• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
महिला अधिकारका विषयमा भएका बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा बिभिन्न महिला अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीको अथक प्रयास अनुरूप सन् २००२ मा नेपालमा सुरक्षति गर्भपतनले कानुनी मान्यता पायो । नीति निर्माण प्रक्रिया पूरा गरेपश्चात सन् २००४ मा प्रसूतिगृह थापाथलीबाट उक्त सेवाको सुरुवात गरियो । गर्भपतनले कानुनी मान्यता पाउनु अगाडिको भयावह स्थितिलाई एकछिन हेर्ने हो भने बल्ल हामीले यसको महत्वलाई बुझ्न सक्छौ । कैयौ महिलाले गर्भपतन गरेकै कारण जेलमा जीवन बिताइरहनुपरेको छ भने कैयौ महिला असुरक्षति तरिकाले असुरक्षति स्थानमा गर्भपतन गरेको कारण मृत्युको मुखमा पुगेका छन् ।



सन् १९९१ को तथ्यांक हेर्ने हो भने मातृ मृत्युदर ५१५९ प्रतिहजार जीवित जन्ममा, लक्ष्य रहेको थियो भने गर्भपतनले कानुनी मान्यता पाएपछि उक्त मृत्युदरमा केही सुधार देखिएर सन् २००६ मा २८१ रहेको छ, जुन घट्दो गतिमा छ । अझै पनि असुरक्षति गर्भपतनले मातृ मृत्युदरको ५५ हिस्सा ओगटेकोछ । स्वास्थ्यजस्तो गंभीर विषयमा राज्यबाट के कस्ता नीतिनियम बनेका छन्, एकपटक सबैले बुझ्ने बेला आएको छ । महिलाको नितान्त नैसर्गिक प्रजनन अधिकारलाई कानुनको दायराले यसरी फराकिलो पारेको छ ।
गर्भपतनका लागि कानुनले तीनवटा आधार तोकेको छ ।

जसअनुसार : गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, जबर्जस्ती वा हाडनाता करणीबाट रहेको १८ हप्तासम्मको र महिलाको ज्यानमाथि खतरा हुने वा शारीरिक अथवा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने भएमा वा विकलांग बच्चा जन्मन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भलाई पतन गर्न सकिन्छ । तर गर्भवती महिलाको स्वीकृतिबिना र भ्रूण छोरी वा छोरा पहिचान गरेर गर्भपतन गर्न पाइँदैन ।

यति प्रस्ट रूपमा कानुनमा उल्लेख गरेअनुरूप हरेक स्वास्थ्य संस्थाबाट सुरक्षति गर्भपतन सेवा प्रदान गर्ने उद्देश्यअनुरूप सरकारले सेवाप्रदायकहरूलाई बेलाबेलामा यससम्बन्धी तालिम दिने गरेको छ । स्वास्थ्य संस्थाबाट ८ हप्तासम्मको गर्भलाई औषधीको प्रयोगबाट हटाउन सकिने सेवा पनि प्रदान भइरहेको छ । सरकारी अस्पतालबाट एक हजार शुल्कमा यो सेवा लिन मिल्ने भए तापनि सेवाग्राहीहरू सोचेअनुरूप अस्पतालमा आएको पाइंदैन । राज्यबाट सुरक्षति गर्भपतनसम्बन्धी विशेष व्यवस्था तथा सेवा सञ्चालन भए पनि केही पर्दा पछाडिका कुरा छन्, जसले गर्दा सेवाग्राही सेवा लिन जान सक्दैनन् ।

ठूलो हिस्सा ओगटेका महिलाहरू, विशेषगरी आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिलाको स्वास्थ्य छेत्रमा पहुँच नपुगेसम्म सुरक्षति गर्भपतन तथा सुरक्षति मातृत्व सेवा प्रभावकारी नहुन सक्छ । ग्रामीण भेगका महिलाहरू अझै पनि गर्भपतनले कानुनी मान्यता पाएको कुराबाट अनभिज्ञ छन् । गर्भपतन भन्ने बितिकै संकीर्ण सोच राख्ने हाम्रो परम्पराले गर्दा जस्तोसुकै अवस्थामा पनि सेवाग्राहीले यसलाई गोप्य राख्ने प्रयास गर्छन् । जसको प्रत्यक्ष फाइदा लिइरहेका छन्, अवैधानिक गर्भपतन केन्द्रहरूले । सरकारबाट सूचीकृत प्रमाणपत्र नालिएका सेवाप्रदायक तथा सूचीकृत नभैसकेका स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु आफ्नो ज्यान जोखिममा पुर्याउनु हो ।

