :-
सङ्घीय समाजवादी पार्टी, नेपाल
केन्द्रीय तदर्थ समिति
२२ नोभेम्बर, २०१२
२०६९ मंसीर ७ विहीवार
१. अशोककुमार राई – अध्यक्ष
२. विजय सुव्वा – उपाध्यक्ष
३. दुर्गामणी देवान – उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक – उपाध्यक्ष
५. वीरवहादुर लामा – उपाध्यक्ष
६. रकम चेम्जोङ – उपाध्यक्ष
७. हेमराज राई – उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी – उपाध्यक्ष
९. गोपाल ठाकुर – उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ – महासचिव
११. अजम्वर राई काङमाङ – उपमहासचिव
१२. राधा तिमिल्सिना – उपमहासचिव
१३. नोर्साङ लामा – उपमहासचिव
१४. मिना गुरुङ – सचिव
१५. होरीलाल चौधरी – सचिव
१६. कर्णवहादुर वुढा मगर – सचिव
१७. रामसिं यादव – सचिव
१८. डि.वि. नेपाली – सचिव
१९. डा. मंगलसिद्धि मानन्धर – अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा – अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई – अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ – अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा किसान
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. राज मोहम्मद अन्सारी
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. कर्णवहादुर वुढा मगर
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीरास गुरुङ
९८. कुमवहादुर तामाङ

नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |