कुनै युवतीलाई 'आई लभ यु' भनेर ठाउँको ठाउँ आफ्नो बनाउन सकिन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत बुझाइमा हुनुहुन्छ । त्यसैले मनको गाँठीकुरो खोल्न धेरै हतार नगर्नुस् । केही समय पर्खेर नै आफ्नो मायालाई अभिव्यक्ति दिनुस् ।
पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरूमाथि विश्वासै गर्दैनन् । यस विपरीत युवतीहरू त्यस्ता युवकलाई महत्त्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन् ।
यो अनुसन्धान पर्सनालिटी र सोसल साइकोलोजी सम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो । अमेरिकाको एउटा इन्स्िटच्युटद्वारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँजोमा ६ साता छिटो आफ्नो प्रेम प्रकट गर्ने गर्छन् । सामान्यतः पुरुषहरूले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ ।
यसो हुनुको कारण युवतीहरूले 'आई लभ यु' सुन्ने चाहनाअनुसार युवकहरूलाई कुराएका भने होइनन् । 'छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरूको उद्देश्य के हुन सक्छ भने,' अनुसन्धानमा उल्लेख छ, 'उनीहरूमा यौन सम्बन्ध कायम गर्ने तीव्र इच्छा हुन्छ । त्यसैले महिलाहरू उनीहरूको विश्वसनीयता जाँच्न चाहन्छन् ।'
अधिकांश व्यक्तिको शरीरका विभिन्न भागमा जन्म समयदेखि नै छालामा विशेष चिनो हुने गर्छ । तर, अनुहारसहित शरीरको देखिने भागमा भएको यस्तो चिनोले पछि सौन्दर्यसम्बन्धी समस्या उत्पन्न गर्ने गरेको छ ।
'अधिकांश जन्मचिनो समयसँगै हराउँछन्,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र्र कर्ण भन्छन्, 'हाल प्रायः सबैजसो बर्थ मार्कको उपचार सम्भव छ । जस्तोसुकै बर्थ मार्क भए पनि हिनताबोधसँग बाँच्नुपर्ने स्थिति अब छैन ।'

आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस, हात धोऔ– रोगबाट वचौ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रमहरु भईरहेका छन् ।
स्वास्थ्य र भौतिक योजना तथा निर्माण मन्त्रालयको आयोजनामा जावलाखेलमा भईरहेको विशेष कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्रि राजेन्द्र महतोले सावुन पानीले हात धुनु सामान्य जस्तो लागे पनि यसमा विशेष ध्यान दिनुपर्ने वताउनुभयो ।
सावुन पानीले हात धुनाले नवजात शिशु मृत्युदरमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गर्दै शिशु मृत्युदरमा कमी ल्याउन भन्दै सरकारले ५ वर्षिय अभियान सुरु गरेको जानकारी गराईएको थियो ।
आमाले सावुन पानीले हात धोएर शिशुहरुलाई खानेकुरा खुवाए ४४ प्रतिशत श्वासप्रश्वासको रोगवाट वचाउन सकिने तथ्यांक रहेको छ ।
३० हजार भन्दा बढी अध्ययन अनुसन्धानले धेरै रोग लाग्नुको मुख्य कारण हात नधोई खानेकुरा खानु हो भन्ने देखाएपछी प्रत्येक वर्षको अक्टोबर १५ लाई विश्व हात धुने दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने यो दिवस आजदेखि १० दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ ।
सरसफाईको अभावमा नेपालमा १३ हजार र विश्वभर वर्षेनी १५ लाख बालबालिका ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
खाना खानु अघि र खाइसकेपछि हात धुनुपर्छ भन्ने धेरैले सुनेको भएपनि नेपालमा १४ प्रतिशतले मात्रै सावनु पानीले हात धुने गरेका छन् ।
