विश्व धुम्रपान विरुद्धको दिवस ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप रोकौं भन्ने नाराका साथ बिश्बभर मनाइदै छ ।
बिश्वमा हरेक बर्ष ६० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अरुले खाएको चुरोटको धुँवाको असरबाट ग्रसीत भई हरेक वर्ष ६ लाखभन्दा बढिको मृत्यु हुने गरेको छ ।
नेपालमा एक वर्षमा करिब १५ हजार मानिसको सुर्तिजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ ।
सुर्तीजन्य पदार्थका कारण क्यान्सर, दम, खोकि, निमोनिया, मुटुसम्बन्धि रोगहरु लाग्ने बिभिन्न अध्ययनले देखाएको छ ।
धुम्रपान स्वास्थ्यको लागी हानिकारक भएकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले सन् २००३ मा बिश्व स्वास्थ्य संगठनको माहासन्धिमा हस्ताक्षर गरि २००६ मा संसदबाट अनुमोदन गराएको थियो ।
गएको बर्षदेखि सार्वजनिक स्थलमा चुरोट तथा सुर्ती सेवनमा रोक लगाएको छ ।
मानव स्वास्थ्यमा हानि गर्ने भएकाले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न छुट्टै ऐन तथा नियमावली बनाई लागु गरिएको छ ।
अत्यधिक क्याल्सीयम क्याप्सुल प्रयोग गर्र्दा हृदयघातको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।
जर्मनीका बैज्ञानिकहरुले यस्तो तथ्य बाहिर ल्याएका छन् । धेरैजसो बढी उमेरमा व्यक्तिहरु हड्डी दह्रो पार्न र हड्डी भाचिँने समस्याबाट बच्नका लागि क्याल्सियम क्याप्सुलको प्रयोग गर्छन् ।
२३ हजार ९८० विरामीलाई आधार मानेर गरिएको अध्ययनले यस्तो देखाएको जर्मनी बैज्ञानिकले दाबी गरेका छन् । हृदयघातका विरामीमध्ये ८६ प्रतिशतले क्याल्सियम क्याप्सुल प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
जर्नल हर्ट नामक पत्रिकामा प्रकाशित अध्ययन प्रतिवेदनमा सावधानीपुर्वक औषधी प्रयोग गर्दा भने हृदयघातको खतरा त्यति धेरै नहुने उल्लेख छ ।
त्यसका लागि नियमित खानेकुरा र क्याल्सियम क्याप्सुलको मात्रामा सन्तुलन कायम गरिनुपर्ने उनीहरुको सुझाव छ ।
चायाँ रहित तथा सलक्क परेको (सिल्की) कपालकाे चाहना सबैमा हुन्छ । लामो कपालको चाहना सबैलाई नहुन सक्छ तर सुन्दर कपालको चाहना भने सबैमा हुन्छ । चाहे महिला हुन् वा पुरुष केशको सुन्दरता व्यक्तित्वमा निखार ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । तर सबैको केश आफुले चाहेजस्तो सुन्दर नहुन सक्छ ।
केशको सरसफाइ तथा आहारविहारमा ध्यान दिन नसक्दा कपालको सुन्दरता गुम्ने मात्र होइन केश झर्ने, फुल्ने तथा चायाँ आउने लगायतका समस्या उत्पन्न हुन्छन् ।
कपाल सुन्दर तथा स्वस्थ बनाउन बाहिरी पोषण वा सरसफाइ जति महत्वपूर्ण छ भित्री पोषण वा व्यक्तिको आहारविहारको सन्तुलन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
सौन्दर्य विज्ञ तथा चिकित्सकहरुका अनुसार त्यस्ता केही चिजहरु छन् जसको नियमित भोजन गर्न सकियो भने केश सुन्दर र स्वस्थ बन्दछ । केशको सुन्दरता र स्वास्थ्यका लागि आवश्यक खानेकुराहरु निम्न छन् :
१.ग्रिन टी : यसमा तौल घटाउन सहयोग गर्ने मात्र होइन पोलीफिनोल नामको तत्वले कपाललाई चम्किलो पार्ने र चायाँ हटाउने गर्छ ।
२.बदाम : ओमेगा ३ तथा पोलीफेनोल नामका तत्वले कपाललाई पोषण प्रदान गर्दछन् ।
३. हरिया सागपात : भिटामिन ए र आइरन तत्व भएकाले हरिया सागपातको भोजनले कपालमा पर्याप्त चिल्लो पदार्थ उत्पादन गरी कपाललाई पर्याप्त प्राणवायु प्रदान गर्दछ ।
४. सिमी तथा अन्य गेडागुडी : यसमा हुने भिटामिन बी लगायतका तत्वले कपाल उमार्ने हेयर फोलिकल्सलाई स्वस्थ बनाउँछ ।
५. भटमास, अण्डा तथा पनीर : यी खाद्यपदार्थमा हुने प्रोटिनले कपाललाई स्वस्थ राख्न आवश्यक केराटिन नामको प्रोटिन बनाउन सहयोग गर्छन् ।
६. आँप, किबी, सुन्तला, कागती लगायतका फलफुल : भिटामिन सी युक्त यी फलफुलले कपालको फाइबर उत्पादनमा सहयोग गर्छन् ।
online
अमेरिकी वैज्ञानिकहरुले घरमै बसेर २० मिनेटमा एचआइभी परिक्षण गर्नसक्ने प्रविधिको विकाश गरेका छन् ।
ओराक्विक इन होम नामको उक्त प्रविधिबाट अब प्रभावकारी रुपमा सरल रुपमा घरमै बसीबसी रक्त परीक्षण गरेर एड्सको भाइरस भए नभएको पत्ता लगाउन सकिनेछ । फुड एण्ड ड्रग प्रशासनले मान्यता दिएपछि यो प्रविधि सार्वजनिक प्रयोगमा आउने बताइएको छ ।