अवैधानिक स्थानमा मनपरी सेवाशुल्क लिएर गर्भपतन गर्ने, गराउने र तत्पश्चात उत्पन्न हुने जटिलता र अधुरो गर्भपतनका कारण महिनौसम्म रगत बग्ने समस्या लिएर बिरामीहरू अस्पताल धाउने गरेको देखिन्छ । यसबाट एकतर्फ महिलाले उक्त सेवा लिन आफ्नो नाककानमा लगाएको गहना बेचेर चर्को शुल्क तिर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ ज्यानै जोखिममा परिरहेको छ । पुरुषवादी सोच, शक्ति संरचनाको असमानता, शिक्षा र आर्थिक पहुँचमा कमी भएकै कारण महिलाले आफ्नो प्रजनन अधिकारको अभ्यास गर्न पाएका छैनन् ।
कुनैपनि महिला पक्कै एक्लै र आफै त गर्भवती भएकी हुदैनन्, त्यसमा कुनै पुरुष त अवश्य संलग्न हुन्छन्नै तर पीडित किन महिला मात्र हुन्छन् यसरी कुनै न कुनै रूपमा पुरुषले फकाएर, धम्काएर, घुर्काएर तथा मनोरञ्जन लिने सिलसिलामा दुबैजनाको सम्बन्धबाट गर्भ बस्न पुग्छ, तर किन पीडित महिला मात्र हुन्छिन्, यहि समाजमा उक्त पुरुष सधै छाती फुलाएर समाजमा हिंड्न सक्छ, तर ती महिलाचाहिं सधै मुख लुकाएर बस्नुपर्ने स्थिति छ ।

औषधीबाट गर्भपतन गराउन सकिने कानुनी प्रावधान पाएपछि जथाभाबी रूपमा औषधी बिक्री वितरण भइरहेकाले महिलाको प्रजनन स्वास्थ्यमा नराम्रो असर परिरहेको छ । महिलाको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध रहेको सुरक्षति गर्भपतन सेवा तथा सुरक्षति मातृत्व विषयमा सेवाप्रदायक तथा जनमानसमा कस्तो किसिमको सम्वेदनशीलता, ज्ञान तथा चासो छ, एकपटक गंभीरतापूर्वक सोच्ने बेला भएको छ ।
अमेरिकाले तानाशाहको बिल्ला भिराउँदै हत्या गरेका लिबियाका पूर्व नेता कर्णेल मुआमार गद्दाफीका विषयमा विभिन्न रोचक तथ्यहरु यसअघि पनि सार्वजनिक भएकै हुन् ।
कतिपयले उनलाई यौनपिपासुको आरोप लगाए भने पश्चिमा जगतले बर्बर तानाशाह भन्यो ।

जसले जे आरोप लगाएपनि कर्णेल मुआमार गद्दाफीले वास्तवमा जनताका लागि त्यस्ता केही अविस्मरणीय काम गरेका थिए जुन विश्वका मै हुँ भन्ने शासकहरुले पनि गर्न सकेका छैनन् ।

वास्तवमा दुनियाले तानाशाह भनेर चिनेका मुआमार गद्दाफी निकै नै देशप्रेमी तथा जनप्रेमी पनि थिए । जनताको पक्षमा मुआमार गद्धाफीले गरेका त्यस्ता अविस्मरणीय काममध्ये केही यहाँ प्रस्तुत गरिएको छ, जुन दुनियालाई कमैमात्र थाहा छ ।

गद्दाफीको शासनकालमा लिबियाली जनताले बिजुलीको बिल तिर्नुपर्दैनथ्यो । जनताले निशुल्क रुपमा जतिपनि बिजुली बाल्न पाउँथे ।

लिबियाका पूर्व नेता कर्णेल मुआमार गद्दाफीका केही अविस्मरणीय काम
1. गद्दाफी सरकारले जनतालाई निब्र्याजी ऋण दिन्थ्यो । जनताले सजिलैसँग बिना ब्याजको ऋण लिन पाउँथे ।
2. लिबियामा हरेक व्यक्तिले आवासको सुविधा पाउनु मानव अधिकारको रुपमा थियो । हरेक नागरिकलाई बस्ने घर उपलब्ध गराउनु सरकारको जिम्मेबारीको रुपमा रहेको थियो ।