यस्तै आज सत्रौँ राष्ट्रिय कण्डम दिवस ‘ दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने नाराका साथ आज सत्रौँ राष्ट्रिय कण्डम दिवस मनाइँदैछ ।

असुरक्षित यौन सम्पर्कबाट एचआईभी सङक्रमित हुने मानिसहरुको सङख्या बढदै गएपछि कण्डमको सहज उपलब्धता र पहँुच बढाउन नेपालमा २०५२ सालदेखि कोजाग्रत पूर्णिमा पछिको शनिबार राष्ट्रिय कण्डम दिबस मनाउन थालिएको हो ।
कण्डम बारे जनचेतना जगाउन आज देशभर व्यानर प्रदर्शन, सडक नाटक, कण्डम वितरण लगायतका कार्यक्रमरू गरिने राष्टिय एड्स तथा यौन रोग केन्द्रले जनाएको छ ।
हालसम्म विश्वमा तीन करोडभन्दा बढी व्यक्ति एचआइभी र एड्स सङ्क्रमित छन् । सन् २००९ को तथ्याङअनुसार नेपालमा भने ६३ हजार ५ सय २८ जना यसबाट सङ्क्रमित छन् ।
यस्तै, आज ४६ औं विश्व सेतो छडी सुरक्षा दिवस, नेपालमा पनि विबिध कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका अवसरमा नेपाल नेत्रहीन संघ, नेपाल अन्धा कल्याण संघ र परिलक्षित नेपालले हिजो देखि नै राजधानीमा कार्यक्रमहरु गरिरहेका छन् ।
नेपालमा ४ लाख दृष्टिबिहिन रहेको अनुमान गरिए पनि सेतो छडि प्रयोगकर्ता ३ हजार रहेको अनुमान गरीएको छ ।
HaPpY BiJaYa DaSaMi 2068
हिन्दुहरुको महान चाड बडादशैँको आज असोज १९ गते दशौँ दिन अर्थात विजयादशमी, मान्यजनहरुबाट टीका तथा जमरा लगाई मनाईने यो दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको भए पनि आज दिनभरी नै निशंकोच टिका लगाउन सकिने पञ्चाङग निर्णायक समितिका अध्यक्ष माधव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आश्विन प्रतिपदाको दिन घटस्थापना गरि राखिएको जमरा आज मान्यजनबाट टीका ग्रहण गर्दा फूलको सट्टा समृद्धिको प्रतीकका रुपमा लगाइन्छ ।
पूजाकोठा तथा दसैँघरमा प्रतिपदाका दिन विधिपूर्वक नव दुर्गाको प्रतिकका रुपमा राखिएको पूर्ण घडा आजैका दिन निकालिन्छ । पूर्णघडाको जलले अभिषेक गरी आफू भन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा लगाउने चलन छ ।
सारा नेपालीहरु कुनै न कुनै रुपमा दशैंको रमझममा भुलिरहेको बेला कयौं सूरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीहरु भने आ–आफ्नो कार्यक्षेत्रमै खटिइरहेका छन ।
देशमा शान्ति सूव्यस्था कायम गर्ने जिम्मा लिएका सूरक्षाकर्मीहरुको दशैं व्यारेक र क्याम्पहरुमा बन्दुक र लाठासँगै अघि बढिरहेको छ । त्यस्तै श्रोता र दर्शकलाई हरपल सूचना र समाचार पस्कने विद्युतीय संचार माध्यममा कार्यरत पत्रकारहरुको दशैं पनि कलमको नीब र माइक्रोफोनको तारसँगै चलिरहेको छ ।
देशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको दशैं पनि सिटामोलको चक्की र व्याण्डेजको रोलसँगै वितिरहेको छ । उनीहरुले आ–आफ्ना घर गएर परिवारसँग रमाइलो गर्न पाएका छैन । तैपनि उनीहरुले कार्यक्षेत्रमा रहेका साथीसंगीसँगै रमाइलो गरी दशैं मनाइरहेका छन ।
प्रकाशितः असोज १९, २०६८
आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आपmना परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।
बि्रटिस मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो- 'ज्यानथेलास्माटा' नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ ।





