उच्च रक्तचापका रोगीहरूका लागि खुसीको खवर । अनुसन्धानकर्ताहरूको अनुसन्धानले 'कोको' नामक एक प्रकारको पेयपदार्थ उच्च रक्तचापका रोगीहरूका लागि सञ्जीविनी हुने देखाएको छ ।
हावर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले क्यारेबियन तटको एक द्वीपमा बस्ने व्यक्तिहरूमा 'कोको' नामक फलको पेयपदार्थको प्रयोग गरेका थिए । नजितामा त्यहाँ एकै व्यक्तिमा पनि उच्च रक्तचापको समस्या देखिएन ।
आकारमा सानो देखिए पनि अंगुर कति गुणकारी छ भन्नेबारे तपाइ सायदै आँकलन गर्न सक्नुहुन्छ । बर्सिलोना विश्वविद्यालयमा भएको हालैको एक अध्ययनले अंगुरमा अनुहारलाई परावैजनी किरणको दुष्प्रभावबाट जोगाउने क्षमता राख्ने तत्त्व हुने देखाएको छ । निरन्तर अंगुर खानेका लागि घामले छाला डढ्ने, डेड एपिडर्मिस, इचिङ पार्ट जोगाउनुका साथै छालाको क्यान्सरको सम्भावनालाई समेत ८० प्रतिशतसम्मले कम गर्छ ।