3. गद्दाफीले कसमै खाएका थिए की जबसम्म आफ्ना जनताको आफ्नै घर हुँदैन तबसम्म मैले आफ्ना आमाबुवा र आफ्नो लागि पनि निजि घर बनाउँदिन । भनिन्छ सोही कारण गद्दाफी परिवार पालमुनि बस्दथ्यो ।

4. लिबियामा विवाह बन्धमा बाँधिने हरेक जोडीलाई सुखद जिवनको कामना गर्दै गद्दाफीको तर्फबाट ५० हजार डलर पुरस्कार दिइन्थ्यो । दुनियामा यस्तो चलन सायद अन्त कतै छैन ।

5. गद्दाफीको शासनकालमा लिबियामा हरेक नागरिकलाई स्वास्थ्य सुविधा पूरै निशुल्क थियो । नागरिकको स्वास्थ्य खर्च सरकारले नै बेहोथ्र्यो ।
सूर्यको बीचमा शुक्र ग्रह आएपछि हुने सूर्यग्रहण काठमाडौंबाट यस्तो देखिएको छ । यस्तो अदभूत खगोलीय चमत्कार हेर्न अब १०५ वर्ष कुर्नु पर्नेछ ।

चन्द्रमाभन्दा साढे तीन गुणा ठूलो शुक्र ग्रह पृथ्वि र सूर्यको बीचमा देखिएको हो । यसपछि सूर्यमा केही कालो धब्बा देखियो । खगोलशास्त्रीहरुले विशेष महत्त्वका साथ लिएको यस शुक्रगमन नेपालमा बिहान ५ बजेर १० मिनेटदेखि देखिएको शुक्रगमन बिहान १० बजेर ३० मिनेटसम्म रहृयो ।






डिप्रेसन साँच्चै नै मानसिक रोगको प्रमुख प्रकार मानिए पनि जनजिभ्रोमा एउटा लाक्षणिक अर्थका रूपमा मानसिक रोगु को नै पर्यायवाची भएर रहेको छ । यसको ठेट नेपाली अर्थ खोज्न शब्दकोश नै पल्टाउनुपर्ला तर 'डिप्रेसन' कै रूपमा जनमानसमा प्रचलित रहेको हुँदा यही नै शीर्षक कायम राखिएको छ ।

विश्व स्वास्थ्य संगठनको सन् २००१ को सर्भेक्षणअनुसार अहिले 'डिप्रेसन' रोगहरूद्वारा हुन सक्ने व्यक्तिगत एवं सामाजिक दुष्परिणामको पंक्तिमा चौथो स्थानमा रहेको छ । तर यसरी नै वृद्धि हुने क्रममा रहिरह्यो भने सन् २०२० सम्ममा यो मुटुरोग—हृदयाघातु पछिको दोस्रो नम्बरमा पुग्न सक्नेछ भनेर प्रक्षेपण पनि गरिएको छ । अत: डिप्रेसन एक डरलाग्दो समस्याका रूपमा रहेको बोध हुन जान्छ, मुटुरोग जत्तिकै संवेदनशील हुन्छ ।

विश्वव्यापी सर्भेक्षणले महिलामा पुरुषहरूभन्दा झन्डै दुई गुणा बढी डिप्रेसन हुन सक्ने सम्भावना देखाएको छ, यसको जीवनभरिको सम्भावनाको अनुपात पुरुषमा ९८—१२० अनि महिलामा ९२०—२४० मानिएको छ । महिलामा बढी हुने कारक तत्त्वहरूमा मासिक रूपमा महिनावारीको समयमा हर्मोनहरूमा (इस्ट्रोजेन, प्रोजेस्टेरोन आउने उतारचढाव र त्यसको मनोवैज्ञानिक असर, गर्भवती र प्रसूतिको समयमा आउने शारीरिक, रासायनिक एवं मानसिक परिवर्तन, सामाजिक क्षेत्रमा नियमित आइपर्ने जिम्मेवारीमा हेरफेर (छोरी, श्रीमती, बुहारी, जेठानी, देउरानी, नन्द, आमाजू, आमा, सासू, गृहावस्थाका समस्या, कामकाजी महिलाहरूमा रहने कार्यबोझ आदि पर्छन् ।

