के तपाईं छिनछन्को सुताइमा निद्रा पूरा गर्ने प्रयास गर्नुहुन्छ ? यदि त्यसो हो भने तपाईं स्वास्थ्यसँग खेलवाड गर्दै हुनुहुन्छ । एक अनुसन्धान नतिजाले देखाएअनुसार यस्तो 'कुकुर सुताइ'ले स्मरणशक्तिलाई कमजोर पार्छ जसले गर्दा डिमेन्सियाको खतरा बढी रहन्छ ।
स्टेनफोर्ड विश्वविद्यालयद्वारा गराइएको उक्त अनुसन्धानपछि यसका प्रमुख डा.लुइस डे लेका अनुसार गहिरो निद्राले स्वास्थ्यमा धेरै महत्त्व राख्छ र यसको अभावमा एल्जाइमर र उमेरजन्य विभिन्न रोग लाग्न सक्छन् ।
मुसामा गरिएको परीक्षणमा उक्त निष्कर्ष निस्केको हो । निद्रामा बाधा आएपछि मुसालाई दैनन्दिनका वस्तु चिन्नसमेत मुस्किल परेको पाइयो । उक्त अनुसन्धान सामान्यभन्दा कम निद्रा वा कम गहिरो निद्रा नभई छिनछन्को निद्रामा अध्ययन गरिएको थियो ।
अनुसन्धानकर्ताले अध्ययनमा निद्रा र ब्युझिँदाको समयमा मस्तिष्कमा हुने एक प्रकारको प्रयासलाई लक्षित गरी निन्द्राको समय मुसाको मस्तिष्कमा सीधा प्रकाशको तरंग पठाएका थिए ।
यसको अर्थ यो थियो- निद्राको कुल समयलाई अप्ठ्यारोमा न पारी उनीहरू मुसाको निद्रालाई अवरोध गर्न सक्थे । यसपछि मुसालाई दुई फरकफरक वस्तु देखाइयो । यसमध्ये दिनहुँ देख्ने वस्तुलाई समेत मुसाले नचिन्नुमा निद्राको कमीलाई कारक मानिएको थियो ।
सार्बजनिक स्थानमा धुमपान गर्नेलाई सरकारले आजदेखि जरिवाना गर्ने भएको छ ।
सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि ऐन २०६८ आजबाट लागु गरेकाले सार्वजनिक स्थलमा धुमपान गरेको भेटिएमा १ सय रुपैया जरिवाना तिर्नु पर्ने छ ।
सरकारले यसको अनुगमनका लागी स्वास्थ्य मन्त्रालय मार्फत अनुगमन निरिक्षक समेत खटाउने भएको छ ।
गएको चैत्र २७ गते व्यवस्थापिका संसद बाट पारित भएको ऐन बैशाख २६ गते राष्ट्रपति डाक्टर रामवरण यादवबाट प्रमाणिकरण भएको थियो ।
सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि ऐन २०६८ आजबाट लागु गरेकाले सार्वजनिक स्थलमा धुमपान गरेको भेटिएमा १ सय रुपैया जरिवाना तिर्नु पर्ने छ ।
सरकारले यसको अनुगमनका लागी स्वास्थ्य मन्त्रालय मार्फत अनुगमन निरिक्षक समेत खटाउने भएको छ ।
गएको चैत्र २७ गते व्यवस्थापिका संसद बाट पारित भएको ऐन बैशाख २६ गते राष्ट्रपति डाक्टर रामवरण यादवबाट प्रमाणिकरण भएको थियो ।
अति भए खति हुन्छ भन्ने उखान बूढापाकाहरुले त्यसै बनाएका हैनन्। अति सर्वत्र वर्जयेत। तपाइँले दिनदिनै चलाउने फेसबुक मात्र त्यसको अपवाद हुन सक्दैन। यसको लत लागू पदार्थको लत जस्तो हानिकारक हुन सक्छ। लागू पदार्थको कुलतबाट जोगाउन पुनर्स्थापन केन्द्रहरु नेपालमा पनि धेरै ठाउँमा खोलिएका छन्। अब त्यस्तै पुनर्स्थापन केन्द्र फेसबुकको लतबाट जोगिनलाई पनि खुलेको छ।
डान पेगुइन र सियाभोस अरासटेहको पुनस्थार्पन सल्लाह केन्द्रमा तपाईँलाई स्वागत छ। उनीहरुको अनलाइन पुनर्स्थापन कार्यक्रम फेसबुकको लग लागेकाहरु प्रति लक्षित छ। हाम्रो सल्लाह मान्नुभयो भने तपाईँहरुले दुई हप्ता मै फेसबुकको प्रयोग घटाउन सक्नुहुनेछ, उनीहरु भन्छन्। यसको उद्देश्य हो तपाइँको स्वास्थ्य, काम गर्ने क्षमता वा अरु क्षमता पहिले जस्तै बनाउनू।