'डिप्रेसन' लाई खालि सामाजिक एवं मनोवैज्ञानिक आँखाले मात्र नहेरी कुनै पनि अन्य दीर्घरोगहरू (जस्तैः मधुमेह, रक्तचाप लाई झैं समष्टिगत रूपमा हेर्नुपर्ने हालसालैका शोधहरूले देखाएका छन् । न्युरोट्रान्स्मीटर रसायनहरू (जस्तैः सेरेटोनिन, डोपामिन, नर्आड्रिनालिन, मस्तिष्कका अवयवमा हुने परिवर्तन अनि अनुवांशिक गुणहरू सबैले यसमा प्रभाव पारेका हुन्छन् । त्यसैले यसको उपचारमा पनि बहुआयामिक कदम चाल्नुपर्ने हुन्छ ।

चिन्ता लाग्ने, हीनताग्रन्थि प्रबल हुने, उत्साहउमंगमा कमी आउने, सोच्ने शक्तिको ह्रास हुने, खानामा अरुचि, निद्रामा गडबडी, तौलमा हेरफेर, मृत्युकै विचार आइरहने र आत्महत्याको प्रयास गर्ने आदि लक्षण यसमा देखिन्छन् साथै शरीरका अंगहरू दुख्ने, कमजोरी महसुस हुने, आलस्य छाउने, काम गर्ने रुचिमा कमी आउने, चिडचिडाहट बढ्ने, शंका बढी लाग्ने आदि पनि हुन सक्छ । लक्षणका आधारमा 'डिप्रेसन' लाई सामान्य, मध्यम अनि क्लिष्ट भनी वर्गीकरण गरिए पनि काम गर्नै नसक्ने अवस्थामा पुगी सामाजिक रूपमा अपांगैसरह हुनु र आत्महत्या प्रयास गर्नु यसका दुई प्रमुख दुष्परिणाम मान्न सकिन्छ ।

लक्षणमा थुप्रै विविधता भए पनि यदि चाँडै नै उपचार गर्न थाल्ने हो भने अरू शारीरिक रोगहरूलाई झैं औषधि सेवन गरेरै यसको निदान गर्न सकिन्छ । अनेकौं वर्गका एन्टिडिप्रेसेन्ट औषधिमध्ये मनोचिकित्सकको सल्लाहमुताबिक प्राप्त उमेर सुहाउँदो औषधि खाएर यसको उचित उपचार गर्न सकिन्छ । कुनैकुनै सामान्य 'डिप्रेसन' लाई त मनोवैज्ञानिक उपचार विधिबाट मात्र पनि ठीक पार्न सकिन्छ । दीर्घ प्रकारका 'डिप्रेसन' लाई भने करेन्ट पद्धतिसमेत प्रयोग गर्नुपर्ने हुन सक्छ । यसका लागि नयाँनयाँ उपचारविधि पनि विकसित भइरहेका छन् । 'डिप्रेसन' खालि व्यावहारिक कठिनाइ या दुःखका कारण उत्पन्न हुने स्वभावजन्य क्षणिक परिवर्तन या लक्षण मात्र नभई पुनःपुनः दुःख दिइरहन सक्ने दीर्घ किसिमको मानसिक रोग हो । अन्य शारीरिक रोगझैं यसको पनि यथाशीघ्र उपचार गराउनु आवश्यक छ ।
जातिय भेदभाब तथा छुवाछुत उन्मुलन दिबस, बिबिध कार्यक्रम गरि मनाइँदै छ ।

२०६३ साल  जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको सम्झनामा हरेक बर्ष आजको दिन यो दिबस मनाउन थालिएको हो ।

पुनस्थापित प्रतिनिधिसभाले ६ बर्षअघि नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको थियो ।

ब्यबस्थापिका संसदले २०६८ जेठ १० गते जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन लागु गरेको छ ।
दिबसको अवसरमा राष्ट्रिय दलित आयोगले दिउँसो राजधानिको पर्यटन बोडमा कार्यक्रम गर्दैछ ।
कानुनले दण्डनीय माने पनि नेपालमा अझै छुवाछुत कायम छ ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |